टोकियो,जापान। नेपाली गीत–संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ।
चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको उक्त गीत “पिरो क्रियशन ” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतको शब्द बसन्त थापा तथा संगीत रामकृष्ण बम मल्लको रहेको छ भने भिडियो निर्देशन शिव बी.के.ले गरेका छन्। प्रेम र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा मायाका स्मृति र सम्झनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा कलाकारहरूको अभिनयले कथालाई थप जीवन्त बनाएको छ। आकर्षक छायांकन, भावनात्मक कथा र सुमधुर आवाजका कारण गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ।
नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका मल्ल हाल प्रवासी भूमि जापानलाई कर्मभूमि बनाउँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आउनुभएको छ। सुरुवाती चरणमा जापानमा कामदारका रूपमा प्रबेश गर्नुभएका मल्ल अहिले सफल व्यवसायीका रूपमा समेत स्थापित हुनुभएको छ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै उहाँ विभिन्न सांगीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।
गीत सार्वजनिक गर्ने क्रममा सर्जक मल्लले नेपाली गीत–संगीत क्षेत्रमा संख्यात्मकभन्दा पनि गुणात्मक सिर्जनामा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। धेरै गीत निर्माण गर्नेभन्दा पनि दर्शक–श्रोताको मन छुने, सन्देशमूलक तथा दीर्घकालीन प्रभाव पार्ने सिर्जनामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। आफूले पनि यही सोचअनुसार गीत–संगीत सिर्जना गर्दै आएको उहाँले बताउनुभयो।
आगामी दिनमा पनि नेपाली गीत–संगीतलाई समृद्ध बनाउने उद्देश्यसहित गुणस्तरीय सिर्जनाहरू ल्याउने तयारी रहेको सर्जक मल्लले बताउनुभयो।
गायक मल्ल हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। साथै उहाँ विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रूपमा आबद्ध भई सामाजिक कार्यमा संलग्न हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




