टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
जापान । टोकियोस्थित नेपाली दूतावासमा गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सञ्चालन गरेको हेल्प डेस्कबाट सेवाग्राहीलाई सशुल्क सेवा प्रदायकको सम्पर्क नम्बर उपलब्ध गराइएको विषयमा विवाद उत्पन्न भएको छ। राहदानीको अनलाइन फारामसम्बन्धी समस्या लिएर पुगेका सेवाग्राहीले बाह्य सेवा प्रदायककहाँ सम्पर्क गर्न लगाइएको अनुभव सार्वजनिक गरेपछि हेल्प डेस्कको भूमिका र कार्यशैलीमाथि प्रश्न उठेको हो। दूतावासमा सीमित कर्मचारी र सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै...
एनआरएनए एसिया प्यासिफिक सम्मेलनद्वारा २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र’ जारी,के के छन् त मूख्य बुँदाहरु
टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले गैरआवासीय नेपाली नागरिकता, विदेशबाट मतदान, सुरक्षित वैदेशिक रोजगार, डायस्पोरा लगानी तथा दोस्रो पुस्ताको पहिचानलगायतका विषय समेटिएको २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र–२०२६’ जारी गरेको छ। “आरोहण २०२६—राइजिङ टुगेदर, लिडिङ फरवार्ड” नारासहित चीनको ग्वाङझाउमा अगस्ट १४ देखि १६ सम्म आयोजित सम्मेलनले गैरआवासीय नेपालीका अधिकार र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक...
एनआरएनए चिबाले मानसिक स्वास्थ्यसम्बन्धी विशेष वेबिनार आयोजना गर्दै
टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले मानसिक स्वास्थ्य, तनाव तथा चिन्ता व्यवस्थापनसम्बन्धी विशेष वेबिनार आयोजना गर्ने भएको छ। ‘एनआरएनए चिबा वेबिनार कार्यक्रम २०२५–२०२७’ अन्तर्गत चौथो शृङ्खलाका रूपमा आयोजना हुने कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जान्नैपर्ने आधारभूत विषय, तनाव तथा चिन्ता व्यवस्थापन र अपनाउनुपर्ने आवश्यक तयारीबारे विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सकिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल मेडिसिटी अस्पताल, ललितपुरकी क्लिनिकल...
एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ तारिख आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पराजुलीको प्रमुख आतिथ्य रहने जानकारी दिएका हुन्। उनले वर्तमान राजनीतिक...
अभियोगपछि एनआरएनए चिबा र पर्बत समाज जापानको जिम्मेवारीबाट अलग भए विमल न्यौपाने
टोकियो/जापान। नाबालिका बलात्कारको अभियोग लागेका पर्बत समाज जापानका महासचिव एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत चिबाका क्षेत्रीय समितिका कोषाध्यक्ष विमल न्यौपाने संस्थागत जिम्मेवारीबाट हटेका छन् । पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाका अनुसार,न्यौपानेले आफूमाथि लागेको अभियोगबारे विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने उद्देश्यले दुवै संस्थाको पदीय जिम्मेवारीबाट अलग रहने निर्णय गरेका हुन्।न्यौपाने पर्बत समाज जापानका महासचिव तथा...
राष्ट्रिय योजना आयोग र एनआरएनएबीच विकास सहकार्यबारे छलफल
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन र लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेको छ। भेटमा एनआरएनएका पदाधिकारीहरूले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, उद्यमी तथा दोस्रो पुस्ताका नेपाली युवाको ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने...
टोकियोको ओदाइबामा हुँदैछ १५औँ नेपाल फेस्टिभल, यसपटक ऐतिहासिक बन्ने आयोजकको दाबी
टोकियो। जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते १५औँ नेपाल फेस्टिभल आयोजना हुने भएको छ। नेपाल राजदूतावास जापान, गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभल यसअघिका संस्करणभन्दा फरक र ऐतिहासिक बन्ने आयोजकले दाबी गरेका छन्। जापानको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने ओदाइबामा हुने फेस्टिभलमार्फत जापानी...
होक्काइदोको साप्पोरो सिटी मेयरसँग नेपाली प्रतिनिधिमण्डलको भेट
होक्काईदो,जापान। जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले आज होक्काइडोस्थित साप्पोरो सिटीका मेयरसँग भेटघाट गरेको छ। भेटमा कार्यवाहक राजदूत पौडेल, एनआरएनए जापानका उपाध्यक्ष बिनोद खनाल ‘मुक्तिराम’, होक्काइदो नेपाली समाजका उपाध्यक्ष रोशन निरौलासहित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए। भेटका क्रममा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव, होक्काइदोमा बसोबास गर्दै आएका नेपालीहरूको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषय, पेशागत...
सफल व्यवसायी ददिवल खड्काद्वारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा
टोकियो । जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका समाजसेवी एवं व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। खड्काले सन २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित नेतृत्वमा...
मार्च ७ मा टोकियोमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम हुँदै,निःशुल्क प्रवेशको व्यवस्था
टोकियो,जापान। “Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशका साथ ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस जापानको टोकियोमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ। कार्यक्रम आगामी मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि मेगुरोस्थित २ Chome-४-३६, Meguro City, Tokyo १५३-००६३ मा आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रमको आयोजना गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले गरेको हो...

