जापानभर अत्याधिक गर्मी, एक सातामै १० हजारभन्दा बढीलाई हीटस्ट्रोक, १४ जनाको मृत्यु

टोकियो, जापान। जापानमा अत्यधिक गर्मीका कारण हीटस्ट्रोकका बिरामीको संख्या तीव्र रूपमा बढेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जुलाई १३ देखि १९ सम्मको एक सातामा देशभर १० हजार ८५७ जना हीटस्ट्रोकका कारण अस्पताल पुर्‍याइएका छन्। यो संख्या यस वर्ष पहिलो पटक १० हजार नाघेको हो। अघिल्लो साताको ४ हजार ५८० जनाको तुलनामा यो...

जापानमा जुन ३ तिरदेखि १० वर्षमा एकपटक मात्र देखिने स्तरको उच्च तापक्रमको सम्भावना,गर्मीबाट बच्ने उपाय अप्नाऔँ

टोकियो/जापान। जापान मौसम विज्ञान एजेन्सीले मे २८ मा “उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना” जारी गर्दै जुन ३ तिरदेखि देशका केही क्षेत्रमा यो समयका लागि १० वर्षमा एकपटक मात्र देखिने स्तरको उल्लेखनीय उच्च तापक्रम हुनसक्ने चेतावनी दिएको छ। एजेन्सीका अनुसार तोकाइ, किन्की, चुगोकु, शिकोकु, क्युशु उत्तरी भाग र क्युशु दक्षिणी भागमा जुन ३ तिरदेखि अत्यधिक गर्मी हुने सम्भावना छ। यी क्षेत्रमा...

जापानमा मेडिकल पञ्जा आपुर्तिमा असर, मे १८ देखि सरकारी भण्डारका मेडिकल पञ्जा खरिदका लागि आवेदन खुल्ने

टोकियो । मध्यपूर्वको अवस्थाका कारण आपूर्तिमा असर परेपछि जापान सरकारले चिकित्सा संस्थाहरूका लागि सरकारी भण्डारबाट मेडिकल पञ्जा बजारमा उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे १८ तारिखदेखि पञ्जा खरिदका लागि आवेदन स्वीकार गर्न सुरु गर्ने घोषणा गरेको छ। मन्त्रालयका अनुसार, आवश्यक मात्रामा पञ्जा आपुर्ति गर्न कठिनाइ भोगिरहेका चिकित्सा संस्थाहरू यस योजनाका लक्षित संस्था हुन्। आवेदन स्वीकृत...

जापानमा एडीएचडी औषधि ‘कोन्सर्टा’ अभाव: बढ्दो सचेतना र मागका कारण संकट

टोकियो,जापान। जापानमा एडीएचडी (ध्यान अभाव तथा अतिसक्रियता विकार) उपचारमा प्रयोग हुने प्रमुख औषधि ‘कोन्सर्टा’ को अभाव भएपछि नयाँ बिरामीलाई औषधि सिफारिस गर्न चिकित्सकहरू बाध्य भएर रोक लगाइरहेका छन्। यसले धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन्। विशेषज्ञहरूका अनुसार यो समस्या मुख्यतः माग र आपूर्तिबीचको असन्तुलनका कारण उत्पन्न भएको हो। ‘कोन्सर्टा’ (मिथाइलफेनिडेट हाइड्रोक्लोराइड) मस्तिष्कमा डोपामिन सक्रियता बढाएर ध्यान केन्द्रित गर्न र आवेग...

जापानमा काफुन्स्यो ( परागकण एलर्जी) प्रकोप : यस वर्ष सामान्यभन्दा बढी, सावधानीका उपायहरू अप्नाउनु जरुरी

टोकियो, जापान। जापानभरि अहिले सुगी फूलको परागकण तीव्र गतिमा फैलिरहेको छ, जसले परागकण एलर्जीका बिरामीहरूलाई थप चुनौती दिएको छ। निजी मौसम कम्पनी वेदरन्युजका अनुसार, यस वर्ष पूर्वी जापान र होक्काइडो बाहेक उत्तरी जापानका केही क्षेत्रमा परागकणको मात्रा सामान्य वर्षभन्दा बढी भएको छ। परागकणको फैलावट र चरम समय वेदरन्युजको पछिल्लो प्रतिवेदनअनुसार, तोहोकुदेखि क्युशुसम्म सुगी परागकणको फैलावटले तीव्रता पाएको छ। कान्तो, यामानाशी, तोकाइ,...

जापानमा इन्फ्लुएन्जा संक्रमित बढ्दो, एक सातामै करिब १.४ गुणा वृद्धि

टोकियो,जापान। जापानभर इन्फ्लुएन्जा (फ्लु) संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ। फेब्रुअरी ८ सम्मको एक साताको अवधिमा देशभरका स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार बिरामी संख्या अघिल्लो साताको तुलनामा करिब १.४ गुणाले बढेको छ। योसँगै लगातार ५ सातादेखि संक्रमित संख्या उकालो लागिरहेको छ र यस सिजनकै तेस्रो उच्च स्तरमा पुगेको बताइएको छ। राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन अनुसन्धान निकायका अनुसार देशभरका करिब ३...

जापानमा आजदेखि आपतकालिन गर्भनिरोधक औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिनानै किन्न सकिने

टोकियो । अनिच्छित गर्भधारण रोक्न प्रयोग गरिने आपतकालीन गर्भनिरोधक औषधि (मर्निङ–आफ्टर पिल) अब आज फेब्रुअरी २ देखि जापानमा चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल तथा ड्रग स्टोरबाट खरिद गर्न सकिने भएको छ। यो औषधि केवल पसलमै प्रत्यक्ष बिक्री गरिने व्यवस्था गरिएको छ। खरिदका क्रममा फार्मासिस्टबाट आवश्यक जानकारी तथा परामर्श भने लिनुपर्नेछ भने, औषधि त्यही स्थानमै सेवन गर्नु अनिवार्य गरिएको छ। सरकारले...

जापानमा अब चिकित्सकको प्रेस्क्रिप्सन बिना ‘आपतकालीन गर्भनिरोधक औषधि ’ उपलब्ध, तर फार्मेसीमै सेवन गर्नुपर्ने

टोकियो,जापान। जापानमा लामो समयदेखि बहसको विषय बनेको आपतकालीन गर्भनिरोधक औषधि (मर्निङ–आफ्टर पिल) अब चिकित्सकको प्रेस्क्रिप्सन बिनानै उपलब्ध हुने भएको छ। फेब्रुअरी महिनादेखि महिलाहरूले यो औषधि सिधै ड्रगस्टोर (फार्मेसी) बाट किन्न सक्नेछन्। यसअघि सन् २०११ देखि यो औषधि प्रयोग गर्न चिकित्सकसँग परामर्श गरी प्रेस्क्रिप्सन अनिवार्य थियो। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मर्निङ–आफ्टर पिलको प्रयोगलाई सन् २०११ मा मात्र अनुमति दिएको...

नयाँ वर्षका पहिलो ३ दिनमा मोची घाँटीमा अड्किँदा टोकियोमा सात जना वृद्ध अस्पताल भर्ना, १ जनाको मृत्यु

टोकियो,जापान। नयाँ वर्षको पहिलो ३ दिनभित्र मोची (चामलको केक) घाँटीमा अड्किएर टोकियोमा ८० देखि ९६ वर्ष उमेर समूहका ७ जना पुरुष तथा महिला अस्पताल भर्ना गरिएको टोकियो अग्नि नियन्त्रण विभागले जनाएको छ। तीमध्ये ८० वर्षीया एक महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। विभागका अनुसार ती महिलाले जनवरी १ को बिहान करिब १:१० बजे टोकियोको मिनातो वार्डस्थित आफ्नै घरमा दाइफुकु (मोची)...

जापानको एक प्रमुख कन्विनिएंस स्टोर लसनले सन् २०२६ देखि ओभर–द–काउन्टर औषधि होम डेलिभरी सुरु गर्न सक्ने

टोकियो,जापान। जापानको प्रमुख कन्भिनियन्स स्टोर चेन लसनले सन् २०२६ देखि फार्मासिस्ट वा दर्ता विक्रेता स्टोरमै उपस्थित नभएको अवस्थामा पनि ओभर–द–काउन्टर (OTC) औषधि डेलिभरी सेवा सुरु गर्ने योजना बनाएको छ। कम्पनीका अध्यक्ष सादानोबु ताकेमासुले हालैको एक अन्तर्वार्तामा ग्राहकले रुघाखोकीजस्ता सामान्य औषधि अनलाइनमार्फत अर्डर गरी घरमै डेलिभरी पाउन सक्ने सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। कन्भिनियन्स स्टोरमा औषधि बिक्रीसम्बन्धी नियमहरू...