टोकियो। गल्कोट समाज जापानको क्षेत्रीय समिति टोकियो कान्तोले रसुवा बाढीपीडितको सहयोगार्थ ७ लाख रुपैयाँ दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ।

समितिका अध्यक्ष ईश्वर बस्नेतका अनुसार समितिको आयोजनामा सम्पन्न ‘तीज सांगीतिक उत्सव २०२६—रसुवा बाढीपीडित सहयोगार्थ कार्यक्रम’को टिकट बिक्रीबाट संकलित रकममध्ये ५ लाख रुपैयाँ र गल्कोट समाज जापानको सहयोग अभियानबाट प्राप्त २ लाख रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।

गल्कोट समाज जापानले यसअघि पनि रसुवा बाढीपीडित सहयोग अभियानमार्फत १० लाख रुपैयाँ संकलन तथा प्रदान गरिएको समितिले जनाएको छ।

अध्यक्ष बस्नेतले विपद्को घडीमा पीडितलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउँदै अभियानमा योगदान दिने सहयोगदाता, शुभचिन्तक, संस्थाका संरक्षक,सल्लाहकार  तथा सचिव चतुर्भुज सापकोटा,आर्थिक संयोजक मिठु थापाका साथै अन्य  पदाधिकारी र सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार