टोकियो/जापान । नवलपुर समाज जापानको पाँचौँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको चर्चा तीव्र बनेको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको नाम चर्चामा रहेको स्रोतले जनाएको छ।

चर्चामा रहेका व्यक्तिहरूमा हाल सल्लाहकार मेघराज सापकोटा, वरिष्ठ उपाध्यक्ष हरि कण्डेल र उपाध्यक्ष प्रकाश सापकोटा रहेका छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा, संगठनलाई थप सुदृढ बनाउने तथा जापानमा रहेका नवलपुरवासीबीचको एकतालाई अझ मजबुत बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

नवलपुर समाज जापानको पाँचौँ केन्द्रीय महाधिवेशन २०२६ अक्टोबर ३  गते शनिबार फेस्ता सेन्टर ताचिबानामा आयोजना हुँदैछ। महाधिवेशनबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वको विषयलाई नवलपुरवासीले चासोका साथ हेरेका छन्।

अध्यक्ष पदमा चर्चामा रहेका तीनै जनाको उम्मेदवारी र अन्तिम नेतृत्व चयन भने महाधिवेशनबाटै टुंगो लाग्नेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार