अनेसास जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न, साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’

टोकियो/जापान। अनेसास जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य तथा अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोगको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई वहाँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा...

अनेसास जापानद्वारा जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट सम्पन्न

टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा वरिष्ठ जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक्रम टोकियोमा सम्पन्न भएको छ। केही दिनयता जापानका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिमा व्यस्त रहेका गायक शर्माले यस कार्यक्रमलाई अन्य भेटघाटभन्दा फरक, आत्मीय र सिर्जनशील अनुभवका रूपमा लिएको बताए। औपचारिकताभन्दा सिर्जना, संगीत र साहित्यलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले शर्माका सांगीतिक...

टोकियोमा अनेसास जापानको ८३औँ साहित्य शृङ्खला सम्पन्न, कवि अमृता स्मृतिसँग विशेष अन्तर्क्रिया

टोकियो । जापानको राजधानी टोकियोमा आइतबार नेपाली भाषा, साहित्य र कविताको सुगन्धले भरिएको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। अनेसास जापान च्याप्टरले आयोजना गरेको ८३औँ नियमित साहित्य शृङ्खलामा हवाई च्याप्टरकी अध्यक्ष तथा कवि अमृता स्मृतिसँग विशेष अन्तर्क्रिया तथा खुला रचना वाचन कार्यक्रम सम्पन्न भएको हो। टोकियोको सिनओकुबोस्थित रोयल गार्डेनको सभाहलमा आयोजित कार्यक्रम अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरेको अध्यक्षता तथा एनआरएनए जापानका...

अनेसासको भावी नेतृत्वका लागि साहित्यकार लाल गोपाल सुवेदीप्रति बढ्दो विश्वास

टोकियो,जापान। विश्वभर फैलिएका नेपाली भाषी समुदायबीच नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणको अभियानमा समर्पित साहित्यकार लालगोपाल सुवेदी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी अध्यक्ष पदका लागि बलियो र विश्वासिलो व्यक्तित्वका रूपमा स्थापित हुँदै जानुभएको छ। कवि, गीतकार, निबन्धकार, समालोचक तथा कुशल संगठकका रूपमा परिचित सुवेदीले तीन दशकभन्दा बढी समयदेखि नेपाली भाषा र साहित्यको सेवामा निरन्तर साधना...

जापानका सार्वजनिक विद्यालयमा जापानी भाषा सहयोग चाहिने विद्यार्थी ८४ हजार नाघे, अहिलेसम्मकै उच्च

टोकियो,जापान। जापानका सार्वजनिक प्राथमिक, जुनियर हाई र हाई स्कुलमा जापानी भाषा सिकाइ सहयोग आवश्यक पर्ने विद्यार्थीको संख्या २०२५ शैक्षिक वर्षमा ८४ हजार ७५९ जना पुगेको छ। शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले मे २५ मा सार्वजनिक गरेको सर्वेक्षणअनुसार यो संख्या अहिलेसम्मकै उच्च हो। विदेशी पृष्ठभूमि भएका बालबालिका बढ्दै जाँदा, जापानका करिब ४० प्रतिशत सार्वजनिक विद्यालयमा जापानी भाषा सहयोग आवश्यक...

विश्वप्रसिद्ध जापानी लेखक हारुकी मुराकामीको नयाँ उपन्यास ‘द टेल अफ काहो’ जुलाईमा प्रकाशित हुने

टोकियो। विश्वप्रसिद्ध जापानी लेखक हारुकी मुराकामीको नयाँ पूर्ण उपन्यास ‘द टेल अफ काहो’ आगामी जुलाई ३ तारिख प्रकाशित हुने भएको छ। प्रकाशक शिन्चोशाका अनुसार यो मुराकामीको ३ वर्षपछि आउन लागेको पहिलो नयाँ उपन्यास हो। ३५२ पृष्ठको यो उपन्यास काहो नामकी २६ वर्षीया चित्र–पुस्तक लेखिकालाई केन्द्रमा राखेर लेखिएको छ। प्रकाशकका अनुसार मुराकामीले पहिलो पटक कुनै पूर्ण–लम्बाइको उपन्यासमा एकल महिला पात्रलाई मुख्य...

जापानबाट २३ विद्यार्थी एसईई परीक्षामा सहभागी, एभरेष्ट इन्टरनेशनल स्कुलको छैटौँ ब्याच

टोकियो, जापान। जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुलका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्ष (सन २०२६) को एसईई (SEE) परीक्षामा सहभागी भएका छन्। आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन्। विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ जना विद्यार्थी सहभागी...

अनेसास जापानद्वारा “साकुराको फेदमुनी २०२६” तथा ८२ औँ नियमित साहित्य श्रृंखला आयोजना गरिँदै

टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले “साकुराको फेदमुनी २०२६” कार्यक्रमसँगै आफ्नो ८२ औँ नियमित साहित्य श्रृंखला आयोजना गर्ने भएको छ। साकुरा फुल्ने मौसमलाई लक्षित गर्दै हरेक वर्ष झैँ यस वर्ष पनि साहित्यिक वातावरणमा स्रष्टा र साहित्यप्रेमीहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ कार्यक्रम तय गरिएको हो। अनेसास जापानका अनुसार उक्त कार्यक्रम आगामी ५ अप्रिल २०२६ (आइतबार) दिउँसो १२:३० बजे...

जापानका दुई विद्यालयमा लाल गोपाल सुवेदीद्वारा नेपाली भाषा र साहित्य कक्षा

टोकियो,जापान। जापान भ्रमणमा रहनुभएका साहित्यकार लाल गोपाल सवेदीले जापानस्थित नेपाली समुदायका बालबालिकाहरुलाई भाषा र साहित्यप्रति अभिरुचि जगाउने उद्देश्यले हिमालयन एकेडेमी र एभरेस्ट इन्टरनेशनल स्कूलमा विशेष कक्षा लिनुभएको छ। हिमालयन एकेडमी तथा एभरेस्ट ईन्टरनेश्नल स्कुलमा सुवेदीले नेपाली भाषा, साहित्यको महत्व, सिर्जनात्मक लेखन तथा मातृभाषा संरक्षणका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। सो अवसरमा उहाँले आफ्ना केही कविता वाचनसमेत गर्नुभएको थियो। कवितामार्फत मातृभूमिप्रतिको माया,...

अनेसास जापानको ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ सम्पन्न

टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ कार्यक्रम यहि फेब्रुअरी २१ तारिख शनिबार टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि तथा गीतकार लालगोपाल सुवेदीको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमको प्रारम्भमा विशिष्ट अतिथिहरूलाई एकमुस्ट आसनग्रहण गराइएको थियो भने संस्थाका सचिव नारायण...