जापानमा ५ वर्षदेखि सेवा दिँदै आएको रेड बड ट्राभल्सको नेपालमा पनि शाखा विस्तार
काठमाडौं। जापानमा विगत पाँच वर्षदेखि ट्राभल तथा हवाई टिकटसम्बन्धी सेवा दिँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपाल शाखाको सेवा सुरु गरेको हो। रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नारायण रिमालका अनुसार नेपाल शाखाबाट संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङसँगै विभिन्न देशका टुर प्याकेज उपलब्ध गराइनेछ। जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्यान्ड...
जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक
टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...
अप्रिलमा जापान आउने विदेशी पर्यटक संख्या ३७ लाख,यस वर्षकै उच्च मासिक आगमन
टोकियो,जापान। जापानमा अप्रिल महिनामा ३७ लाख विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या यस वर्षको अहिलेसम्मकै उच्च मासिक आगमन भए पनि सन् २०२५ को अप्रिल महिनासँग तुलना गर्दा ५.५ प्रतिशतले कम हो। विदेशी पर्यटक आगमन घट्नुको एउटा प्रमुख कारण चिनियाँ पर्यटकको संख्यामा आएको ठूलो गिरावट मानिएको छ। कूटनीतिक सम्बन्धमा देखिएको चिसोपनका कारण चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा आधाभन्दा पनि...
जापानको नागोया शहरमा हुने चौथो नेपाल फेष्टिबल एन्ड एक्स्पो २०२६ को तयारी तिब्र
नागोया/जापान। जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तिब्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया दोरी पार्कमा सञ्चालन हुन लागेको हो। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिभलको तयारी तिब्र पारिएको बताए। उनले...
जनवरीमा जापान आउने विदेशी पर्यटक घटे,अघिल्लो वर्षको तुलना ४.९ प्रतिशत गिरावट
टोकियो,जापान। जापान भ्रमणमा आउने विदेशी पर्यटकको संख्या यस वर्षको जनवरी महिनामा घटेको सरकारी तथ्याङ्कले देखाएको छ। चीनसँगको कूटनीतिक तनावका कारण चिनियाँ पर्यटकको आगमन तीव्र रूपमा घटेपछि समग्र आगन्तुक संख्या प्रभावित भएको हो। जापान सरकारका अनुसार जनवरीमा जापान आउने विदेशी आगन्तुकको संख्या वार्षिक आधारमा ४.९ प्रतिशतले घटेर ३६ लाख पुगेको छ। यो गिरावट सन् २०२२ को जनवरीपछि पहिलो पटक हो, जुन...
जापानमा पर्यटन प्रवर्द्धन गर्न विदेशी पर्यटकलाई निःशुल्क शिन्कान्सेन टिकट दिने योजना
टोकियो,जापान। जापानले क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पर्यटकलाई निःशुल्क शिन्कान्सेन (बुलेट ट्रेन) टिकट उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेषगरी क्युशु क्षेत्रको कागोशिमा प्रिफेक्चरमा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्यसहित अघि सारिएको हो। अन्तर्राष्ट्रिय पर्यटकहरू प्रायः तोकाइदो र सान्यो शिन्कान्सेन लाइनमार्फत टोकियोदेखि फुकुओकासम्मको यात्रा गर्छन्, जहाँ क्योतो, ओसाका, कोबे र हिरोशिमा जस्ता प्रमुख पर्यटकीय सहरहरू पर्छन्। तर...
जापानको नरिता विमानस्थलमा विदेशी यात्रुको नयाँ कीर्तिमान, एक वर्षमै २ करोड ३९ लाखभन्दा बढी आवागमन
चिबा, जापान टोकियो नजिकै रहेको नरिता अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ मा अन्तर्राष्ट्रिय उडानमार्फत २ करोड ३९ लाख १० हजार विदेशी यात्रुको आवागमन दर्ता गर्दै लगातार दोस्रो वर्ष नयाँ कीर्तिमान बनाएको छ। विमानस्थल सञ्चालक नरिता इन्टरनेसनल एयरपोर्ट कर्पोरेसनले बिहीबार यसबारे जानकारी दिएको हो। गत वर्षको तुलनामा विदेशी यात्रुको संख्या १० प्रतिशतले वृद्धि भएको बताइएको छ। हालैको उच्च यात्रु मागलाई मध्यनजर गर्दै विमान...
जापानका डिपार्टमेन्ट स्टोरमा चिनियाँ ग्राहक झण्डै ४० प्रतिशतले घटे
टोकियो,जापान। जापानका डिपार्टमेन्ट स्टोरहरूमा डिसेम्बर महिनामा चिनियाँ ग्राहकको संख्या र उनीहरूले गर्ने ड्युटी–फ्री किनमेल दुवै अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत ले घटेको उद्योगसम्बन्धी तथ्यांकले देखाएको छ। जापान–चीनबीच बढ्दो कूटनीतिक तनाव यसको मुख्य कारण मानिएको छ। जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार, चिनियाँ पर्यटक घटेसँगै समग्र ड्युटी–फ्री बिक्रीमा पनि असर परेको छ। डिसेम्बर महिनामा ड्युटी–फ्री बिक्री १७ दशमलव १ प्रतिशत घटेर...
सन् २०२६ मा जापान आउने विदेशी पर्यटक संख्या घट्ने प्रक्षेपण, चीनको ट्राभल एडभाइजरीको प्रभाव
टोकियो, जापान। जापानमा तीव्र रूपमा बढ्दै आएको विदेशी पर्यटक आगमन सन् २०२६ मा भने पहिलो पटक घट्ने प्रक्षेपण गरिएको छ। जापानको प्रमुख ट्राभल एजेन्सी जे टी बी (JTB) का अनुसार सन् २०२६ मा जापान आउने विदेशी पर्यटक संख्या करिब ४१.४ मिलियन रहने अनुमान गरिएको छ, जुन सन् २०२५ को अनुमानित ४२.६ मिलियन को तुलनामा करिब २.८ प्रतिशत ले कम हो। कोरोना...
डिजिटल ट्राभल र सेवा बुकिङ प्लेटफर्म ‘ebookingnepal.com’ औपचारिक रूपमा सुरु
काठमाडौं। सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपालमा पनि डिजिटल सेवा प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। यही क्रममा नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म ebookingnepal.com औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्पनीद्वारा जारी प्रेस नोटअनुसार, होटल, ट्राभल, टुर प्याकेज तथा अन्य सेवा बुकिङलाई एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित यो प्लेटफर्म सुरु गरिएको हो। डिजिटल ट्राभल तथा...

