जापानका क्षेत्रीय बैंकहरू संकटमा,मर्जर जाने तयारी
टोकियो/जापान। बढ्दो ब्याजदर, घट्दो निक्षेप र अनलाइन बैंकहरूको प्रतिस्पर्धाका कारण जापानका क्षेत्रीय बैंकहरू कठिन स्थितिमा पुगेका छन्। त्यसैले करिब ३ ट्रिलियन येन बराबरको क्षेत्रीय बैंकिङ क्षेत्र अहिले मर्ज तथा पुनर्संरचनातर्फ अघि बढिरहेको छ। हालै दाइशी–होकुएत्सु फाइनान्सियल ग्रुप र गुन्मा बैंक तथा चिबा बैंक र चिबा कोग्यो बैंक मर्ज गर्ने योजनासहित अघि बढेका छन्। विश्लेषकहरूका अनुसार, जापानका ७३ क्षेत्रीय बैंकमध्ये धेरैले...
जापानी येनको भाउ ८ महिनायताकै कमजोर, एक डलर बराबर १५४ येनमा कारोबार
टोकियो,जापान। केहि समययता ओरालो लागेको जापानी येनको मूल्य थप कमजोर भएको छ। ३० अक्टोबरको न्यूयोर्क विदेशी विनिमय बजारमा एक डलरको विनिमय दर १५४ येनको बीचतिर पुग्दा, करीब ८ महिनापछि पहिलोपटक सबैभन्दा कमजोर देखिएको छ। यो अवस्थाको कारण बैंक अफ जापानका गभर्नर उएदा काजुओले यसै वर्षभित्र ब्याजदर बढाउने सम्भावनाबारे सावधानीपूर्वक राखेको धारणालाई मानिएको छ।उनले पत्रकार सम्मेलनमा भनेका थिए कि, “आगामी वसन्तको...
जापानी येनको भाउ थप कमजोर, रेमिट्यान्स पठाउनेहरु मारमा
टोकियो, जापान। नयाँ सरकार गठन भएपछि बैंक अफ जापानको आगामी बैठकमा थप ब्याजदर वृद्धि गर्ने सम्भावना कम रहेको अनुमानसँगै २३ तारिख बिहीबार टोकियोको विदेशी विनिमय बजारमा जापानी येनको मूल्य घटेको छ। बजारमा लगानीकर्ताहरूले येन बेचेर अमेरिकी डलर किन्ने गतिविधि तीव्र बनाएपछि येन कमजोर भएको हो। साँझ ५ बजेको अवस्थाअनुसार, १ डलर बराबर १५. ४९ येनमा कारोबार भएको जापानी बजार सूचनामा...
जापानी येनको भाउमा थप गिरावट, नयाँ प्रधानमंत्री चयनको प्रभाव
टोकियो,जापान। मंगलबार टोकियो विदेशी मुद्रा बजारमा जापानी येनको भाउ थप कमजोर भएको छ। जापानको नयाँ प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा सहज मौद्रिक नीति जारी रहने सम्भावना रहेको विश्लेषणले गर्दा टोकियोको विदेशी मुद्रा बजारमा येनको दर घटेको हो । केहिदिनयता बजारमा व्यापारीहरूमा “येन बेच्ने र डलर किन्नेको” प्रवृत्ति देखाएपछि येन कमजोर र डलर बलियो भएको बनिरहेको छ । मंगलबार साँझ ५ बजेको...
जापानी येन ८ महिनापछिको सबैभन्दा कमजोर स्तरमा,रेमिट्यान्स पठाउनेहरु मर्कामा
टोकियो,जापान। जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नयाँ नेतृ सानाए ताकाइचीले पदभार सम्हालेसँगै अन्तर्राष्ट्रिय बजारमा जापानी येनको मूल्यमा तीव्र गिरावट आएको छ। ताकाइचीको नेतृत्वमा बैंक अफ जापान (बोओजे) ले थप ब्याजदर वृद्धि गर्न कठिन हुने भन्ने अनुमान बलियो बनेपछि लगानीकर्ताहरूबीच येन बेचेर डलर किन्ने प्रवृत्ति तीव्र भएको हो। अक्टोबर ८ मा लन्डनको विदेशी विनिमय बजारमा एक डलर बराबर...
जापानमा वास्तविक तलब लगातार आठौँ महिनासम्म घट्यो
टोकियो,जापान। जापानमा सन् २०२५ अगस्ट महिनामा वास्तविक तलब अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ। लगातार आठौँ महिनासम्म तलब घट्नुको कारण लगातार बढ्दो मुद्रास्फीति रहेको बताइएको छ, जसले कामदारहरूको आम्दानी वृद्धि भन्दा बढी असर पारेको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोमिनल तलब भने १.५ प्रतिशतले बढ्दै ३,००,५१७ येन पुगेको छ। यो...
जापानमा एटिएमका खाम चोरी गरी अनलाइन बेच्ने गतिविधि बढ्दो, बैंकहरूले कडा कदम चाल्ने
टोकियो,जापान। जापानका बैंकहरूले एटिएम प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउँदै आएका साना खाम अहिले अनलाइन मार्केट साइट मेरुकारीमा बिक्रीमा देखिन थालेपछि बैंकहरू र सर्वसाधारणले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। यी खाम सामान्यतया नगद व्यवस्थित राख्न वा उपहारस्वरूप दिनका लागि एटिएममा राखिएका हुन्छन्। तर पछिल्ला दिनमा केही व्यक्तिहरूले बैंकबाट ठूला परिमाणमा खाम झिकेर चोरीका रूपमा अनलाइन बिक्रीमा राख्ने कार्य बढाएको पाइएको...
जापानी येन दुई महिनापछि कै कमजोर, प्रतिडलर १५० येन स्तरमा कारोबार
टोकियो,जापान। जापानमा सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नयाँ नेतृ सानाए ताकाइची चयन भएपछि जापानी येनको मूल्य अमेरिकी डलरको तुलनामा करिब दुई महिनापछि पहिलोपटक १ डलर बराबर १५० येन स्तरसम्म कमजोर भएको छ। वित्तीय बजारमा ताकाइचीले भविष्यमा ढिलो ब्याजदर वृद्धि र सहुलियतपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिने सम्भावना रहेको अड्कलबाजी फैलिएको कारण, लगानीकर्ताहरूले येन बेच्ने क्रम बढाएका छन्। अक्टोबर ६ तारिख...
बैंक अफ जापानले ईटीएफ बेच्ने निर्णय, बजारमा हलचल
टोकियो/जापान। बैंक अफ जापानले अप्रत्याशित कदम चालेको छ। शुक्रबार भएको बैठकमा नीतिगत बोर्डले सर्वसम्मतिले निर्णय गर्दै हरेक वर्ष करिब ३ खर्ब ३५ अर्ब येन बराबरको एक्सचेञ्ज–ट्रेडेड फन्ड (ETF) र जापान रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (J-REITS) क्रमशः बेच्न सुरु गर्ने घोषणा गरेको छ। यो घोषणासँगै जापानी सेयर बजारमा तत्कालै गिरावट आएको छ। लगानीकर्ताहरूले जापान बैंकको यो कदमलाई अनपेक्षित मानिरहेका छन्, किनभने...
जापानी येनको भाउमा सामान्य सुधार,प्रतिडलर १४६ येनको स्तरमा कारोबार
टोकियो/जापान। ३ दिने लामो बिदा सकेर मंगलबार खुलेको टोकियो विदेशी विनिमय बजारमा येनको मूल्य बढेको छ। अमेरिकाको फेडरल रिजर्भ बोर्ड (एफआरबी) मा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट स्टीभेन मिलानलाई सदस्य नियुक्त गर्ने प्रस्ताव अमेरिकन सिनेटले अनुमोदन गरेपछि ब्याजदर घट्ने अपेक्षा बलियो बन्न पुग्यो। जसको परिणामस्वरूप लगानीकर्ताहरुले डलरको सट्टामा येन लगानी बढाउँदा जापानी येनको भाउमा सुधार भएको हो । मंगलबार साँझ ५...

