उत्तरमा कौडेबनको शिर दक्षिणमा काउलेको बिशाल लेक पूर्वमा शान्तिपुर बजार र पश्चिममा ग्वाघाको गॅाउ,कौडे पहाडको काखमा।तल धॅुवाखर्कबाट माथि हेर्दा भॅाडाकुडा खसेपनि सिधै तल खोलामा खस्नेजस्तो देखिने सानोभिरालो गॅाउ आरूखर्क।त्यही हो मेरो प्राणभन्दा प्यारो जन्मगॅाउ।जुन गुल्मी चन्द्रकोट-५ मा अवस्थित छ।पूर्व दिव्ररूङको डॅाडॅाबाट बिहानको घामको किरण पर्दा खरले छाएका घरका छानोहरूमा भएका शितहरू चॅादीझैं टल्किन्थे र एकैछिनमा बिलाउंथे।जाडो याममा पश्चिमको थाप्ले लेकबाट आउने चिसो हावाले मुटु भित्रैसम्म छेड् हान्थ्यो।ग्वाघाको डॅाडॅालाई छिचोल्दै आउने हावाले बॅासका झ्याङ र खनिउका पातहरू हल्लाउंदा एकनासको आवाज सुनिन्थ्यो।धुवॅाखोलाको सिरानमा हाम्रो खानेपानिको मुहान थियो।ढुङ्गाको कापबाट निस्किएको त्यो पानी बार्है महिना फ्रिजमा राखेजस्तो चिसो आंत नै हरहर बनाउंथ्यो।
बर्खायाममा स्कुलको छुट्टी हुंदा साथिहरूसंग नाङ्गो डॅाडॅा,गैरा,गनेको चौपारी,दाद्रा,सत्यवती तिर भैंसी र बाख्रा चराउन जान्थ्यौं।डन्डिबियो,टाट्ने खेल्दा भैंसी बाख्राको पत्तो नभएर कहिले अरूको खरबारिमा पसेर घॅास खाईदिने कहिले हामिभन्दा पहिल्लै घरमा पुग्थे।मेरो घरमा बनमा छोड्ने त्यती धेरै डिंया हुंदैनथें।प्राय २ ओटा पाडी हुन्थे।तिनीहरूलाई बिहान नाङ्गो डॅाडॅामा छोड्यो भने सॅाझ आफै घरमा आईपुग्थे।बर्खे छुट्टी प्रायः२ महिनाको हुन्थ्यो।छुट्टीमा साथीसंग खेल्नको लागी भएपनि सोत्तर काट्ने निऊ र बॅाको खोज्ने निंउ पारेर जंगलतिर जान्थे।
हाम्रो गॅाउ तल बेशी भन्दा धेरै अग्लो छ।त्यहॅा धान खेती हुंदैन!तल बेशीमा खेत हुनुहुने पनि हुनुन्थ्यो।हाम्रो खेत नभएकोले मलाई खेतको काममा त्यती आईडिया छैन।तर बारिको काम भने मज्जाले गरिन्थ्यो।बर्खामा कोदो रोप्ने चटारो हुन्थ्यो!आमाहरू हुद्दा लाउनुहुन्थ्यो।ठुला दाईहरू अगिअगि खन्दै हिड्ने।आमा दिदिहरू पछिपछि कोदो रोप्दै आउने गर्नुहुन्थ्यो।आफ्नो घरमा हुद्दा आंउदा भने हामिहरू सबैभन्दा अगाडी खन्ने मान्छेलाई सजिलो होस् भनेर झार उखेल्दिने काम गर्थ्यौ।बारिको पाटामै बसेर झारले हात पुछेर।घरकाले बनाएर ल्याएको अर्नि खान्थ्यौ।अर्निमा चिया,गंहुको रोटी,कोदाको रोटी,मकै भट्ट यस्तै यस्तै हुन्थ्यो।अहिले सम्झिदा त्यतीबेलाको अर्निले अहिलेका पिजा,बर्गर मम चाउमिनलाई फिक्का बनाईदिन्छ।नाग पंचमिबाटै हरिया मकै देवतालाई चढाएपछि मकै खान मिल्थ्यो।हरिया मकैको सिजन शुरू भएपछी त बिहानै बेलुका मकै र मोही खुब खाईन्थ्यो।धुंवाखोला भुमा दिदि र आचार्य श्रीरामको घरमा ओखरको रूख थियो।खोलाको किनारमा हामिहरू स्कुलबाट फर्केपछी झरेका ओखर खोज्न जान्थ्यौ।कहिले भेटिन्थ्यो कहिले भेटिन्नथ्यो।ओखरले ओखरलाई हान्ने बाझी पनि खेलिन्थ्यो।सानोमा गॅाउमा खेल्ने खेलहरू खोपी,चुन्नी रन,डन्डिबियोंहरू खुब खेलियो।
म कक्षा ३ सम्म धुंवाखोला,५ सम्म नेटाकापोखरा ६ देखि १० सम्म ग्वाघा मावीमा पढेंको हुं।स्कुलमा पढ्दाका रमाईला काहानी पनि थिप्रै छन्।नेटापोखरा पढ्दा कालो मिठाई,पिपल गेडी १ रूपैंयाको ८/१० ओटा आउथे।त्यही १ रूपैंया पनि कहिले हुन्थ्यो कहिले हुन्नथ्यो।अलि पैसा हुनेले सिंगै १प्याकेट किनेर १ रूपैंयाका ८/१० ओटाका दरले आफ छुट्टीमा बेच्थे।हामीले भोली पैसा दिने बाचामा उधारो किनेर खाईन्थ्यो।एक प्याकेट चक्लेट बेच्दा ५/६ रुपैंया नाफा हुन्छ भनेर तिनीहरूले सुनाउंथे।उतीबेला ५/६ रूपैंया भनेकोनी ठुलो नै हुन्थ्यो।६ कक्षाबाट ग्वाघा मावीमा पढ्न गईयो।ग्वाघा मावि मा धेरै टाढाटाढा बाट पनि पढ्न आउंथे।बाग्लुङको हुग्दिशिर,बाटाकाचौर बाट समेत आउंथे।भेडिखाल्टा,खादिकोट,गब्दे सम्मबाट पढ्न ॲाउथे।हाम्रो घर मास्थिरबाट मुल बाटो थियो।नेटाकापोखरा,धॅुवाखोलाबाट बाट ग्वाघातिर जाने बाटो त्यही हो।स्कुल जॅादा बाटोमा आफ्नो भेग तिरका हरू प्राय ग्रुप/ग्रुप बनाएर हिंड्थे।बिचमा चिफ्लेटी नजिक गनेको चौपारी थियो।हामी केटाहरू प्रायःएकलट त्यही चौपारीमा ५/१० मिनेट बसेर स्कुल जान्थ्यौं।
ग्वाघा स्कुलमा ६ कक्षामा त ५ पास गरेर धेरै ठॅाउबाट आउने भएर होला १०० जना जति स्टुडेण्ट हुन्थौं।म पढाईमा ठिकठिकै थिए!हामी सबैभन्दा अगाडी बस्थ्यौं।हाम्रो बेन्चमा हरि भुजेल,श्रीप्रसाद भुजेल,सुमन बस्याल,श्रीराम आचार्य र म गरी ५ जना बस्थ्यौं।कताबाट एकजना बाजेले पाउरोटी बेच्न ल्याउनुहुन्थ्यो पैसा हुंदा ५ जनाले उठाएर १ प्याकेट किनेर खान्थ्यौ!पैसा हुंदा आफ टाईममा बिकास गौचनको होटलमा समोसा र मटर खान गईन्थ्यो।पैसा नहुंदा कक्षाकोठामै बसिन्थ्यो।कक्षा १० को अन्तिमतिर पढ्दा अलि बिहानैबाट ट्युसन पढेका थियौं।यताबाट जाने हामी ३ जना श्रीराम आचार्य,श्याम भण्डारी र मैले पालैपालो भात लगेर जान्थ्यौ।त्यो भात नेवार ॲकलको होटलमा राख्थ्यौ।हाप टाईममा त्यही होटलमा ५/५ रूपैंयाको मटर किनेर भातसंग खान्थ्यौं।
स्कुलको बार्षिक उत्सवमा भलिबल खेलाउंदा खुब हेरिन्थ्यो।भलिबलमा प्राय:बाग्लुङ बरेङका टिमले जित्थे।शान्तिपुर,बाटाकाचौर,हिले तिरबाट पनि बल खेल्न टिम आउथे।हामीले सदन अनुसार खेल खेल्ने, पिटि खेल्ने गर्थ्यौं।पिटि खेल्दा निलो आफ पाईन्ट चाहिन्थ्यो।हामी संग आफ पाईन्ट नहुंदा निलो पाईन्टलाई भित्रबाट फर्काएर आफ पाईन्ट बनाएर काम चलाईन्थ्यो।एक पल्ट स्कुलबाट शैक्षिक भ्रमण लैजाने कुरा भयो।म पनि गएको थिए।भ्रमण बुटवल,लुम्बिनि सम्मको थियो।म पहिलोपल्ट बस चढेर बुटवल पनि पहिलो पल्ट जॅादै थिए।रूद्रबेनीमा बाटो सॅाघुरो थियो।बसले छेउको माटो कालिकण्डकी नदिमा खसाल्दै हिड्छ भन्ने सुनेका थियौं।त्यहीं जॅादा थाहा भयो।उदय पुन सरले आफ्नो गितमा भनेझैं रुद्रबेनी कालिको तिरैतिर मुटु छाम्दै बसमा सरर।त्यसो त पहिलोपल्ट बस चढ्ने धेरै थियौं।बाटाभरी प्रायःसबैलाई बस लागेर बुटवल पुग्दा त लखतरान परियो।ईटाभट्टीमा रहेको मनिष होटलमा बसेका थियौं।त्यतीबेला बुटवलमा प्रर्दशनिको बेला थियो।त्यसबेला प्रर्दशनी बसपार्क अगाडीको सडक बिभाग भित्र हुन्थ्यो।लाईन लागेर सबैजना हिडेंको भिडमा म त लाईन बाटै छुटेछु।अगाडि पछाडी हेर्छु त चिनेका कोही छैनन्!एक छिन त लौ हराय भनेर खुब आत्तिए।पछि एउटा पुलिस दाईलाई भनेको त्यो दाईले सरसंग भेट्टाईदिनु भयो।पहिलो पल्ट राजु परियारले लाईभ गाएको त्यही प्रर्दशनिमा हेरियो।उन्ले त्यतीबेला “आमा लान्छ रे छोरी कस्ले पल्टनको लाउरेले”भनेर गाएको अहिले पनि याद छ।अर्को दिन लुम्बिनि पनि पुगियो।बुटवल बाट फर्किंदा पाल्पाको श्रीनगर पनि पसेर फर्किएका थियौं।त्यतीबेला ग्वाघा स्कुलमा हरि सर,गणेश सर,होमनाथ सर,दान ब.सर,खेमसर,मेख ब सर,लगाएत हुनुहुन्थ्यो।हाम्रो ब्याचसम्म SLC दिन तम्घास सम्म आउनुपर्थ्यो।म अरूभन्दा अलि सानो कदको थिए।माओवादीको युद्द भएको हुंदा आर्मिले तम्घासमा झोला चेक गर्थे।सानो देखेर SLC दिन आ,को भन्दा अचम्मै मान्थे।SLC दिंदा हामी तम्ऱ्घासको प्रतिभा होटलमा बसेका थियौं।होटलमा बस्दाका रमाईला पलहरू पनि थुप्रै छन्।SLC सकिएको लास्ट दिन,भोलीबाट जनआन्दोलन शुरू हुने भनेर हतार हतार रातिको बसमा छतमा बसेर शान्तिपुर आएका थियौं।
गॅाउमा जनै पूर्णिमा शुरू भएदेखिनै लगभग चाडबाडका दिन शुरू हुन्छन्।त्यसपछी तिज,दशैं,तिहार।तिहार सकिएपछी त सबै चाडबाड सकिएझैं मन खिन्न हुन्थ्यो।तिहार चॅाही सबैभन्दा मनपर्ने चॅाड भएर होला कहिलै नसकिएपनि हुन्थ्यो जस्तो लाग्थ्यो।त्यसो त सानोमा आरूखर्क हुंदा सबै चाडपर्व हरू नै खास हुन्थे।अभावका बिच पनि रौनक र रमाईलो छुट्टै हुनथ्यो।त्यो बेलाको रौनक अहिले खोजेर कहॅा पाउनु।सानो हुंदा गॅाउबाट बसांईसरेर जाने चलन त्यती थिएन।पुरै गॅाउ तलदेखि माथिसम्म भरिभराउ थियो।बॅाझो जमिन त एक हात पनि हुन्थेन बरू अलिकती सॅाध मिचेके निहुमा झगडा हुन्थ्यो।तिज आउन १/२ हप्ता पहिल्लै बाट सॅाझमा कसै कसैका घरमा तिज गित गाउने चलन हुन्थ्यो।छोरीहरूलाई लिन माईतिहरू आउंथे।तिजको दिन नेटाकापोखरा,पूर्णामको डॅाडॅा र अल्लि पछि त ग्वादिको चौरमा पनि नाचगान हुन्थ्यो।
स्कुलमा दशैं र तिहार बिदा एकैपल्ट गरेर एक महिना भन्दा बढी हुन्थ्यो।दशैंको स्कुल छुट्टी हुनुभन्दा अगाडी स्कुल पनि लिपपोत,ढोका,झ्यालमा कलर गर्ने गरिन्थ्यो।घरमा पनि कमेरो लगाउनको लागी फुर्सेपोखरा माथिको डॅाडॅामा कमेरो लिन गईन्थ्यो।गॅाउका धेरैजसो ईन्डियामा जानुहुन्थ्यो।दशैंमा घर आंउदा अरूको पार्सल ल्याईदिने,चिठी ल्याईदिने गर्नुहुन्थ्यो।गॅाउमा कोही आंउदा चक्लेट पाईने आशमा बिहानै गईन्थ्यो।घरअगाडी भएका अलि राम्रा कॅाक्रालाई अचार खान दशैं र तिहारको लागी छुट्टाएर राखिन्थ्यो।ईन्डियाबाट दाई,बाहरू आंउदा नयॅा लुगा लाउन पाईन्थ्यो।नभए किनेर दशैंमा नयॅा लुगा लगाउने चलन त खासै थिएन।
दशैंको बिशेष भनेको कोट जानु थियो।पहिल्लै बाट कोट जानको लागी भनेर अलिअलि पैसा जोहो गरिन्थ्यो।कोट जानको अघिल्लो दिन धारामा गएर मज्जाले नुहाईन्थ्यो।साबुन डबल,डबल लगाएर।ढुङ्गाले घोटीघोटी खुट्टा टलक्क पारिन्थ्यो।हाम्रो घर माथि बाटोबाट खड्ककोटे बाजेहरू जेरी बनाउने समान बोकेर चन्द्कोट तिर जान्थे।अर्को दिन तिनै बाजेहरूले बनाएको जेरी कोट गएर खाईन्थ्यो!त्यसबेला आफ्ना साथीभाई भेट्ने,ईष्टमित्र भेट्ने स्थाननै चन्द्रकोट मेला हुन्थ्यो।कसैको पंचल रहेछ भने गॅाउभरिका लाईनै निम्ता हुन्थ्यो।हाम्रो मा दुहुनो भैंसी प्रायःहुने भएकोले दशैंमा आमाले कुराउनी घोट्नुहुन्थ्यो।केटा मान्छेको बिहे भएको छ भने निम्ता आएको ठॅाउमा एक बटुको कुराउनी लगिदिनु पर्थ्यो।दशैंको टिका लगाएपछी टाढा भएपनी मामाघर जान्थ्यौ।कुनै बेला भने घरमै बसिन्थ्यो।दशैंको दिन पिङ खेल्न पूर्नामको डॅाडॅामा पनि पुगिन्थ्यो।पछि १/२ बर्ष त ग्वादीको डॅाडॅामा पनि दाईहरूले चर्के पिङ,लुठ्ठे पिङ बनाउनु भएको थियो।
दशैं सकिएको केही दिनपछी फेरी तिहारको माहोल शुरू हुन्थ्यो।तिहारमा तोरन बाट्न खरबारीमा बाबियो छुट्टाएर राखिन्थ्यो।घर वरीपरी मखमली,सयपत्री,हजारी फुलहरू फुलेर ढकमक्क हुन्थ्यो।हामीहरूलाई तिहारको सबैभन्दा रमाईलो लाग्ने भनेको देऊसी भैलो खेल्नु थियो।म सानो हुंदा देउसी भैलोका धेरै रमाईला किस्साहरू छन्।अहिले पनि ति पलहरू आंखा वरिपरी घुमिनै रहन्छन्।तिहारमा भैलो खेल्न पाईने भएकोले नै मलाई तिहार सबैभन्दा मन पर्ने चाड थियो।
करिब तिहारको २ दिन अगाडिबाट भैलो खेल्न शुरू गरिन्थ्यो।धेरै सानोमा त हामी ४ बैना।श्रीराम,कौशिला दिदि,खिमा दिदि र म पनि गॅाउमा भैलो खेलियो।केराको खम्बा ४ भाईना जम्मा भनेको अहिले पनि हिजो जस्तो लाग्छ।म सानोमा खुब नाच्ने गर्दथें।पोखरी डॅाडॅाको स्कुलमा स्कुलको बार्षिक उत्सवमा ऊमा चालिसे बैनी र म जोडि बनेर नाचिन्थ्यो।भैलो खेल्दा पनि मैले भट्टाउंथे।हाम्रो गॅाउका साना ठुला मिलेर १२/१५ जनाको ग्रुप बनेर खेलिन्थ्यो।टाडा भनेको धुंवाखर्क,कुंडापानि सम्म पनि पुगेको सम्झना छ।तिहारको दिन भने धुंवाखोला र आरूखर्कमा खेलिन्थ्यो।त्यताबेला गॅाउमा बिजुली बत्ती थिएन।कसैकसैको घरमा भने सोलार लाईट थियो।नभए टुकी बत्तीले नै घरको सबै काम चलाउनु पर्थ्यो।हामी हरू लाल्टिन बालेर पढ्थ्यौं।सबै संग लाईट लाल्टिन हुन्थेन।भैलो खेल्न जॅादा पनि उज्यालोको खुब समस्या पर्थ्यो।रातिमा एउटा लाईटको भरमा भैलो खेल्न जान्थ्यौं।पनिमा चिप्लिने,झाडिमा सिस्नोले पोल्ने खोल्सामा खसिने त कति हुन्थ्यो कति।एक बर्ष रातिमा एउटा मात्र लाईट लिएर भैलो खेल्न धुवॅाखोला गा’को आचार्य श्रीरामको घर तल्तिर गौंडामा त लाईट समाउने मान्छेनै लोटेर लाईट झाडिमा हरायो।अध्यारों रातमा छामछुम गरेर तल जयलाल बुवाकोमा गएर त्यही कोही पिंडिमा कोही भित्र ठुलो ओछ्यानमा सुतेर भोलि बिहान उठेर घर गएका थियौं।एक बर्ष पुरन नेपालीले बॅासुरीको तालमा भट्टाएर भैलो खेलियो।बॅासुरीको धुन सार्है राम्रो भएर धेरैले मन पराए।धुवॅाखोला नारायण हजुरबाको मा प्राय तास खेल्ने गर्नुहुन्थ्यो।तास खेल्ने मान्छेहरूबाट धेरै पैसा पाईने आशमा हामी धेरै नाच्ने गाउने गर्दथ्यौं।
त्यसो त तिहारमा भैलो खेल्दाका धेरै रमाईलो पलहरू छन्।ग्वाघा मावी मा म ६ कक्षमामा पढ्दा स्कुलको सहयोगको लागी भैलो खेल्ने कार्यक्रम तय भयो।आ-आफ्नो पाएक पर्ने गॅाउतिर ग्रुपहरू बॅाडिए।एकटोली जोगिस्थान तिर,एकटोलि भार्सेतिर,एकटोलि खादिकोट र हाम्रो टोलि धुंवाखर्क,तिर पर्यो।हाम्रो टोलिमा लक्ष्मण चालिसे दाई,मोतिलाल दाई,लक्ष्मी गैरे दिदिहरू थियौं धुवॅाखर्कमा भैलो खेल्दा रात पर्यो हामि हरू रातिराति आरूखर्क सन्तोषको घरमा आएर सुतियो।दिनभरी म र लक्ष्मी गैरे दिदि जोडि बनेर खुब नाचियो।बिहान उठ्दा त खुट्टा दुखेर हिड्नै नसक्ने जस्तो भए म त।त्यसदिन फेरी धुंवाखोला,आरूखर्कमामा खेल्ने पालो थियो।हाम्रो ग्रुपमा हरि सर,ईन्द्र सरहरू हुनुन्थ्यो।पैसा धेरै उठाउनेमा हाम्रो ग्रुप पहिलो भएको थियो।
एक बर्ष फेरी हामी केटाकेटा अल्लि ठुलो दाईहरूसंग मिलेर खेलेका थियौं।चन्दन दाई,जनक दाई,पुरन थापा,पुरन नेपाली,धन बं,१२/१५ जना थियौं।जनक दाई र चन्दन दाईले सारङ्गी बजाएर भट्टाउनु हुन्थ्यो।सुन्ने मान्छेलाई अलि नयॅा लागेर खुब मन पराएका थिए।एक रात भलेस्वॅारा तिर र अर्को रात धुवाखर्क,कुंडापानि तिर गएका थियौं।राति कुंडापानिबाट फर्किंदा म खोल्सामा खसेर चन्दन दाईहरू आएर उठाउनु भएको थियो।मुखमा अलिअलि काटेको पनि थियो।एक बर्षफेरी माथि नौमति बाजा बजाउने अंकलहरू नौमति बाजनै बजाएर भैलो खेल्नुभएको थियो।त्यो पनि सबैको लागी नौलो चलन थियो।गॅाउका सबैले मन पराएका थिए।म बुटवल बाट घर गएको थिए!बाजातालमा हाम्रो घरमा भैलो खेल्दा म ७ ताल सम्म नाचेको थिए।
तिहारको अघिल्लो दिन रातिसम्म प्राय सबैको घरमा सेलरोटि पाक्थ्यो।त्यस दिन त सेलरोटी धेरै भएर तुर्नै नसकिने हुन्थ्यो!चमल,मकैहरू सबैले पालैपालो बोकिन्थ्यो।भैलो खेल्दा उठेका पैसा कहिले बराबर बॅाडिन्थ्यो भने कहिले पिकनिक खाईन्थ्यो।भैलो खेलेका मकै छोडाउन एक दिन सबै जम्मा भईन्थियो।छोडाएका मकै गॅाउमा चाहिएको मान्छेलाई बेचिन्थ्यो।भैलेका मकै कोही राम्रा कोही नराम्रा हुने भएकोले चलेको रेटभन्दा कममा बेच्नुपर्थ्यो।लक्ष्मी पुजाको दिन तोरन बाट्न पनि खुब रमाईलो लाग्थ्यो।तोरनलाई बाटो कटाउनुपर्छ भन्ने मान्यता अनुसार बाटो कटाउनु पर्थ्यो। हाम्रो घरबाट बाटो नजिकै भएकोले त्यती लामो नभए पनी हुन्थ्यो।गॅाउमा सबैभन्दा लामो तोरन चालिसे कान्छोबाले बनाउनुहुन्थ्यो।वारिघरबाट पारिको बाटोकटाउनुहुन्थ्यो।त्यत्रो लामो तोरन कसरी बान्न सकेको होला भनेर हामी छक्क पर्दथ्यौं।तिहारको दिन त सेलरोटी जस्को घरमा पनि हुनाले वास्था हुन्थेन।अर्को दिनबाट फेरी टुक्राटाक्री सेलरोटी खोज्नुपर्थ्यो।बासी सेलरेटी आगोमा तताएर चिया संग खॅादा संसारकै सबैभन्दा मिठो खानेकुरा यही होला जस्तो लाग्थ्यो।एकबर्ष भने तिहारको अघिल्लो दिन नरेन्द्र अंकलको घरमा नरेन्द्र अंकल,पुरन थापा,सन्तोष र म रातभरी उज्यालो हॅुदासम्म तास खेलेर बिहान उज्यालो भएपछी घर गएका थियौं।
त्यसरी आरूखर्कमा मनाएका चाडुपर्वहरू अहिले सम्झानामा आईरहन्छन्।पहिले गॅाउ भरिभराउ थियो।तलदेखि माथिसम्म कुनै घरपनि खाली हुन्थेन।घॅास काट्न पनि टाढाटाढा जानुपर्थ्यो।हामी खोरिया खरबारी मा घॅासकाट्न जान्थ्यौ।पारिपट्टिको खरबारीमा नेटाकापोखरा तिरबाट दुर्गा कार्कीहरूघॅास काट्न आउथे।वारिबाटै चिच्याएर कुरा गरिन्थियो।हाम्रो भन्दा अझै टाढा चन्द्र गैरे दाईहरूको खरबारी थियो।त्यती तलबाट पनि एउटा घॅास नछोडी सबै काटेर लानुहुन्थ्यो।त्यो बेला दुख भएपनि छुट्टै खालको आनन्द थियो।पारि पृथ्वीदाईको खरबारी थियो।वारिबाट हेर्दा कमिलै हिडिको देखिने जस्तो गरी घॅास काट्नु हुन्थ्यो।पृथ्वी दाईले सानो घॅासपनि मज्जाले भारी बानेर लानुहुन्थ्यो।दाउरा खोज्न पनि बन फुकेको बेलामा माथिमाथि पुग्थ्यौं।बन फुकेको १/२ महिनामा बर्षभरिलाई चाहिने दाउरा जम्मा गरिन्थ्यो।
म सानैबाट भलिबल खेल्थे!शुरूमा त मोजाको बल बनाएर खेल्थ्यौ।पछि ठुला दाईहरू खेलेको बलको कबरमा ब्लाडर हालेर हाम्रो घर तल्तिर खेलिन्थ्यो।कहिलेकॅाही झगडा,लॅडाई पनि पर्थ्यो।बर्खामासको छुट्टीमा भलिबल खेलाउने चलन थियो।पूर्नामको डॅाडॅा तिर ग्वाघा तिर पनि भलिवल खेल्न पुगिन्थ्यो!फस्ट हुनेलाई डिटेल्स साबुन,सेकेन्ड हुनेलाई लक्स र थर्ड हुनेलाई लाईफ बोए साबुन जस्ता पुरस्कार हुन्थें।हामीले पनि एकपल्ट बल खेलाएका थियौं!झण्डै लफडा भएर!सोम कार्की दाईहरू आएर मिलाईदिनुभयो।त्यतीबेला ग्वाघाका घन बहादुरहरू फस्ट भएका थिए।फस्ट हुनेलाई थाल सेकेन्ड हुनेलाई कचौरा थर्ड हुनेलाई गिलास यस्तै पुरस्कार थिए।पछिपछि त धुवॅाखोला ग्राउण्डमा ठुला दाईहरूसंगै भलिबल खेल्न थालियो।एक दिन पानि परेर खेल्न नपॅाउदा पनि खुब नरमाईलो लाग्दथ्यो।
सम्झिंदै जॅादा त आरूखर्कमा बिताएका बाल्यकालका पलहरू अनगिन्ति छन्।त्यस्तो यादले भरिएको गॅाउ आज उजाड बनेको छ।सबैजना तराई तिर बसाईसरेर गैसकेका छन्।आरूखर्कमा त मुस्किलले ४/५ घर बॅाकी होलान्।धुंवॅाखोलामा भने अझै अलिअलि बस्ती छ।त्यो गॅाउ त्यसरी उजाड होला भनेर कहिल्लै सोंचेको थिएन।तर मान्छे जति टाढा गएर जति सुखभोग गरेपनि आफ्नो जन्मठॅाउ भन्दा प्यारो कंही लाग्दो रहेनछ।त्यही ठॅाउले लेख्न,पढ्न,बोल्न सिकायो।त्यही ठॅाउमा जन्मेर सॅसारको सबै देश पुगेका छौं!कत्ति त बुटवलतिर कलेजमा लेक्चर पनि हुनुहुन्छ।आफ्नो क्षेत्रमा बिज्ञता हॅासिल गरेका हुनुन्छ।आरूखर्क धुवॅाखोलामा जग्गा जमिन भएर तराईतिर जानुभएकोलाई सकेसम्म बर्षको एकपल्ट गॅाऊ गएर आफ्नो बॅाझो जमिनमा खुर्मेली,आरू उथवा अरू केही फलफुलका बेर्ना लगाउनुस् कम्तिमा पछि सम्म हजुरका नाति,पनातिले पनि जन्मेको ठॅाउ देख्न पाउंछन् भन्ने सुझाब दिन चाहन्छु।म पनि अहिले परिवारसंगै जापानमा बसिरहेको छु।केही समयपछी नेपाल फर्केर आफ्नो जन्मेको गॅाउमा केही गर्ने मन छ।हेरौं समयले कत्तिको साथ दिन्छ।धेरै नभएपनि आफ्नो बारिमा माटो सुहॅाउंदो केही फलफुलका बेर्ना लगेर लगाउन पाईयो भने पनि कहिले कॅाही सम्झेर जाने बाटो हुन्थ्यो होला।तॅपाई आरूखर्क,धुंवाखोलामा जन्मेर अहिले कुन ठॅाउमा हुनुन्छ?अनि गॅाउमा सानोमा बिताएका पलहरूको याद कत्तिको आंउछ कमेन्टमा लेखनुस् ल।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




