जापानमा पछिल्लो १ सातामा ५ हजार १ सयभन्दा बढी मानिसहरु गर्मीका कारण बिरामी भए,सतर्कता अप्नाऔँ

टोकियो/जापान। अगस्ट १७ तारिखसम्मको एक साताको अवधीमा जापानभर ५ हजार १ सयभन्दा बढी व्यक्तिहरूलाई गर्मीका कारण बिरामी भइ अस्पताल लगिएको तथ्याङ्क सार्वजनिक भएको छ। यो तथ्याङ्क जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको आपत्कालिन् उद्दार तथा दमकल एजेन्सीले संकलन गरेको हो। जनाइए अनुसार, अगस्ट ११ देखि १७ तारिखसम्मको अवधिमा ५ हजार १ सय ४१ जना मानिसहरु अस्पताल भर्ना भए। यो संख्या...

आज १८ तारिख पनि जापानका विभिन्न क्षेत्रमा ४० डिग्रीसम्मको उच्च गर्मी, सतर्कता चेतावनी जारी

टोकियो/जापान। जापानमा आज अगस्ट १८,सोमबार पनि तीव्र गर्मीको लहर जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। विशेषगरी कान्तो र तोकाइ क्षेत्रका केही भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्ने सम्भावना रहेकाले, सरकारले निरन्तर हीटस्ट्रोक नियन्त्रणका लागि सतर्कता अपनाउन आह्वान गरेको छ। मौसम एजेन्सीका अनुसार, १८ तारिखमा जापानको अधिकांश क्षेत्र उच्च वायुचापको कारण घाम लाग्नेछ र तापक्रम व्यापक रूपमा बढ्नेछ।दिउँसोको आज गुन्माको...

जापानमा एक सातामा ७ हजार ५ सयभन्दा बढी मानिस ‘हिट स्ट्रोक’ का कारण अस्पताल भर्ना,९ जनाको मृत्यु

टोकियो/जापान। जापानमा लगातारको गर्मीका कारण एक सातामा ७ हजार ५ सयभन्दा बढी मानिसलाई ‘हिट स्ट्रोक’ (熱中症) का कारण अस्पताल पुर्याइएको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार अगष्ट ४ देखि १० तारिखसम्मको अवधिमा ७ हजार ५ सय ७८ जना बिरामी उपचारका लागि अस्पताल पुर्याइएका थिए, जुन अघिल्लो साताको तुलनामा करिब १ हजार ९...

जापानमा ज्यानै लिने गर्मी:एक सातामा ९,५०० भन्दा बढी बिरामी, १८ जनाको मृत्यु

टोकियो/जापान। जापानको गर्मीले केवल दैनिकी असहज मात्रै बनाइरहेको छैन । निरन्तर बढिरहेको उच्चतापक्रमले ज्यानै लिने खतरनाक स्थितिमा पुगेको छ। पछिल्लो एक सातामै ९ हजार ५ सयभन्दा बढी व्यक्तहरु हिटस्ट्रोक(लु) का कारण अस्पताल भर्ना भए । यो तथ्यांकले जापानभर कायम गर्मी गम्भीर अवस्थामा पुगेको संकेत गरेकोछ। देशका विभिन्न अस्पताल र आपतकालीन सेवाहरू यतिबेला हिटस्ट्रोकका बिरामीहरूको उपचारमा अत्यधिक चापमा छन्। अग्निनियन्त्रण विभागका...

टोकियोमा एयर कन्डिसनको गलत प्रयोगले २१३ जनाले ज्यान गुमाएको एक अध्ययनको ठहर

टोकियो/जापान। टोकियो विश्वविद्यालयको स्नातकोत्तर मेडिकल स्कूल र टोकियो महानगर चिकित्सक परीक्षण कार्यालयको संयुक्त अध्ययनले टोकियोका २३ वटा वार्डमा एयर कन्डिसन (A/C) को गलत प्रयोगका कारण भएको अनुमान गरिएको २१३ वटा मृत्यु दर्ता भएको देखाएको छ। यो अध्ययन सन् २०१३ देखि २०२३ को सेप्टेम्बर महिनासम्मको अवधिमा गर्मी वा गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका १,४४७ जनाको तथ्यांकमा आधारित छ। विशेषगरी, एक्लै बस्ने वा...

जापानका धेरै क्षेत्रमा जुलाई २८ देखि “१० वर्षमा एकपटक मात्र हुने” उच्च गर्मीको सम्भावना, मौसम विभागद्वारा उच्च सतर्कता सूचना जारी

टोकियो/जापान। जापान मौसम विभागले जुलाई २२ मा एक विशेष चेतावनी जारी गर्दै देशका धेरै क्षेत्रहरूमा जुलाई २८ आसपासबाट अत्यन्तै उच्च तापक्रम हुने सम्भावना रहेको जनाएको छ। यो अवस्था “१० वर्षमा एकपटक मात्र देखिने” खालको उल्लेखनीय गर्मी हुनसक्ने भएकाले स्थानीय प्रशासन र जनतालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम विभागले “उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना”जारी गरेको छ, जसमा होक्काइदो, तोहोकु, कान्तो–कोशिन,...

पूर्वी तथा उत्तरी जापानमा वर्षा याम समाप्त, आगामी एक सातासम्म चर्को गर्मीको सम्भावना, गर्मीबाट जोगिन सतर्कता अपनाउन आग्रह

टोकियो/जापान। पूर्वोत्तर जापान क्षेत्रमा १९ जुलाई देखि यस वर्षको वर्षा यामको अन्त्य भएको घोषणा गरिएको छ। उत्तर जापानदेखि पश्चिम जापानसम्मको फराकिलो क्षेत्र उच्च चापीय प्रणाली को प्रभावमा रहेकोले आकाश खुल्ला रहेको मौसम विभागले जनाएको छ। योसँगै, अब होक्काइदो बाहेक जापानका सबै क्षेत्रहरूमा वर्षा यामको अन्त्य भइसकेको छ। पूर्वाधार मापन गर्दा, पूर्वोत्तर क्षेत्रको वर्षा याम सामान्यभन्दा ९ दिन छिटो र गत...

एकै सातामा जापानभर १० हजारभन्दा बढी मानिस गर्मीका कारण बिरामी भइ अस्पताल भर्ना, ८ जनाको मृत्यु

टोकियो/जापान। जापानभर चर्को गर्मीका कारण पछिल्लो एक सातामा १० हजार ४८ जना मानिस हीट स्ट्रोक(गर्मीका कारण बिरामी)भएर अस्पताल भर्ना भएका छन्। जापानको आकस्मिक सेवा व्यवस्थापन एजेन्सीले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार, यो संख्या हालसम्म सन् २०२५ को गर्मीयाममा सबैभन्दा बढी हो। साताको अन्त्यसम्म यो संख्या अघिल्लो साताको ४ हजार ६ सय ६५ भन्दा दोब्बर बढी पुगेको छ। मे १ बाट...

आज पनि जापानका विभिन्न क्षेत्रमा उच्च गर्मी हुने,हिटस्ट्रोकबाट बच्न सतर्कता अप्नाऔँ

टोकियो/जापान। लगातार अत्यधिक गर्मी भइरहेका बेला, आज जुलाई ६ तारिख पनि जापानको पश्चिमी र पूर्वी क्षेत्रहरूमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यसैले हिटस्ट्रोक(गर्मीबाट हुने बिरामी)बाट बच्न विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। जापान मौसम विभागका अनुसार ६ तारिखमा पनि पश्चिम जापान उच्च वायुमंडलीय दबाव प्रणालीको प्रभावमा आउनेछ, जसका कारण प्रायः क्षेत्रहरूमा आकाश सफा...

जापानमा कामसम्बन्धी मानसिक रोगका घटना लगातार छैटौं वर्ष उच्च स्तरमा पुग्यो

टोकियो/जापान। जापानमा काम सम्बन्धी मानसिक रोगका घटनाहरू आर्थिक वर्ष सन २०२४ मा १ हजार ५५ पुगेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १७२ ले बढी हो। लगातार छैटौं वर्ष यो संख्या नयाँ रेकर्ड बनेको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ। यो अवधिमा मानसिक रोगका कारण आत्महत्या वा आत्महत्याको प्रयास सम्बन्धी ८८ घटना दर्ता भएका छन्। यो अघिल्लो वर्षभन्दा...