धादिङको खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ७७७ जनाले सेवा लिए

धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा, धादिङ समाज अमेरिकाको सहकार्य, धादिंग समाज बेल्जियमको बिशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा धादिङको खनियाबास गाउँपालिका ४ स्थित दार्खामा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरको स्थानीय संयोजन खानियाबास गाऊपालिका र डीपिन धादिंगले गरेको थियो।  यहि मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–४ मा रहेको...

टोकियोमा इन्फ्लुएन्जा संक्रमण बढ्दै, लगातार ३ सात चेतावनी स्तर पार

टोकियो/जापान । जापानको राजधानी टोकियोमा इन्फ्लुएन्जा संक्रमण तीव्र रूपमा विस्तार भइरहेको छ। लगातार ३ सातासम्म संक्रमण स्तर चेतावनी मापदण्डभन्दा माथि पुगेको आधिकारिक तथ्यांकले पुष्टि गरेको छ। नोभेम्बर १७ देखि २३ सम्मको यो एक हप्ताको अवधिमा टोकियोभरका निर्धारित स्वास्थ्य संस्थाबाट रिपोर्ट गरिएको इन्फ्लुएन्जा संक्रमित संख्या २१ हजार ६०८ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा करिब १.१६ गुणा बढी हो। प्रतिइन्टिट्युसन संक्रमित...

माईनम्बर स्वास्थ्य बीमा कार्ड प्रणालीमा हुने परिवर्तनबारे तपाईंलाई थाहा हुनुपर्ने कुरा

टोकियो,जापान। सामान्य स्वास्थ्य बीमा कार्ड आगामी डिसेम्बर २ देखि जापानभरका अस्पताल तथा चिकित्सक सेवामा मान्य हुने छैनन्, किनकि सरकारले स्वास्थ्य बीमालाई पूर्ण रूपमा माई नम्बर कार्डसंग एकीकृत गर्ने निर्णय गरेको छ।यहाँ यस परिवर्तनसँग सम्बन्धित मुख्य जानकारी सरल भाषामा प्रस्तुत गरिएको छ। डिसेम्बर २ बाट के हुन्छ? सन् २०२४ डिसेम्बरमा सरकारले पुराना स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गरिसकेको थियो, जसलाई एक...

मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने

टोकियो/धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शिविर मङ्सिर २६ गते बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने छ भने मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग (डेन्टल) विशेषज्ञ तथा हड्डी–जोर्नी रोग...

महिलामा मद्यपानका जोखिम बढ्दो, जापानी विशेषज्ञको चेतावनी

टोकियो,जापान। जापानमा पछिल्ला वर्षहरूमा अत्यधिक मद्यपानबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना बढ्दै गए पनि महिलाहरूका लागि यो अझ खतरनाक सावित हुने एक अध्ययनले देखाएको छ। विशेषज्ञहरूका अनुसार महिलाहरूले पुरुषसरह मात्रामा मद्यपान गरेमा छिट्टै कलेजो सिरोसिसजस्ता गम्भीर रोगहरू विकसित हुन सक्छन्। एनएलआई अनुसन्धान संस्थानकी वरिष्ठ अनुसन्धानकर्ता युको मुरामाचुले स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सन् २०२३ मा गरेको “राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण”...

जापानमा ‘ओटीसी’ औषधी सरहका प्रिस्क्रिप्सन औषधिको बीमा पुनरावलोकन हुने

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले ती, औषधिहरूको सार्वजनिक स्वास्थ्य बीमा कवरेज पुनरावलोकन गर्ने तयारी गरेको छ, जसका सामग्री र प्रभाव ओभर–द–काउन्टर (OTC) अर्थात् सामान्य रूपमा पाइने औषधिसँग मिल्दोजुल्दो छन्। यो कदम देशको बढ्दो स्वास्थ्य खर्चलाई नियन्त्रण गर्नका लागि लिइएको हो। हाल बीमाको अन्तर्गत पर्ने कतिपय प्रिस्क्रिप्सन औषधिहरू समान ओटीसी औषधिभन्दा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले खर्च बढ्न सहयोग पुगेको सुझावपछि...

जापानमा इन्फ्लुएन्जा संक्रमण तीव्र, २५ प्रान्तमा चेतावनी स्तर नाघ्यो

टोकियो/जापान। जापानमा यस वर्षको इन्फ्लुएन्जा संक्रमण असामान्य रूपमा तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, देशभरका नियमित निगरानी स्वास्थ्य संस्थाहरूमा एक साताको अवधिमा हरेक केन्द्रमा औसत १४.९० नयाँ इन्फ्लुएन्जा संक्रमित भेटिएका छन्। यो दर चेतावनी स्तर १० भन्दा धेरै माथि पुगेको छ। अघिल्लो साताको तुलनामा यो दर दोब्बरभन्दा बढी भएको हो। मन्त्रालयले करिब...

जापानमा इन्फ्लुएन्जा संक्रमितको संख्या बढ्दो,स्वास्थ्य सतर्कता अप्नाऔँ

टोकियो/जापान। अक्टोबर १२ सम्मको एक सातामा जापानभरका अस्पतालहरूले पठाएको विवरणअनुसार इन्फ्लुएन्जा (फ्लू) संक्रमितहरूको संख्या अघिल्लो साताको तुलनामा झन्डै एक दशमलव पाँच गुणा बढेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन संस्थाका अनुसार देशभरका करिब ३,००० भन्दा बढी स्वास्थ्य संस्थाबाट एक हप्तामा जम्मा ९,०७४ जना संक्रमितको विवरण प्राप्त भएको हो, जुन अघिल्लो साताको तुलनामा करिब १.५ गुणा बढी हो। औसतमा एक स्वास्थ्य...

जापानको चिकित्सा खर्च इतिहासकै उच्च, ४८ ट्रिलियन येन नाघ्यो

टोकियो,जापान। जापानको चिकित्सा खर्च सन २०२३ को बितिय वर्षमा इतिहासकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार सन् २०२३ अप्रिलदेखि २०२४ मार्चसम्मको एक वर्षमा कुल चिकित्सा खर्च त्यस अघिको वर्षको तुलनामा ३ प्रतिशतले बढ्दै ४८.१  ट्रिलियन येन पुगेको हो। यो जापानको चिकित्सा इतिहासकै सबैभन्दा ठूलो खर्च मानिएको छ। रोग वा चोटपटकको उपचारका लागि स्वास्थ्य संस्थाहरूमा...

आपतकालीन गर्भनिरोधक औषधि अब जापानमा पनि चिकित्सकको प्रेस्क्रिप्सन बिना नै उपलब्ध हुने

टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार, अब “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको छ। बैठकले दिएको अनुमतिअनुसार, औषधि खरिद गर्दा अनिवार्य रूपमा फार्मासिस्टसँग प्रत्यक्ष भेटेर व्याख्या सुन्नुपर्ने र त्यसपछि फार्मासिस्टकै उपस्थितिमा त्यहीँ सेवन गर्नुपर्ने नियम लागू हुनेछ। यो औषधि सम्भोगपछि ७२ घण्टा...