टिकटकदेखि युट्युबसम्म छायो ‘आमा तिम्रो दुःख’, विशाल क्षेत्रीको सिर्जनाको बढ्दो चर्चा(भिडियो सहित)
टोकियो/जापान। जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना र प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ यतिबेला दर्शक- श्रोतामाझ चर्चित बनेको छ। करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, पीडा र त्यागका यथार्थ पक्षलाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको ‘आमा तिम्रो दुःख’ले सार्वजनिक भएको छोटो समयमै उल्लेखनीय माया पाइरहेको छ। मार्मिक शब्द, भावनात्मक कथावस्तु र...
रामकृष्ण बम मल्लको “तिन बहिनी” सार्वजनिक, पारिवारिक सम्बन्धको मिठास बोकेको नयाँ तीज गीत (भिडियो सहित)
टोकियो/जापान।नेपालीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा दिदीबहिनीबीचको आत्मीयता, माइतीप्रतिको माया र नेपाली परिवारको जीवनकथा समेटिएको नयाँ तीज गीत ‘तिन बहिनी’ सार्वजनिक भएको छ। जापानमा केहि समय अघि सम्पन्न भएको प्रथम लोकताराका ३ प्रमुख प्रतियोगीहरुको स्वर,लोकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल र चर्चित सर्जक रमेश बिजीको...
गायक चेतन राईको ‘कैयौं प्रहर’ सार्वजनिक(भिडियो सहित)
टोकियो,जापान। गायक चेतन राईको पाँचौं एल्बम रहेको नयाँ गीत ‘कैयौं प्रहर’ सार्वजनिक गरिएको छ ।आधुनिक पपमा आधारित यस एल्बममा रोमान्टिक शैलीका गीतहरू समेटिएका छन। प्रेम, भावना र सम्बन्धका सूक्ष्म आयामहरूलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘कैयौं प्रहर’को शब्द तथा संगीत प्रतिक थापाको रहेको छ भने स्वर स्वयं गायक राईको रहेको छ । गीतको संगीत संयोजन सविर कार्कीले गरेका...
रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक(भिडियो)
टोकियो,जापान। नेपाली गीत–संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको उक्त गीत “पिरो क्रियशन ” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतको शब्द बसन्त थापा तथा संगीत रामकृष्ण बम मल्लको रहेको छ...
जापानले विदेशीलाई देश निकाला गर्ने मापदण्ड कडा बनाउने तयारी
टोकियो,जापान। जापान सरकारले विदेशी नागरिकसम्बन्धी नयाँ आधारभूत नीतिमार्फत डिपोर्टेसन (देश निकाला) लागू हुने अपराधको दायरा विस्तार गर्ने तयारी गरेको छ। साथै, विदेशीले जग्गा खरिद गर्ने विषयमा भने थप अध्ययन गर्ने निर्णय गरेको छ। मंगलबार सार्वजनिक गरिएको मस्यौदा नीति हाल समीक्षा प्रक्रियामा रहेको छ। यस नीतिअनुसार हाल लागू रहेको लागुऔषधसम्बन्धी अपराध तथा एक वर्ष वा सोभन्दा बढीको सजाय भएका मुद्दामा मात्र...
नेपाल मगर संघ जापानको २२औं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
टोकियो,जापान। नेपाल मगर संघ, जापान केन्द्रीय समितिको २२औँ महाधिवेशन शनिबार (अक्टोबर ११) टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनबाट भिक्टर ठाडा मगर अध्यक्ष र सागर थापा मगर महासचिवमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। औपचारिक कार्यक्रमको उद्घाटन नेपाल मगर संघ, नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरले प्रथम सहिद लखन थापाको फोटोमा माल्यार्पण गर्दै गरेका थिए। कार्यक्रम निवर्तमान अध्यक्ष रामहरि खपाङ्गी मगरको...
“आमाले नै हैछ” बोलको तीज गीतले दर्शक,श्रोताको मन जित्दै(भिडियो)
टोकियो/जापान। नेपाली संगीत बजारमा तीज पर्वको अवसर पारेर दिनहुँ नयाँ- नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा अहिले सर्जक शिव अखेलीको शब्द तथा संगीतमा रहेको यथार्थपरक भावनाले भरिएको तीज गीत “आमाले नै हैछ” चर्चा र लोकप्रियताको शिखरमा उक्लिएको छ। यो गीतमा जापानलाई कर्मभूमि बनाएका लोकप्रिय गायक तथा सर्जक सूर्य खड्का, अमित सापकोटा र शिवा केसीको सुमधुर स्वर सुन्न सकिन्छ भने...
लोकप्रिय गायक राजकुमार बानियाँको नयाँ तीज गीत सार्वजनिक, परदेशी नेपालीको भावना बोलेको मर्मस्पर्शी प्रस्तुति(भिडियो सहित)
टोकियो/जापान ।लोकप्रिय गायक राजकुमार बानियाँको नयाँ तीज गित -“तीज आयो” सार्बजनिक भएको छ। परदेशमा रहेर पनि आफ्ना संस्कृति, चाडपर्व र भावनालाई जीवन्त राख्दै नेपालीहरूको पीडा र आत्मीयता बोल्ने तीज गीत ‘तीज आयो’ बानियाँको आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएको हो। लोकप्रिय लोक तथा दोहोरी गायक राजकुमार बानियाँको शब्द तथा संगितमा रहेको गितमा, बानियाँसंगै,अर्का लोकप्रिय गायक युवराज आचार्य,गायिका रितु थापा मगर,सूर्य खड्का,श्याम...
विशाल क्षेत्रीको यथार्थ परक, मार्मिक नयाँ तीज गित- “ए आमा हो”ले चर्चा बटुल्दै(भिडियो)
टोकियो/जापान। जापानलाई कर्मथलो बनाउँदै आएका गुल्मीमा जन्मिएका सर्जक विशाल क्षेत्रीले हालै एक यथार्थ परक अत्यन्तै मार्मिक तिज गित – “ए आमा हो छोरीको जाने ठाउँ कहाँ छ र”सार्वजनिक गरेका छन्। सार्बजनिक भएको छोटो समयमै नेपाली गितसंगित प्रेमीहरुमाझ लोकप्रिय बनेको गितले यतिखेर सर्बत्र चर्चा बटुलिरहेको सर्जक क्षेत्रीले बताएका छन् । “ए आमा हो छोरीको जाने ठाउँ कहाँ छ र”बोलको गीतले यतिबेला...
मार्च ३० तारिख,दोलखा समाज जापान केन्द्रिय समितीको पाँचौ अधिवेशन
टोकियो, जापान। दोलखा समाज जापान केन्द्रिय समितीको पाँचौ अधिवेशन टोकियोमा हुने भएको छ। समाजका महासचिव नारायण खड्का अनुसार समाजको पाँचौं अधिवेशन यहि आउँदो मार्च ३० तारिक जापानको टोकीयो स्थित राईनो किचेन सुगामोमा दिउँसो ११ बजेबाट गरिने तय भएको जानकारी दिए। विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका दोलखालीहरुको छाता संगठन दोलखा समाज जापानले दोलखाली समुदाय बिच आपासि भाईचाराको सम्बन्ध...

