टोकियो/जापान। नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली खेलाडीलाई नकआउट गर्दै विश्व च्याम्पियन बनेका छन्।
जापानको नागोया सहरस्थित करिया हलमा शनिवार सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिप मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई पराजित गरेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्।
घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै चोइनार्डलाई नकआउट गरेका थिए।
हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी घिमिरेले २१ खेलमा जित निकालेका छन्। उनका २० जित नकआउटमार्फत आएका छन्।
जितपछि घिमिरेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन्।
साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए। घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन्। आफ्नो आमाबुबा सँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ। उनका बुबा देब घिमिरे किक बक्सिङ्गका पूर्व राष्ट्रिय खेलाडी एवं अहिले अबिरलका प्रशिक्षक समेत हुन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




