जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा

नागोया/जापान। जापानको आइची प्रिफेक्चर र नागोया सहरको संयुक्त आयोजनामा हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार, सेप्टेम्बर १९ मा हुँदैछ। नागोयास्थित पालोमा मिजुहो रंगशालामा आयोजना हुने उद्घाटन समारोह जापानी समयअनुसार साँझ ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी हुँदैछन्।...

जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित

टोकियो/जापान। नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली खेलाडीलाई नकआउट गर्दै विश्व च्याम्पियन बनेका छन्। जापानको नागोया सहरस्थित करिया हलमा शनिवार सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिप मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई पराजित गरेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्। घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमा...

जापानमा नेपाली बालबालिकाहरूका लागि फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

टोकियो/जापान। नेपाल जापान फुटबल संघ (NJFA) जापानको आयोजनामा आज पहिलोपटक नेपाली बालबालिकाहरूका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम वाराबीस्थित निशिकिचो स्पोर्ट्स हिरोबामा सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ४३ जना नेपाली बालबालिकाहरूले उत्साहपूर्वक भाग लिएका थिए। प्रशिक्षण बिहान ९:०० देखि ११:०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पूर्व नेपाली राष्ट्रिय खेलाडी तथा नेपाल जापान फुलबल संघका पूर्व अध्यक्ष बसन्त...

नेपाली बक्सर ‘हिमालयन चितुवा’ले राखे जापानमा,नयाँ कीर्तिमान

ओसाका, जापान। नेपाली युवा बक्सर अविरल घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्वप्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्वभर परिचित बक्सर घिमिरेले पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् । किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल...

जापान चौथो ठूलो विकास सहायता दाता राष्ट्र बन्यो, बेलायतले पुनः तेस्रो स्थानमा

टोकियो/जापान। आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) का प्रारम्भिक तथ्यांकअनुसार जापान सन् २०२४ मा चौथो ठूलो औपचारिक विकास सहायता दिने राष्ट्र बनेको छ। बेलायतले तेस्रो स्थान पुनः प्राप्त गरेसँगै जापानले अघिल्लो वर्षको स्थान गुमाएको हो। ओईसिडीको विकास सहायता समितिका ३२ सदस्य राष्ट्रहरूमध्ये संयुक्त राज्य अमेरिका सन् २०२४ मा सबैभन्दा ठूलो दाता रह्यो। अमेरिकाले ६३ अर्ब ३० करोड अमेरिकी डलर सहायता...

जापानमा रामेछापका निक्सन श्रेष्ठको प्रो बक्सिङ खेलमा शानदार जित

टोकियो/जापान। जापानको टोकियोस्थित कोगानेइ सहरमा बसोवास गर्दै आएका नेपालका १८ वर्षीय प्रो बक्सिङ खेलाडी निक्सन श्रेष्ठले २०२५ को ८२ औं पूर्वी जापान रुकी किंग बक्सिङ प्रतियोगितामा शानदार जित हासिल गरेका छन्। ५५ केजी तौल समूहको सुपर ब्यान्टम वेट वर्गमा प्रतिस्पर्धा गरेका श्रेष्ठले आफ्नो प्रतिद्वन्दीलाई ४ चरणका लागि तय गरिएको खेलको पहिलो चरणमै पराजित गर्दै, केवल २ मिनेटमै नकआउट (Knockout) गराए।...

नेपाली कोरियन मैत्रीपुरण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

काठमाडौ। हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा...

गाेल मेसिन सावित्राले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्। युरोपको प्रतिष्ठित शीर्ष पाँच लिगमा पर्ने फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धन भएसँगै उनी ऐतिहासिक उपलब्धि प्राप्त गर्ने नेपाली महिला खेलाडी बनेकी छन्। उनलाई फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेको छ । केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट...

बलात्कार मुद्दामा दोषी ठहर सन्दीप घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरी निलम्बित

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउनने गरी निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली...

क्रिकेटर सन्दीपलाई ८ वर्ष जेल सजायसँगै ५ लाख जरिवाना र क्षतिपूर्ति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजायसँगै ५ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति सुनाएको छ । जिल्ला अदालत काठमाडौंले दुई साताअघि सन्दिपलाई बलात्कार गरेको आरोप दोषी ठहर  गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपुर्ती गरि ५ लाख रुपैयाँ जिल्ला अदालत...