जापानकी प्रधानमन्त्री सनाए ताकाइची भारत भ्रमणमा जाने, प्रधानमन्त्री मोदीसँग आर्थिक सुरक्षा र रणनीतिक साझेदारीबारे उच्चस्तरीय वार्ता हुने

टोकियो । जापानकी प्रधानमन्त्री सनाए ताकाइची आगामी बुधबारदेखि तीनदिने भारत भ्रमणमा जाने भएकी छन्। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै दुई देशबीचको आर्थिक सुरक्षा, लगानी, नवप्रवर्तन तथा रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्ने जापानी सरकारले जनाएको छ। ताकाइची प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणका क्रममा दुवै देशले आर्थिक सुरक्षासम्बन्धी संयुक्त घोषणापत्र जारी...

प्रवासको आवाज केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धतासहित दिलेन्द्र जोशी केन्द्रीय सदस्यमा उम्मेदवार

टोकियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख तथा महाधिवेशन प्रतिनिधि दिलेन्द्र प्रसाद जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, विस्तार र प्रवासमा रहेका नेपालीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, उद्देश्य र अभियानसँग जोड्ने कार्यमा सक्रिय रहँदै आउनुभएका जोशीले प्रवासको अनुभव, संगठनप्रतिको निष्ठा र जिम्मेवारीबोधका...

ओसाकाको होटलमा युवतीको हत्या आरोपमा २९ वर्षीय युवक पक्राउ

जापान । जापानको ओसाकामा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिए प्रिफेक्चरको योक्काइची सिटी निवासी युया मोरी रहेका छन्। प्रहरीका अनुसार शनिबार बिहान ओसाकाको चुओ वार्डस्थित नाम्बा क्षेत्रको एक होटल कोठामा २० वर्षको सुरुवाती उमेरकी युवती मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले मोरीलाई डकैती तथा हत्या अभियोगमा पक्राउ गरेको हो। स्थानीय...

जापानको फुकुसिमा माइक्रोबस दुर्घटनामा १७ वर्षीय विद्यार्थीको मृत्यु, २० जना घाइते

जापान । जापानको फुकुसिमा प्रान्तअन्तर्गत कोरियामा सहरमा रहेको बन-एत्सु एक्सप्रेसवेमा भएको माइक्रोबस दुर्घटनामा १७ वर्षीय एक उच्च माध्यमिक विद्यालयका विद्यार्थीको मृत्यु भएको छ। उक्त दुर्घटना बुधबार बिहान करिब ७:४० बजे बान्डाइआतामी इन्टरचेन्ज नजिक एक्सप्रेसवेको इनबाउन्ड लेनमा भएको हो। दुर्घटनामा निइगाता सहरका १७ वर्षीय हिरोतो इनागाकीको मृत्यु भएको जापानी प्रहरीलाई उद्धृत गर्दै जनाइएको छ। उनी माइक्रोबसमा सवार यात्रुहरूमध्ये एक थिए। प्रारम्भिक...

होर्मुज सङ्कटबिच जापान–यूएई सहमति, कच्चा तेल भण्डारण विस्तार गर्ने प्रतिबद्धता

जापान । जापानले संयुक्त अरब इमिरेट्स (यूएई) सँग आफ्नो भूमिमा यूएई कम्पनीहरूले राख्ने संयुक्त कच्चा तेल भण्डार विस्तार गर्ने सहमति प्राप्त गरेको छ। जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री र्योसेई अकाजावाले यसबारे जानकारी दिएका हुन्। अकाजावाले अबुधाबीमा यूएईका समकक्षी तथा जापानका विशेष दूत समेत रहेका सुल्तान अल जाबेरसँग भएको भेटमा यस्तो प्रस्ताव राखेका थिए। सो भेटमा दुवै पक्षले मध्यपूर्वको बिग्रँदो...

जापानी अटो निर्माता निसान मोटर कर्पोरेसनले युरोपमा १० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी

जापान । जापानी अटो निर्मातानिसान मोटर कर्पोरेसनले आफ्नो पुनर्संरचना योजनाअन्तर्गत युरोपमा करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ। यो विषय फाइनान्सियल टाइम्सले मंगलबार आफ्नो अनलाइन संस्करणमा सार्वजनिक गरेको हो। हाल युरोपमा निसानका करिब ९ हजार ३ सय कर्मचारी कार्यरत छन्। उक्त प्रतिवेदनअनुसार कम्पनीले बेलायत, स्पेनलगायतका देशहरूमा मुख्यतः प्रशासनिक (क्लेरिकल) क्षेत्रमा करिब ९ सय कर्मचारी कटौती गर्ने योजना बनाएको...

हिउँको भारले जापानको आओमोरीमा ११२ वर्ष पुरानो ऐतिहासिक सैनिक ब्यारेक ढल्यो

जापान । जापानको आओमोरी प्रिफेक्चरस्थित अजिगासावा क्षेत्रमा पूर्व शाही जापानी सेनाले प्रयोग गरेको ऐतिहासिक ब्यारेकमध्ये एक यस वर्षको जाडोयामको अत्यधिक हिउँको भारका कारण ढलेको छ। दोस्रो विश्वयुद्धपछि आवास र विद्यालयका रूपमा समेत प्रयोग गरिएको उक्त संरचना स्थानीय इतिहासको महत्वपूर्ण प्रतीकका रूपमा चिनिन्थ्यो। ढलेको संरचना ‘ब्यारेक नं. ९’ हो, जुन पूर्व शाही जापानी सेनाको यामादानो अभ्यास क्षेत्रका १२ वटा ब्यारेकमध्ये बाँकी...

जापानको नागानोमा एकै परिवारका तीन मृत फेला, हत्या–आत्महत्याको आशंका

काठमाडाैँ । जापानको नागानो प्रान्तमा एकै घरभित्र तीन जनाको शव फेला परेको छ। प्रहरीका अनुसार मंगलबार बिहान नागानो प्रान्तको अची गाउँस्थित एक घरमा ४० वर्षीया महिला, एक किशोर र एक किशोरी मृत अवस्थामा भेटिएका हुन्। नागानो प्रिफेक्चरल प्रहरीले दिएको जानकारीअनुसार सोही घरमा बस्ने एक किशोरले बिहान करिब ३ बजे प्रहरी चौकीमा पुगेर आफ्नी आमाले आफूलाई कुटपिट गरेको जानकारी दिएका थिए। त्यसपछि...

जापानमा बालबालिकाको सङ्ख्या ४५ औँ वर्षदेखि निरन्तर घट्दै, जनसङ्ख्याको १०.८ प्रतिशतमा सीमित

जापान । जापानमा बालबालिकाको सङ्ख्या निरन्तर घट्दै गएको देखिएको छ। सरकारी तथ्याङ्कअनुसार देशमा १५ वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या १ करोड ३२ लाख ९० हजार पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा करिब ३ लाख ५० हजारले कम हो। यो गिरावट लगातार ४५ औँ वर्षसम्म जारी रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। यो तथ्याङ्क अप्रिल १ को आधारमा सङ्कलन गरिएको हो...

जापान–अस्ट्रेलियाबिच ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा रणनीतिक सहकार्य विस्तार

टोकियो,जापान। विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने सहमति गरेका छन् । इरानसँग सम्बन्धित द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा देखिएको दबाबबीच दुवै देशले रणनीतिक साझेदारी मजबुत बनाउने निर्णय गरेका हुन् । जापानी प्रधानमन्त्री साने ताकाइचीले पदभार सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका क्रममा सोमबार अस्ट्रेलियाको संसद् भवनमा आफ्ना...