जापानबाट नेपाल पैसा पठाउन क्यूएस रेमिटको डिजिटल सेवा विस्तार, रेमिट्यान्ससँगै ग्राहकलाई पोइन्ट बोनस

टोकियो, जापान। जापानमा रहेका नेपालीलाई लक्षित गर्दै क्यूएस रेमिट (QS Remit) ले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई थप सहज, सरल र सुविधाजनक बनाउने उद्देश्यसहित आफ्नो डिजिटल सेवा तथा मोबाइल एपका सुविधाहरू विस्तार गरेको छ। जापानबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीको संख्या बढ्दै जाँदा छिटो, सहज र पारदर्शी डिजिटल कारोबारको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै क्यूएस रेमिटले मोबाइल...

फरेक्स जापानको ‘७७ रंग एफजेपे संग’ अभियानअन्तर्गत धादिङ समाज जापानलाई सहयोग रकम हस्तान्तरण

टोकियो । फरेक्स जापानले नेपालका ७७ जिल्ला समेट्ने उद्देश्यसहित सञ्चालन गरेको “७७ रंग एफजेपे संग” अभियानअन्तर्गत धादिङ समाज जापानलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। यहि जुन ४ तारिख, बिहीबार टोकियोको सिनओकुबोस्थित एफजेपे कार्यालयमा आयोजित कार्यक्रममा धादिङ समाज जापानलाई १ लाख येन सहयोग रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा एफजेपे/फरेक्स जापानका निर्देशक पशुपति भण्डारी, अर्का निर्देशक तथा बिजनेस हेड बाबुराम...

टोकियोमा येहे रेमिटको कार्यालय उद्घाटन

टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी येहे रेमिटले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ। मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघसहित जापानस्थित विभिन्न नेपाली संघ–संस्था, समुदायका प्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका कार्यकारी प्रमुख नविन निउरेले प्रवासी नेपालीहरूका लागि छिटो, भरपर्दो र सुरक्षित...

येन बचाउन जापानको सक्रियता तीव्र, वित्तमन्त्री कातायामाको असामान्य चेतावनी: ‘फोन सधैं साथमै राख्नुहोस्’

टोकियो,जापान। जापानी येनलाई बलियो बनाउन सरकारले बजारमा हस्तक्षेप गरेको आशंका भइरहेका बेला जापानकी वित्तमन्त्री साचुकी कातायामाले व्यापारीहरूलाई दिएको चेतावनीले वित्तीय बजारमा थप चासो बढाएको छ। गोल्डेन विक बिदा सुरु हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै कातायामाले विदेशी विनिमय बजारमा कारोबार गर्नेहरूलाई असामान्य शैलीमा सचेत गराइन्। उनले भनिन्, “तपाईंहरू बाहिर जानुहोस् वा आराम गर्नुहोस्, स्मार्टफोन सधैं साथमै राख्नुहोस्।” उनको यो अभिव्यक्ति जापान सरकारले कमजोर...

मध्यपूर्व तनावबीच जापानको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत् राख्ने सम्भावना

टोकियो,जापान। जापानको केन्द्रीय बैंक बैंक अफ जापानले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण उत्पन्न आर्थिक अनिश्चितताबीच आफ्नो ब्याजदर यथावत् राख्ने सम्भावना उच्च देखिएको छ। बुधबारदेखि सुरु हुने दुईदिने मौद्रिक नीति बैठकमा दर वृद्धि नहुने प्रायः निश्चितजस्तै देखिएको अर्थशास्त्रीहरूले बताएका छन्। अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वले तेलको मूल्य तीव्र रूपमा बढाएपछि विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ। मिजुहो रिसर्च एन्ड टेक्नोलोजीजका वरिष्ठ अर्थशास्त्री...

जापानी येनको भाउमा सुधार हुनसकेन,जापानको चुनावी परिणाम अघि येनको मूल्य नबढ्ने संकेत

टोकियो, जापान। जापानको प्रतिनिधिसभा (तल्लो सदन) निर्वाचन नजिकिँदै जाँदा विदेशी मुद्रा बजारमा लगानीकर्ताहरू “पर्ख र हेर” को रणनीतिमा देखिएका छन्। शुक्रबार, फेब्रुअरी ६ तारिख टोकियो विदेशी विनिमय बजारमा अमेरिकी डलरको तुलनामा येनको मूल्यमा सामान्य मात्र उतारचढाव देखिएको हो। बेलुका ५ बजेसम्मको कारोबारअनुसार, येनको मूल्य १ डलर बराबर १५६ .९० येनको हाराहारीमा कारोबार भयो। बजार विश्लेषकहरूका अनुसार आगामी फेब्रुअरी ८ मा हुने...

जापानी येनको भाउमा उतार चढाब जारी,टोकियोमा कमजोर बनेको येन न्यूयोर्क बजारमा मजबुत,प्रतिडलर १५२ येनमा कारोबार

टोकियो,जापान। जनवरी २७ का दिन न्यूयोर्कको विदेशी मुद्रा बजारमा डलर बेचेर जापानी येन खरिद गर्ने क्रम तीव्र बनेपछि येनको मूल्य १ डलर बराबर १५२ येनको मध्यस्तरसम्म उक्लिएको छ। यो स्तर सन् २०२५ को अक्टोबर यताकै सबैभन्दा बलियो येनको अवस्थाका रूपमा हेरिएको छ। जापानका अर्थमन्त्री कातायामाले विनिमय दरको अवस्थाबारे अमेरिका सरकारसँग नजिकको समन्वयमा आवश्यक कदम चाल्ने संकेत गरेपछि जापान–अमेरिका संयुक्त बजार...

बैंक अफ जापानले ब्याजदर ३० वर्षयताकै उच्च ०.७५ प्रतिशत पुर्‍यायो

टोकियो/जापान। बैंक अफ जापान (बीओजे) ले शुक्रबार मुख्य नीतिगत ब्याजदर बढाउँदै ०.७५ प्रतिशत पुर्‍याएको छ। यो स्तर ३० वर्षयताकै उच्च हो। जनवरीयता पहिलो पटक गरिएको यो वृद्धिको निर्णय सर्वसम्मत रूपमा गरिएको हो। बैंकले अर्थतन्त्रमा क्रमिक सुधारका संकेत देखिएको जनाएको छ। ब्याजदर ०.५ प्रतिशतबाट ०.७५ प्रतिशतमा बढाउने निर्णय सार्वजनिक भएलगत्तै येन डलरको तुलनामा केही कमजोर भएको देखिएको छ। यो ब्याजदर सन्...

बैंक अफ जापानले ब्याजदर ३० वर्षयताकै उच्च स्तरमा पुर्‍याउने तयारी

टोकियो।जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले शुक्रबार ब्याजदर बढाउने अपेक्षा गरिएको छ। जनवरीयता पहिलोपटक हुन लागेको यो दरवृद्धिसँगै जापानको ब्याजदर करिब ३० वर्षयताकै उच्च स्तरमा पुग्ने अनुमान गरिएको छ। यसले सरकारी ऋण बजारमा देखिएको अस्थिरतालाई थप बढाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको बजेट अनुशासनप्रति बढ्दो चिन्ताका कारण पछिल्ला साताहरुमा जापानी सरकारी बन्डको प्रतिफल बढेको...

जापानमा भूकम्पपछि येन कमजोर, प्रति डलर १५६ येनमा कारोबार

टोकियो,जापान। उत्तरपूर्वी जापानमा आएको शक्तिशाली भूकम्पपछि आगामी हप्ता बैंक अफ जापान (BOJ) ले ब्याजदर बढाउने अनुमानमा केही समयका लागि शंका पैदा हुँदा ‌मंगलबार जापानी मुद्रा अमेरिकी डलरसँग झनै कमजोर बन्दै एक डलरको मूल्य १५६ येनको तल्लो दायरासम्म पुगेको छ। तर, बजारले अझै पनि बैंक अफ जापानले ब्याजदर बढाउनेछ भन्ने धारणा कायम राखेकाले येनको गिरावट थप तीव्र हुन पाएन। बैंक अफ...