नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा

नेपाल–जापान सम्बन्धलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट जोड्दै आउनुभएका जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित राजदूतका रूपमा अघि आउनुभएको विषयले जापानवासी नेपालीहरुलाई उत्साहित बनाएको छ। उहाँको शैक्षिक पृष्ठभूमि, जापानी भाषामा दक्षता र दुई देशबीचको सहकार्यमा लामो अनुभव हेर्दा यो प्रस्तावलाई आशा र सम्भावनाको अवसरका रूपमा लिइएको छ। कूटनीतिक जिम्मेवारीमा सम्बन्धित देशको भाषा, सामाजिक परिवेश, प्रशासनिक अभ्यास र संस्कृतिको बुझाइ अत्यन्त महत्त्वपूर्ण...

रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै

ह्योगो, जापान। रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ जापानको ह्योगो प्रिफेक्चरस्थित अमागासाकी सहरमा दुईदिने ‘नेफिन कल्चरल फेस्टिबल कन्साई २०२६’ आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार महोत्सव हुन लागेको हो। आयोजकका अनुसार महोत्सवबाट प्राप्त मुनाफा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको सहयोगमा प्रदान गरिनेछ। ओसाका नजिकै रहेको हान्शिन...

नेपालका बाढी प्रभावितहरुको लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने, तीजको दर खाने कार्यक्रम रद्द

टोकियो, जापान। नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। विपद्को अवस्थालाई मध्यनजर गर्दै समाजले यसअघि आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरेको छ। तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थको अध्यक्षतामा बिहीबार, अगष्ट २७ मा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। बैठकले नेपालमा बाढीबाट...

जापानभर अत्याधिक गर्मी, एक सातामै १० हजारभन्दा बढीलाई हीटस्ट्रोक, १४ जनाको मृत्यु

टोकियो, जापान। जापानमा अत्यधिक गर्मीका कारण हीटस्ट्रोकका बिरामीको संख्या तीव्र रूपमा बढेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुलाई १३ देखि १९ सम्मको एक सातामा देशभर १० हजार ८५७ जना हीटस्ट्रोकका कारण अस्पताल पुर्‍याइएका छन्। यो संख्या यस वर्ष पहिलो पटक १० हजार नाघेको हो। अघिल्लो साताको ४ हजार ५८० जनाको तुलनामा यो...

गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले “तीज धमाका–२०२६” आयोजना गर्ने

टोकियो। गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा “तीज धमाका–२०२६” आयोजना गर्ने भएको छ। विदेशी भूमिमा नेपाली भाषा, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमबाट बचत हुने रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने...

जापानमा बैंकको नाममा ‘भ्वाइस फिसिङ’ ठगीः ३० भन्दा बढी कम्पनीबाट करिब १३ अर्ब येन चोरी

टोकियो,जापान। जापानमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्पनीहरूलाई लक्षित गर्दै ‘भ्वाइस फिसिङ’ (Voice Phishing) मार्फत ठूलो परिमाणमा रकम चोरी भएको घटना सार्वजनिक भएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार गत महिनादेखि सुरु भएको यस ठगीमा देशभरका ३० भन्दा बढी कम्पनीबाट करिब १३ अर्ब येन अवैध रूपमा अन्य खातामा पठाइएको छ। अनुसन्धानका अनुसार ठगी गर्ने समूहले सुरुमा बैंकको प्रतिनिधि भएको भन्दै स्वचालित आवाज (अटोमेटेड...

अम्बर बिरही गुरुङ जापान आइपुग्नुभयो, जुन १४ मा टोकियोमा सांगीतिक साँझ र लोक तारा फाइनल हुँदै

टोकियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक/सर्जक अम्बर बिरही गुरुङ जापान आइपुग्नुभएको छ। “अम्बर बिरही गुरुङ सांगीतिक साँझ” तथा “प्रथम जापान लोक तारा २०२६” मा सहभागी हुन उहाँ जापान आउनुभएको हो। यही जुन १४ तारिख आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने उक्त कार्यक्रमका लागि जापान आइपुग्नुभएका गुरुङलाई बुधबार नारिता अन्तर्राष्ट्रिय...

गल्कोट समाज जापानको क्षेत्रीय अधिवेशन जुन ३० मा, नवौँ केन्द्रीय अधिवेशन जुलाई २१ मा हुने

टोकियो,जापान। जापानमा रहेका गल्कोटवासी नेपालीहरूको साझा सामाजिक संस्था गल्कोट समाज जापानले क्षेत्रीय तथा केन्द्रीय अधिवेशनको मिति तय गरेको छ। संस्थाले जारी गरेको सूचनाअनुसार जापानभर सक्रिय रहेका सबै क्षेत्रीय समितिहरूको अधिवेशन सन् २०२६ जुन ३० तारिख एकै दिन सम्पन्न गरिनेछ। त्यस्तै, संस्थाको नवौँ केन्द्रीय अधिवेशन सन् २०२६ जुलाई २१ तारिख आयोजना गरिने भएको छ। गल्कोट समाज जापानका महासचिव दिलीप कँडेलका अनुसार अधिवेशनमार्फत...

फरेक्स जापानको ‘७७ रंग एफजेपे संग’ अभियानअन्तर्गत धादिङ समाज जापानलाई सहयोग रकम हस्तान्तरण

टोकियो । फरेक्स जापानले नेपालका ७७ जिल्ला समेट्ने उद्देश्यसहित सञ्चालन गरेको “७७ रंग एफजेपे संग” अभियानअन्तर्गत धादिङ समाज जापानलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। यहि जुन ४ तारिख, बिहीबार टोकियोको सिनओकुबोस्थित एफजेपे कार्यालयमा आयोजित कार्यक्रममा धादिङ समाज जापानलाई १ लाख येन सहयोग रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा एफजेपे/फरेक्स जापानका निर्देशक पशुपति भण्डारी, अर्का निर्देशक तथा बिजनेस हेड बाबुराम...

‘प्रथम जापान लोक तारा २०२६’को फाइनलमा उत्कृष्ट पाँच प्रतिभा छनोट

Lटोकियो/जापान। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाद्वारा आयोजित ‘प्रथम जापान लोक तारा २०२६’ अन्तर्गत उत्कृष्ट दश अर्थात् लाइभ राउन्डमा प्रतिस्पर्धा गरेका प्रतियोगीमध्येबाट फाइनल चरणका लागि उत्कृष्ट पाँच प्रतिभा छनोट भएका छन्। प्रतिष्ठानले सार्वजनिक गरेको नतिजाअनुसार फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूमा तनुजा शाही, किरण प्रभात, केशव शर्मा, पार्वती आचार्य र आरती परियार रहेका छन्। उत्कृष्ट दश प्रतिस्पर्धीमध्ये निर्णायकहरूको...