टोकियो/जापान। जापान मौसम विभागले जुलाई २२ मा एक विशेष चेतावनी जारी गर्दै देशका धेरै क्षेत्रहरूमा जुलाई २८ आसपासबाट अत्यन्तै उच्च तापक्रम हुने सम्भावना रहेको जनाएको छ। यो अवस्था “१० वर्षमा एकपटक मात्र देखिने” खालको उल्लेखनीय गर्मी हुनसक्ने भएकाले स्थानीय प्रशासन र जनतालाई सतर्क रहन आग्रह गरिएको छ।

मौसम विभागले “उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना”जारी गरेको छ, जसमा होक्काइदो, तोहोकु, कान्तो–कोशिन, होकुरिकु, तोकाई, किन्की तथा चुगोकु क्षेत्र समेटिएका छन्।

क्षेत्रगत उच्च तापक्रमको पूर्वानुमान अनुसार होक्काइदोमा जुलाई २८ बाट अत्यधिक गर्मीको सम्भावना रहेको छ। औसत तापक्रम सामान्यभन्दा २.८ डिग्री सेल्सियस बढी हुने अनुमान। गरिएको छ। त्यसैगरि तोहोकु क्षेत्रमा ५ दिनको औसत तापक्रम सामान्यभन्दा २.७ डिग्री बढी हुन सक्ने सम्भावना। हाल पनि उच्च तापक्रम जारी छ। कान्तो–कोशिन क्षेत्रमा जुलाई २८ आसपासबाट तापक्रम २.१ डिग्री बढी हुने सम्भावना रहेको छ भने गर्मीका दिनहरू निरन्तर हुने संकेत गरेको छ।

त्यसैगरि होकुरिकु क्षेत्रमा तापक्रम सामान्यभन्दा २.२ डिग्री बढी हुने सम्भावना। यो क्षेत्रमा पनि हाल उच्च तापक्रम जारी छ। तोकाई क्षेत्रमा औसतभन्दा १.९ डिग्री बढी तापक्रम हुने सम्भावना रहेको छ भने मौसम तातो हावाले ढाकिएको हुन सक्नेछ।

किन्की (निहोनकाई )क्षेत्रमा तापक्रम १.८ डिग्री बढी हुने सम्भावना रहेको छ। विशेषगरी जापान सागरतर्फको भागमा गर्मी बढी हुने संकेत गरेको छ।यसका साथै चुगोकु क्षेत्रमा पनि औसत तापक्रम १.८ डिग्री बढी हुन सक्ने सम्भावना रहेको छ।

मौसम विभागले भनेको छ कि यस्तो अत्यधिक गर्मीले तातोपनबाट हुने बिरामी (हिटस्ट्रोक) को जोखिम बढाउँछ। त्यसैले: बाहिर निस्कँदा पर्याप्त पानी पिउनुहोस्। छायाँ भएको शितल स्थान रोज्नुहोस्।शरीरलाई चिसो राख्ने उपाय अपनाउनुहोस्। र यो समयमा बुढाबुढी र बालबालिकाको विशेष हेरचाह गर्नुहोस् ।

जापानका धेरै क्षेत्रहरूमा जुलाई अन्त्यदेखि भयानक गर्मी हुने भएकाले सतर्कता, रोकथाम उपायहरू तथा सुरक्षित जीवनशैली अत्यावश्यक बन्ने देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार