टोकियो /जापानको राजधानि टोकियोको सिनओकुबोमा नेपालीपनको काठमान्डौ लाउन्ज एन्ड बार संचालनमा आएको
छ ।

नेपाली युवा ब्यबसायि राजेश श्रेष्ठ एंव उहॉको सहकर्मी समुहले दिनमा सभा समारोह सहित रात्रिकालिन लाउन्ज सहित बारको सेवा दिने उदेष्य सहित काठमान्डौ लाउन्ज एन्ड बार संचालनमा ल्याएका हुन । बारमा नेपाली रक्सि हिमालयन, आयला, जापानिज लिक्युर, प्रसिद्ध सप्ट ड्रिक्स सहित विश्व प्रसिद्ध विभिन्न ब्यान्डका रक्सिहरु उपलब्ध रहेको छ ।

टोकियोमा बसेका नेपाली सहित जापानिजलाई लक्ष्यितगरी संचालनमा ल्याईएको बारमा नेपाली खानाहरु पनि उपलब्ध हुने बताईएको छ । संचालक श्रेष्ठका काठमान्डौ लाउन्ज एन्ड बारमा विश्व प्रसिद्ध लिक्युर सहित नेपाली स्वादको नेपालमा नै बनेका नेपाली रक्सिहरुको ब्यापार र नेपाली उत्पादनको विस्तारको लागि सहयोगि हुने बताउनु भयो । उहॉले कामबाट आउदा ट्रेन छुटेर विहान सम्म यस बारमा आई मनोरन्जन सहित आपनो मनपर्ने स्वादको सेवा लिन सक्ने पनि बताउनु भयो ।

काठमान्डौ लाउन्ज एन्ड बार सॉझ ७ बजे देखि विहान ५ बजे सम्म संचालन हुने छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार