टोकियो/जापान। जापानको टोकियोस्थित कोगानेइ सहरमा बसोवास गर्दै आएका नेपालका १८ वर्षीय प्रो बक्सिङ खेलाडी निक्सन श्रेष्ठले २०२५ को ८२ औं पूर्वी जापान रुकी किंग बक्सिङ प्रतियोगितामा शानदार जित हासिल गरेका छन्।
५५ केजी तौल समूहको सुपर ब्यान्टम वेट वर्गमा प्रतिस्पर्धा गरेका श्रेष्ठले आफ्नो प्रतिद्वन्दीलाई ४ चरणका लागि तय गरिएको खेलको पहिलो चरणमै पराजित गर्दै, केवल २ मिनेटमै नकआउट (Knockout) गराए। यो जितसँगै उनले प्रतियोगितामा आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्।
नेपालको रामेछाप जिल्लाको ठोसे बजारमा जन्मिएका निक्सन हाल कोगानेइ, टोकियोमा बस्दै आइरहेका छन् र जापानमै प्रो बक्सिङ खेल खेल्दै आएका छन्।उनको अर्को प्रतिस्पर्धात्मक खेल २०२५ मे ३१ तारिखमा तय गरिएको छ। यो खेलप्रति बक्सिङप्रेमीहरूमा ठूलो उत्साह देखिएको छ।
नेपाल र जापान दुवै स्थानबाट प्रेरणा लिएका निक्सन श्रेष्ठको यो यात्रा आगामी दिनहरूमा अझै शिखर चुम्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




