हिमेजी, जापान। नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जापानको ह्योगो प्रिफेक्चरस्थित हिमेजी सहरमा आगामी नोभेम्बर ८ तारिख आइतबार ‘देउसी–भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना हुने भएको छ।
नेपाली साझा समाज हिमेजीको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली मौलिक देउसी–भैलो, धमाकेदार नृत्य, लोकगीत, संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायिका पवित्रा सारु मगर, गायक ताशी एलावा शेर्पा तथा कलाकारहरू – राजन अर्याल र प्रवीण विश्वकर्माको विशेष प्रस्तुति रहनेछ।
त्यसैगरी, नेपाली मौलिक भेषभूषा तथा परम्पराको झलक, विभिन्न जातजाति र समुदायका सांस्कृतिक प्रस्तुति तथा बालबालिका, युवा र विद्यार्थीहरूको विशेष सहभागिता कार्यक्रमका थप आकर्षण रहनेछन्।
आयोजकका अनुसार कार्यक्रम नोभेम्बर ८ तारिख दिउँसो १२ बजेदेखि अपराह्न ४ बजेर ३० मिनेटसम्म हिमेजी सहरको शिमोदेरामाचीस्थित कार्यक्रमस्थलमा सञ्चालन हुनेछ।
कार्यक्रमस्थल क्योगुची स्टेसनबाट पैदल करिब ७ मिनेट तथा हिमेजी स्टेसनबाट करिब १५ मिनेटको दूरीमा रहेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहयोग र मित्रता अभिवृद्धि गर्दै नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली साझा समाज हिमेजीले जापानमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली कलासंस्कृतिप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु
- टोकियोमा ‘पेन्सनपट्टा’का दुई शो हाउसफुल, दर्शकको मागपछि तेस्रो शो थप




