दीपक सुवेदी ‘विप्लप’
टोकियो/जापान।
नेपाली जनसम्पर्क समिति जापानले संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ। समितिको हालै बसेको भौतिक बैठकले राजेश खनाललाई प्रवक्तामा मनोनीत गरेको छ।
नेपाली जनसम्पर्क समिति जापानको सातौँ ऐतिहासिक महाधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएपछि बसेको बैठकले आगामी कार्यदिशाबारे पनि महत्वपूर्ण निर्णय गरेको हो। लामो समयपछि सम्पन्न महाधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको भावनालाई समेट्दै संगठनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिएको थियो।
बैठकले डिसेम्बरभित्र जापानका विभिन्न क्षेत्र तथा स्थानीय तहमा अधिवेशन सम्पन्न गर्ने, आवश्यक उपसमिति तथा विभागीय समिति गठन गर्ने र सल्लाहकार मनोनयनलगायतका कामलाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ।
यसैक्रममा पाल्पा घर भई लामो समयदेखि विद्यार्थी राजनीतिदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका बिभीन्न सघंसस्था देखी एमआरएन जापनको कार्यसमिती बसेर काम गरेका राजनितीक रुपमी स्पष्ट बैचारीक वक्ताका रूपमा परिचित राजेश खनाललाई समितिको प्रवक्तामा मनोनीत गरिएको सभापति राजेन्द्र जमरकट्टेलले जानकारी दिए। खनाल हाल गुम्बा क्षेत्रमा बस्दै आएका छन्।
नेपाली जनसम्पर्क समिति जापानले जापानमा रहेका नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुकलाई थप सुदृढ रूपमा संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय हित र प्रवासी नेपालीहरूको साझा आवाजलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्य लिएको जनाएको छ।
लामो समयसम्म अधिवेशन हुन नसक्दा संगठनका विभिन्न तहमा देखिएको अन्योल अन्त्य गर्दै नोभेम्बरदेखि डिसेम्बरसम्म विभिन्न क्षेत्रको अधिवेशन गर्ने तयारी भएपछि क्षेत्रीय तहमा समेत उत्साह बढेको बताइएको छ। सबै क्षेत्रलाई समेटेर आपसी एकता र सहकार्यका साथ अधिवेशन सम्पन्न गर्ने तयारी रहेको पार्टी नेतृत्वले जनाएको छ।
विशेषगरी नेपाली जनसंख्याको दृष्टिले महत्वपूर्ण मानिने कान्तो–टोकियो क्षेत्रको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयलाई चासोका साथ हेरिएको छ। ट
राष्ट्रियता, लोकतन्त्र र समाजवाद हामि यकता को मुल्य मान्यताको आत्मसाथ गर्दै सात समुन्द्र पारी सुर्य उदायको देसमा पनी पार्टीको बिचार, सिद्दान्तमा अडीक रही सु सस्कृत र सङगठित ,एकिकृत हदै नया भाबि कार्यनीती अनुरुप अगाडी बड्ने प्रबक्ता राजेस खनालले बताय
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




