प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने

टोकियो। प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको २२औँ राष्ट्रिय अधिवेशन भोलि सेप्टेम्बर २० तारिख आइतबार टोकियोमा हुने भएको छ। कामाता कम्युनिटी हलमा बिहान १० बजेदेखि सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। नेकपा (एमाले) को प्रवास संगठनका रूपमा रहेको मञ्चको अधिवेशनले सन् २०२६–२०२९ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। अध्यक्ष कुलचन्द्र खरेल नेतृत्वको वर्तमान कार्यसमितिको तीनवर्षे कार्यकाल...

नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा

नेपाल–जापान सम्बन्धलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट जोड्दै आउनुभएका जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित राजदूतका रूपमा अघि आउनुभएको विषयले जापानवासी नेपालीहरुलाई उत्साहित बनाएको छ। उहाँको शैक्षिक पृष्ठभूमि, जापानी भाषामा दक्षता र दुई देशबीचको सहकार्यमा लामो अनुभव हेर्दा यो प्रस्तावलाई आशा र सम्भावनाको अवसरका रूपमा लिइएको छ। कूटनीतिक जिम्मेवारीमा सम्बन्धित देशको भाषा, सामाजिक परिवेश, प्रशासनिक अभ्यास र संस्कृतिको बुझाइ अत्यन्त महत्त्वपूर्ण...

जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा

नागोया/जापान। जापानको आइची प्रिफेक्चर र नागोया सहरको संयुक्त आयोजनामा हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार, सेप्टेम्बर १९ मा हुँदैछ। नागोयास्थित पालोमा मिजुहो रंगशालामा आयोजना हुने उद्घाटन समारोह जापानी समयअनुसार साँझ ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी हुँदैछन्।...

जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन

टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ। देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार...

जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ

टोकियो । जापानमा विकसित २५ नम्बरको ताइफुन टोकियोसहित कान्तो क्षेत्रमा सोझै असर पार्ने मार्गतर्फ अघि बढ्न सक्ने सम्भावना देखिएको छ। लगातारको बिदा ‘सिल्भर विक’ नजिकिँदै गर्दा ताइफुनको सम्भावित मार्गले घुमघाम तथा यात्राको योजनामा चासो बढाएको छ। सेप्टेम्बर १६ मा प्रसारित जापानी समाचार कार्यक्रम ‘होदो स्टेसन’ले ताइफुन कान्तो क्षेत्रमा सीधा प्रभाव पार्ने मार्गमा जान सक्ने सम्भावनासहितको पूर्वानुमान प्रस्तुत गरेको छ। यद्यपि,...

रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै

ह्योगो, जापान। रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ जापानको ह्योगो प्रिफेक्चरस्थित अमागासाकी सहरमा दुईदिने ‘नेफिन कल्चरल फेस्टिबल कन्साई २०२६’ आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार महोत्सव हुन लागेको हो। आयोजकका अनुसार महोत्सवबाट प्राप्त मुनाफा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको सहयोगमा प्रदान गरिनेछ। ओसाका नजिकै रहेको हान्शिन...

टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः

जापान । टोकियोस्थित नेपाली दूतावासमा गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सञ्चालन गरेको हेल्प डेस्कबाट सेवाग्राहीलाई सशुल्क सेवा प्रदायकको सम्पर्क नम्बर उपलब्ध गराइएको विषयमा विवाद उत्पन्न भएको छ। राहदानीको अनलाइन फारामसम्बन्धी समस्या लिएर पुगेका सेवाग्राहीले बाह्य सेवा प्रदायककहाँ सम्पर्क गर्न लगाइएको अनुभव सार्वजनिक गरेपछि हेल्प डेस्कको भूमिका र कार्यशैलीमाथि प्रश्न उठेको हो। दूतावासमा सीमित कर्मचारी र सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै...

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे

टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने र उपसंयोजकमा श्यामहरि पाण्डे चयन भएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एसिया प्रदेश संगठन समितिको सेप्टेम्बर ६, २०२६ मा सम्पन्न बैठकले जापानसहित एसियाका विभिन्न देशमा रहेका प्रवासी संगठनहरूको नेतृत्व र आगामी कार्ययोजनाबारे निर्णय गरेको हो। लामिछाने साविकको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हुन् भने पाण्डे साविकको नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष हुन्। पार्टी...

जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?

फुकुओका, जापान। फुकुओकाको नाकागावा नदीमा गत अगस्ट १९ मा मृत फेला परेकी २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजबंशीको हत्या गरेको आशंकामा जापानी प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ। सेप्टेम्बर ८ मा पक्राउ परेकामा दुई महिला र एक पुरुष छन्। प्रहरीले उनीहरूको बयान तथा आरोप स्वीकार वा अस्वीकार गरेको विषय सार्वजनिक गरेको छैन। टेलिभिजन निसिनिहोन अर्थात् टीएनसीका अनुसार पक्राउ पर्नेमा फुकुओकाको...

जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित

टोकियो/जापान। नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली खेलाडीलाई नकआउट गर्दै विश्व च्याम्पियन बनेका छन्। जापानको नागोया सहरस्थित करिया हलमा शनिवार सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिप मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई पराजित गरेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्। घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमा...