जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा

नागोया/जापान। जापानको आइची प्रिफेक्चर र नागोया सहरको संयुक्त आयोजनामा हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार, सेप्टेम्बर १९ मा हुँदैछ। नागोयास्थित पालोमा मिजुहो रंगशालामा आयोजना हुने उद्घाटन समारोह जापानी समयअनुसार साँझ ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी हुँदैछन्।...

जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित

टोकियो/जापान। नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली खेलाडीलाई नकआउट गर्दै विश्व च्याम्पियन बनेका छन्। जापानको नागोया सहरस्थित करिया हलमा शनिवार सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिप मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई पराजित गरेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्। घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमा...

४८ टोलीसहितको अहिलेसम्मकै ठूलो विश्वकप सुरु, १६ रंगशालामा ३९ दिनभित्र कीर्तिमानी १०४ खेल

टोकियो/जापान। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ, जहाँ ४८ टोलीले १६ रंगशालामा ३९ दिनभित्र कीर्तिमानी १०४ खेल खेल्नेछन्। उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। घरेलु मैदान र समर्थकको ठूलो साथ पाउने भएकाले मेक्सिको यो खेलमा बलियो दाबेदार मानिएको छ।...

जापानी कम्पनी होन्डाले क्यानडाको ईभी प्लान्ट निर्माण योजना अनिश्चितकालका लागि गर्‍यो स्थगित

जापान । अमेरिकी बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग घट्दै गएपछि जापानी अटो निर्माता होन्डा मोटरले क्यानडामा निर्माण गर्ने योजना बनाएको ईभी उत्पादन प्लान्ट अनिश्चितकालका लागि स्थगित गर्ने तयारी गरेको छ।  स्रोतहरूको जानकारीअनुसार कम्पनीले उत्तर अमेरिकी रणनीतिमा पुनरावलोकन गर्दै ईभीभन्दा हाइब्रिड सवारीसाधनमा ध्यान केन्द्रित गर्न थालेको हो। होन्डाले क्यानडाको पूर्वी क्षेत्र ओन्टारियोमा सन् २०२८ देखि सञ्चालनमा ल्याउने गरी ईभी एसेम्बली प्लान्ट...

विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पार्‍यो: प्रधानमन्त्री ताकाइची

काठमाडाैँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उनले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ...

टाइम पत्रिकाको ‘विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ सूचीमा जापानबाट सानाए ताकाइची

टोकियो,जापान। अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरू’ को सूचीमा जापानबाट प्रधानमन्त्री सानाए ताकाइची चयन हुनुभएको छ। टाइमले अप्रिल १५ मा उक्त सूची सार्वजनिक गर्दै राजनीति, कला, खेलकुदलगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समेटेको जनाएको छ। यस सन्दर्भमा टोकियोकी गभर्नर युरिको कोइके ले प्रतिक्रिया दिँदै जापानको राजनीतिमा पहिले “फलामको छानो” जस्तो अवरोध रहेको उल्लेख गर्नुभयो। उहाँका...

जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली, पहिलो नम्बरमा सिंगापुर,अनि नेपाल ?

टोकियो,जापान।सन २०२६ को हेनली पासपोर्ट इन्डेक्स सार्वजनिक भएसँगै विश्वका विभिन्न देशका पासपोर्टको शक्ति पुनः तुलना गरिएको छ। भिसा-रहित वा आगमनमा(अनअराईभल)भिसा लिएर यात्रा गर्न सकिने देश तथा क्षेत्रको सङ्ख्यालाई आधार मानेर तयार गरिएको यस सूचिमा सिंगापुरको पासपोर्ट पहिलो र जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली सूचिमा परेको छ, जबकि नेपालको पासपोर्ट भने विश्व सूचीको धेरै तल रहेको देखिएको छ। हेनली पासपोर्ट इन्डेक्स...

नेपाली युवा खेलाडी जेनिका रायमाझी जापानको राष्ट्रिय बक्सिङ प्रतियोगितामा बनिन् च्याम्पियन

टोकियो,जापान। जापानको बक्सिङ खेलकुद क्षेत्रमा सर्वाधिक प्रतिष्ठित मानिने ९५औँ अल जापान बक्सिङ च्याम्पियनसिपमा नेपाली चेली जेनिका रायमाझीलाई ऐतिहासिक सफलता मिलेको छ। उक्त प्रतियोगिता गत नोभेम्बर २५ देखि ३० तारिखसम्म टोकियोको सुमिदा वार्डस्थित हिगासिन एरिनामा सम्पन्न भएको थियो। जापानभरका उत्कृष्ट खेलाडीहरूको सहभागितामा सम्पन्न यो प्रतियोगितामा नेपालकी प्रतिभाशाली युवा खेलाडी जेनिका रायमाझीले आफ्नो तौलसमूह लाइट–मिडलमा शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकी...

टोकियोमा ताकाईची–ट्रम्प शिखरवार्ता : सुरक्षा र आर्थिक सहकार्य सुदृढ गर्ने सहमति

टोकियो ,जापान। जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाईची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार सम्पन्न पहिलो शिखरवार्तामा सुरक्षा सुदृढीकरण र आर्थिक सहकार्य विस्तार गर्ने सहमति भएको छ। ताकाईचीले जापान–अमेरिका सम्बन्धलाई “नयाँ स्वर्ण युगमा रूपान्तरण गर्ने” प्रतिबद्धता जनाउँदै जापानले आफ्नै पहलमा रक्षा बजेट बढाउने बताइन्। दुवै नेताले उत्तर कोरियाको आणविक कार्यक्रम नियन्त्रण, र चीनद्वारा ताईवानमाथी बलपूर्वक स्थायित्व परिवर्तन प्रयासको विरोधमा साझा धारणा...

टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु,एशियाली स्टोरी टेलिङ र विश्व स्टारहरूमा केन्द्रित

टोकियो, जापान । टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ३८औँ संस्करण सोमबार टोकियोको हिबियामा भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहअघि टोकियो ताकाराजुका थियटरमा आयोजना गरिएको रेड कार्पेटमा विश्वभरका नाम चलेका कलाकार र फिल्म निर्माताहरूले सहभागिता जनाएका थिए। समारोहमा करिब २०० भन्दा बढी फिल्मकर्मी र कलाकारहरूलाई हजारौँ प्रशंसकले उत्साहका साथ स्वागत गरे। यस वर्षको महोत्सवले एशियाली स्टोरी टेलिङ र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रमुख...