टोकियो,जापान। जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नयाँ नेतृ सानाए ताकाइचीले पदभार सम्हालेसँगै अन्तर्राष्ट्रिय बजारमा जापानी येनको मूल्यमा तीव्र गिरावट आएको छ। ताकाइचीको नेतृत्वमा बैंक अफ जापान (बोओजे) ले थप ब्याजदर वृद्धि गर्न कठिन हुने भन्ने अनुमान बलियो बनेपछि लगानीकर्ताहरूबीच येन बेचेर डलर किन्ने प्रवृत्ति तीव्र भएको हो।
अक्टोबर ८ मा लन्डनको विदेशी विनिमय बजारमा एक डलर बराबर १५३ येनभन्दा तलसम्म पुग्दा, यो करिब ८ महिनापछिको सबैभन्दा तल्लो स्तरको दर कायम भयो । गत साताको अन्त्यतिरको तुलनामा पनि येन ५ येनभन्दा बढीले कमजोर भएको देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार, ताकाइचीलाई वित्तीय सहजता कायम राख्न चाहने नेतृका रूपमा हेरिएकोले जापान बैंक अफ जापानद्वारा थप ब्याजदर वृद्धि गर्ने सम्भावना कमजोर भएको हो। यसले येन बेच्ने दबाब थपिएको जनाइएको छ।
साथै, एलडीपी र कोमेइतोबीचको गठबन्धन सम्झौता अझै टुंगोमा नपुगेको र यसले प्रधानमन्त्री चयन प्रक्रियामा समेत प्रभाव पार्ने भएकाले लगानीकर्ताहरूको ध्यान राजनीतिक वार्ताको दिशातर्फ केन्द्रित भएको विश्लेषकहरूले बताएका छन्।जापानी येनको यो तीव्र अवमूल्यनले आयातित वस्तुहरूको मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणमा थप चुनौती ल्याउने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




