जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी
नागोया/जापान। जापानको आइची प्रिफेक्चर र नागोया सहरको संयुक्त आयोजनामा हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार, सेप्टेम्बर १९ मा हुँदैछ। नागोयास्थित पालोमा मिजुहो रंगशालामा आयोजना हुने उद्घाटन समारोह जापानी समयअनुसार साँझ ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी हुँदैछन्। खेलाडी तथा पदाधिकारीसहित सहभागीको संख्या करिब १७ हजार पुगेको छ। एसियाका विभिन्न देशका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने यो महादेशको प्रमुख बहुखेलकुद प्रतियोगिता हो।
यस संस्करणमा ४३ खेलका ४६९ पदक स्पर्धा समावेश ......
जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ।
देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार पाँचौँ साता मूल्य घटेसँगै सन् २०२४ को सेप्टेम्बरपछि पहिलोपटक पाँच किलो चामलको औसत मूल्य २ हजार येनको दायरामा आएको हो।
एउटै उत्पादन क्षेत्र र जातको चामलको औसत मूल्य ३५ येनले घटेर प्रतिपाँच ......
जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
टोकियो । जापानमा विकसित २५ नम्बरको ताइफुन टोकियोसहित कान्तो क्षेत्रमा सोझै असर पार्ने मार्गतर्फ अघि बढ्न सक्ने सम्भावना देखिएको छ। लगातारको बिदा ‘सिल्भर विक’ नजिकिँदै गर्दा ताइफुनको सम्भावित मार्गले घुमघाम तथा यात्राको योजनामा चासो बढाएको छ।
सेप्टेम्बर १६ मा प्रसारित जापानी समाचार कार्यक्रम ‘होदो स्टेसन’ले ताइफुन कान्तो क्षेत्रमा सीधा प्रभाव पार्ने मार्गमा जान सक्ने सम्भावनासहितको पूर्वानुमान प्रस्तुत गरेको छ। यद्यपि, कान्तोमा ताइफुन ठोक्किने निश्चित भइसकेको छैन। यसको आगामी मार्ग र प्रभावमा परिवर्तन आउन सक्छ।
मौसम विज्ञान निकायको सेप्टेम्बर १७ बिहानको विवरणअनुसार ठूलो आकारको ताइफुन मारियाना टापु आसपासबाट उत्तरतर्फ अघि बढिरहेको छ। यो ......