जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ। देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार...
जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक
टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...
जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलोपटक घट्यो
टोकियो । जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलोपटक घटेको छ। पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको चामलको मूल्यका कारण सरकारमाथि ठूलो दबाब परेको थियो। आन्तरिक मामिला मन्त्रालयका मुद्रास्फीति तथ्यांक हेर्ने एक अधिकारीका अनुसार, लक्जरी जातको कोशीहिकारी बाहेकका चामलको मूल्य मे महिनामा अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले घटेको छ। यो सन् २०२२ नोभेम्बरपछि पहिलो गिरावट हो। जापानमा सन् २०२४ र २०२५ मा...
जापानमा अप्रिलमा २ हजार ७ सय ९८ खाद्यवस्तुको मूल्य वृद्धि हुने
टोकियो, जापान । जापानमा अप्रिल महिनादेखि कुल २ हजार ७९८ खाद्य वस्तुको मूल्य वृद्धि हुने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटा बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २ हजारभन्दा बढी वस्तुमा मूल्य वृद्धि भएको यो संख्या गत वर्ष अक्टोबरपछि पहिलो पटक हो। उक्त अध्ययन जापानका प्रमुख १९५ खाद्य उत्पादक कम्पनीहरूलाई समेटेर गरिएको हो। जसअनुसार, सबैभन्दा धेरै मूल्य वृद्धि “मसला तथा...
जापानमा यस वर्षको पहिलो बोलकबोलमा प्रिमियम चेरीको मूल्य १० लाख येन नाघ्यो
टोकियो,जापान। जापानको उत्तरपूर्वी प्रान्त यामागातामा उत्पादन हुने प्रिमियम जातको ‘सातो निसिकी’ नामक चेरीले यस वर्षको पहिलो बोलकबोलमै कीर्तिमानी मूल्य प्राप्त गरेको छ। सोमबार टोकियोको एक बजारमा भएको बोलकबोलमा एउटा बक्स चेरी १८ लाख येनमा बिक्री भएको हो, जुन प्रतिगोटा चेरीको मूल्य करिब २६ हजार येनभन्दा बढी पर्न जान्छ। यस्तै, यामागाता प्रान्तकै तेन्दो सहरमा आयोजित अर्को बोलकबोलमा ६८ वटा चेरी रहेको...
टोकियोको तोयोसु माछा बजारमा नयाँ वर्षको पहिलो लिलामी, एउटा टुना माछा ५१ करोड ३ लाख येनमा बिक्री भयो
टोकियो,जापान। टोकियोको तोयोसु बजारमा जनवरी ५ को बिहान नयाँ वर्षको परम्परागत हाचु–सेरी (पहिलो लिलामी) सम्पन्न भएको छ। यस क्रममा आओमोरी प्रिफेक्चरको ओमा सहरबाट पानीजहाजले उतारेको ब्लूफिन टुना माछा ५१ करोड ३ लाख येनमा बिक्री भएको छ। यो मूल्य सन् १९९९ यता अभिलेखमा रहेकोमध्ये सबैभन्दा उच्च हो। टोकियोको कोतो वार्डस्थित तोयोसु बजारमा बिहानैदेखि जापानभरि तथा विश्वका विभिन्न बन्दरगाहबाट ल्याइएका ताजा र...
जापानभर चामलको मूल्य निरन्तर उकालो, ५ किलोको औसत मूल्य ४ हजार ३ सय ३७ येन
टोकियो,जापान। जापानभरका सुपरमार्केटहरूमा डिसेम्बर २१ तारिखसम्मको एक साताको अवधिमा बिक्री भएको चामलको औसत मूल्य ५ किलोमा करसहित ४ हजार ३ सय ३७ येन पुगेको छ। यो मूल्य अघिल्लो साताको तुलनामा ६ येनले वृद्धि भएको हो। चामलको मूल्य लगातार दुई सातादेखि बढ्दै गएको छ र यसले हालसम्मकै उच्चतम रेकर्ड कायम गरेको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १...
जापानमा प्रधानमन्त्री ताकाइची सरकारले दिने भनिएको चामलको कुपन योजनाप्रति आलोचना बढ्दै
टोकियो । महँगी न्यूनीकरणका लागि प्रधानमन्त्री सानाए ताकाइचीले अघि सारेको चामल भौचर वितरण योजनाप्रति स्थानीय तहका नेताहरूबाट आलोचना बढ्दै गएको छ। उनीहरूका अनुसार यस योजनाले उपभोक्तालाई राहत दिनुभन्दा पहिल्यै उच्च रहेको चामलको मूल्यलाई टिकाइराख्न मद्दत गर्न सक्छ। सरकारले स्थानीय तहलाई लचिलो रूपमा खर्च गर्न मिल्ने गरी २ ट्रिलियन येनको अनुदान कार्यक्रम ल्याएको छ, जसअन्तर्गत ५०० येनको भौचर वितरण गरिनेछ। तर...
जापानको ग्रिन टिको निर्यात ७० वर्षयताकै उच्च स्तरमा
टोकियो,जापान। जापानबाट हुने ग्रिन टिको निर्यात यस वर्षको पहिलो १० महिनामा ७० वर्षभन्दा लामो अवधिमै सबैभन्दा उच्च स्तरमा पुगेको छ। म्याचा पाउडरप्रति विदेशमा बढ्दो माग र जापानी येन कमजोर हुनु यस वृद्धिका प्रमुख कारण रहेको सरकारी तथा उद्योगसम्बन्धी तथ्यांकले देखाएको छ। सरकारी तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानको चिया निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढेर १० हजार ८४ टन...
जापानमा चामलको मूल्य फेरि नयाँ रेकर्ड, पछिल्लो ३ साताकै सबैभन्दा महँगो
टोकियो,जापान। जापानभरका सुपरमार्केटहरूमा चामलको खुद्रा मूल्य पुनः नयाँ रेकर्डमा पुगेको छ। कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ५ किलो चामलको औसत मूल्य ४ हजार ३ सय ३५ येन पुगेको छ, जुन अघिल्लो हप्ताभन्दा २३ येन ले बढी हो। यो सन् २०२२ मार्चमा सर्वेक्षण सुरु भएयताकै सबैभन्दा उच्च मूल्य मानिन्छ। नयाँ उत्पादन भएको ब्रान्डेड चामलको मूल्य ४ हजार ५ सय...

