टोकियो/जापान।  जापानमा यस वर्ष इन्फ्लुएन्जा (फ्लु) को संक्रमण सामान्यभन्दा निकै चाँडै सुरु भएको छ। अगस्टमै महामारी सुरु भएको मानिने स्तर पार गरेको संक्रमण सेप्टेम्बरभरि लगातार बढेको छ।

स्वास्थ्यसम्बन्धी तथ्यांकअनुसार अगस्ट १७ देखि २३ सम्म देशभरका निगरानीमा रहेका चिकित्सा संस्थामा औसत संक्रमित संख्या प्रति संस्था १ दशमलव ११ जना पुगेको थियो। यो सन् १९९९ मा हालको तथ्यांक संकलन प्रणाली सुरु भएयताकै दोस्रो सबैभन्दा चाँडो सुरु भएको इन्फ्लुएन्जा सिजन हो।

त्यसपछि संक्रमण तीव्र रूपमा बढ्दै सेप्टेम्बर २७ सम्मको एक सातामा प्रति चिकित्सा संस्था औसत ७ दशमलव १७ जना पुगेको छ। ओकिनावामा संक्रमण चेतावनीको स्तरभन्दा माथि पुगेको छ भने साइतामासहित चार प्रिफेक्चरमा पनि संक्रमण उच्च देखिएको छ।

गर्मीमै संक्रमण फैलिनुमा दक्षिणी गोलार्धबाट जापान आउने पर्यटकको वृद्धि तथा एयर कन्डिसनरको प्रयोगका कारण घरभित्रको हावा सुख्खा हुनु सम्भावित कारण मानिएको छ। जापानको स्वास्थ्य मन्त्रालयले नियमित हात धुने, कोठामा हावा आवतजावत गराउने, खोक्दा सावधानी अपनाउने तथा अस्वस्थ हुँदा भीडभाडबाट टाढा रहन आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार