टोकियो,जापान। जापानमा अप्रिल महिनामा ३७ लाख विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या यस वर्षको अहिलेसम्मकै उच्च मासिक आगमन भए पनि सन् २०२५ को अप्रिल महिनासँग तुलना गर्दा ५.५ प्रतिशतले कम हो।

विदेशी पर्यटक आगमन घट्नुको एउटा प्रमुख कारण चिनियाँ पर्यटकको संख्यामा आएको ठूलो गिरावट मानिएको छ। कूटनीतिक सम्बन्धमा देखिएको चिसोपनका कारण चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा आधाभन्दा पनि कम भएको बताइएको छ।

त्यस्तै, मध्यपूर्वबाट आउने पर्यटकको संख्या पनि २१.४ प्रतिशतले घटेको छ। इरान युद्धका कारण उडान संख्या घटेपछि मध्यपूर्व क्षेत्रबाट जापान आउने यात्रु प्रभावित भएका हुन्।

यद्यपि, दक्षिण कोरिया र ताइवानबाट आउने पर्यटक भने बढेका छन्। दक्षिण कोरियाबाट आउने पर्यटक २१.७ प्रतिशतले र ताइवानबाट आउने पर्यटक १९.७ प्रतिशतले वृद्धि भएको छ।

यसले जापानको पर्यटन बजारमा क्षेत्रगत असन्तुलन देखिएको संकेत गर्छ। चीन र मध्यपूर्वबाट आगमन घटे पनि छिमेकी एशियाली क्षेत्र, विशेषगरी दक्षिण कोरिया र ताइवानबाट भने जापानप्रतिको पर्यटकीय आकर्षण कायम रहेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार