धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनबाट बद्री खतिवडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। शनिबार धादिङमा सम्पन्न महाधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
समाजका निवर्तमान अध्यक्ष राजन खकुरालको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएको थियो।
महाधिवेशनबाट राजेन्द्र श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षहरूमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्त सिम्खडा र विनोद उप्रेती चयन भएका छन् भने महिला उपाध्यक्षमा सम्झना भण्डारी निर्वाचित भएकी छन्।
समाजको महासचिवमा कल्याण विक्रम कार्की चयन भएका छन्। सचिवहरूमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल निर्वाचित भएका छन् भने महिला सचिवमा कविता दाहाल चयन भएकी छन्।
त्यसैगरी, कोषाध्यक्षमा रामकुमार थापा तथा सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल निर्वाचित भएका छन्। युवा संयोजकमा सुदिप सी. विष्ट र श्यामहरि तिम्सिना चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिम्खडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर निर्वाचित भएका छन्।
जापानबाट चार जना पदाधिकारी निर्वाचितः
अन्तर्राष्ट्रिय धादिङ समाजको नयाँ कार्यसमितिमा जापानबाट चार जना विभिन्न जिम्मेवारीमा निर्वाचित भएका छन्।
जापानमा सक्रिय राजेन्द्र श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, बाबुकाजी भण्डारी उपाध्यक्ष, दिनेश लोहनी सचिव तथा श्यामहरि तिम्सिना युवा संयोजकमा निर्वाचित भएका हुन्।जापानबाट प्रतिनिधित्व गर्ने चार जना पदाधिकारीको चयनलाई जापानस्थित धादिङेली समुदायका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
विभिन्न विधामा सम्मानः
समाजले आफ्नो महाधिवेशनको अवसरमा धादिङलाई प्रतिनिधित्व गर्ने विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरेको छ। स्वास्थ्य,खेलकुद,पत्रकारिता,समाजसेवा तथा व्यवसायीक क्षेत्रमा सक्रिय र योगदान गरिरहेका व्यक्तिहरुलाई सम्मान गरिएको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु
- टोकियोमा ‘पेन्सनपट्टा’का दुई शो हाउसफुल, दर्शकको मागपछि तेस्रो शो थप




