टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा वरिष्ठ जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक्रम टोकियोमा सम्पन्न भएको छ।
केही दिनयता जापानका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिमा व्यस्त रहेका गायक शर्माले यस कार्यक्रमलाई अन्य भेटघाटभन्दा फरक, आत्मीय र सिर्जनशील अनुभवका रूपमा लिएको बताए। औपचारिकताभन्दा सिर्जना, संगीत र साहित्यलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले शर्माका सांगीतिक सिर्जनासँगै उहाँसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि प्राप्त गरेका थिए।
कार्यक्रममा जीवन शर्माले आफ्ना चर्चित जनवादी गीतहरू प्रस्तुत गर्नुका साथै गीत–संगीत, समाज, समकालीन नेपाली परिवेश तथा आफ्नो सांगीतिक यात्राबारे अनुभव र विचार साझा गरेका थिए। सहभागीहरूले पनि साहित्य, संगीत र समाज रूपान्तरणमा कलाकारको भूमिकाबारे आफ्ना धारणा राख्दै अन्तरक्रिया गरेका थिए।

अनेसास जापानले सीमित उपस्थितिमा आयोजना गरेको उक्त कार्यक्रम सहभागिताका हिसाबले ठूलो नभए पनि यसको आत्मीय वातावरण, सिर्जनात्मक छलफल र सांगीतिक प्रस्तुतिले विशेष महत्त्व बोकेको थियो। कार्यक्रममा जीवन शर्माका जनप्रिय गीतसँगै उपस्थित साहित्यकर्मीहरूले आफ्ना कविता तथा साहित्यिक रचनासमेत वाचन गरेका थिए, जसले कार्यक्रमलाई अझ सजीव र सिर्जनात्मक बनाएको थियो।
लामो समयदेखि जनवादी गीत–संगीतमार्फत नेपाली समाजका विविध पक्षलाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएका जीवन शर्माले जापानमा रहेका नेपाली समुदायसँगको यो भेटलाई स्मरणीय अनुभवका रूपमा लिएको बताए।
टोकियोको सिनओकुबोस्थित सोलमारीको सभाहलमा, अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन अनेसास जापानका पूर्वअध्यक्ष तथा संरक्षक दीप पाठकले गरेका थिए भने सञ्चालन सचिव बिनिसा सापकोटाले गरेकी थिइन्।

कार्यक्रममा अनेसास जापानका पूर्वअध्यक्ष गिरिजा गैरे, सल्लाहकार तथा निवर्तमान महासचिव अनिलकुमार निर्दोष, कोषाध्यक्ष सरोज घिमिरे, सचिव नारायण पोखरेल, सदस्यहरू लक्ष्मण भन्तना (शिरीष) र विश्वबन्धु भण्डारी,लेखक तथा संचारकर्मी डिजी शर्मा, सञ्चारकर्मीहरु- राजन गौतम, तिलक मल्ल, अर्जुन लामिछाने, लक्ष्मी पौडेल लगायत करिब दुई दर्जन जति साहित्य, संगीत र कला अनुरागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता साहित्यिक तथा सांगीतिक जमघटले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु




