नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
नेपाल–जापान सम्बन्धलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट जोड्दै आउनुभएका जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित राजदूतका रूपमा अघि आउनुभएको विषयले जापानवासी नेपालीहरुलाई उत्साहित बनाएको छ। उहाँको शैक्षिक पृष्ठभूमि, जापानी भाषामा दक्षता र दुई देशबीचको सहकार्यमा लामो अनुभव हेर्दा यो प्रस्तावलाई आशा र सम्भावनाको अवसरका रूपमा लिइएको छ। कूटनीतिक जिम्मेवारीमा सम्बन्धित देशको भाषा, सामाजिक परिवेश, प्रशासनिक अभ्यास र संस्कृतिको बुझाइ अत्यन्त महत्त्वपूर्ण...
नेपाली विद्यार्थीको रोजाइमा जापान, तर सपना देख्नुअघि बदलिँदो जापान पनि बुझ्न जरुरी !
राजन गौतम/जापान पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमध्ये जापान अग्रस्थानमा आएको छ। जापानी भाषा सिक्दै उच्च शिक्षा हासिल गर्ने, पढाइसँगै काम गर्ने र अन्ततः जापानमै राम्रो करियर बनाउने सपना बोकेर ठूलो संख्यामा नेपाली युवाहरू जापान आइरहेका छन्। तर प्रश्न जापान आउन सकिन्छ कि सकिँदैन भन्ने मात्रै होइन। जापान आएपछि तपाईंले देखेको सपना साकार पार्न र बोकेर आएको...
जापानमा जारी नेपाल फेस्टिवलमा नेपालीको जनसागर ! तर संस्कार र अपनत्व खै ?
टोकियोको ओदाइबास्थित सिओखाजे पार्कमा १५औँ नेपाल फेस्टिवल चलिरहेको छ। तीनदिने फेस्टिवलको आज अन्तिम दिन हो। जापानमा आयोजना भएका आधा दर्जनभन्दा बढी नेपाल फेस्टिवलमा प्रत्यक्ष सहभागी भएको र सञ्चारमाध्यममार्फत जोडिएको अनुभवका आधारमा हेर्दा, पछिल्ला वर्षहरूमा नेपाल फेस्टिवल पूर्णतः नेपालीहरूको आफ्नै मात्रै, फेस्टिवलजस्तो बन्दै गएको अनुभूति हुन हुन्छ।यस पटक पनि जापानीलगायत विदेशी समुदायको उपस्थिति भने अत्यन्तै निकै न्यून देखिएको छ। एक दृष्टिकोणबाट हेर्दा...
जापानमा नीतिगत ब्याजदर १ प्रतिशत: महँगी नियन्त्रणको प्रयास, येनलाई टेवा तर अर्थतन्त्रमा नयाँ दबाब
टोकियो/जापान। जापानको केन्द्रीय बैंक बैंक अफ जापानले नीतिगत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएपछि जापानी अर्थतन्त्र नयाँ चरणमा प्रवेश गरेको संकेत देखिएको छ। लामो समयसम्म अत्यन्त न्यून ब्याजदरमा चलेको जापानका लागि यो निर्णय सामान्य मौद्रिक नीति परिवर्तन मात्र होइन, महँगी, कमजोर येन, आयात खर्च र लगानी वातावरणसँग जोडिएको महत्वपूर्ण आर्थिक सन्देश पनि हो। १६ तारिखसम्म जारी सरोकारवालाहरुको नीतिगत बैठकमा सहभागीहरुको...
कति बर्ष जापान बसेपछी नेपाल फर्किने ?
जापान टेकेको १ दशकपछी यो लेख लेख्दै छु।यसो त बिदेश भनेको कुनै सजिलो ठॅाउ होईन त्यही माथी भाषाको अप्ठ्यारो,कामको चापले गर्दा जापान सोंचेभन्दा गार्हो पनी छ र अवसरका प्रचुर संभावना पनी छन्।कति कुराहरू भोगेका,कति देखेका र कति सुनेका आधारमा यो लेख लेख्दै छु।पाठक बर्गले पनि त्यही अनुसार बुझिदिनुहुनेछ भन्ने अपेक्षा छ।जापनमा हामी नेपालीहरूले भोग्नुपरेका समास्या,चुनौति र अवसरका पाटाहरूलाई केलाउने...
देवभूमि नेपाल: धार्मिक तथा आध्यात्मिक पर्यटनलाई गुणस्तरीय बनाउने समय
नयाँ सरकारको नीति तथा कार्यक्रममार्फत नेपाललाई “देवभूमिनेपाल” का रूपमा विकास गर्ने घोषणा स्वागतयोग्य र दूरदर्शी सोचहो। नेपाल संसारकै प्राचीन सभ्यता, हिमालय, हिन्दू-बौद्ध तीर्थस्थल, योग-ध्यान परम्परा, आश्रम संस्कृति र प्राकृतिक शान्त वातावरणकाकारण नेपाल धार्मिक तथा आध्यात्मिक पर्यटनको विश्वस्तरीयगन्तव्य बन्न सक्ने ठूलो सम्भावना बोकेको देश हो। तर हाल विशेषगरी भारत बाट स्थलमार्ग हुँदै आउने केही धार्मिकपर्यटकहरू बाटो किनारमा आफैं खाना पकाउने, सम्पूर्ण...
यस्ता ठगी गर्ने, अवाञ्छित गतिविधि गर्नेहरूलाई कारबाही गर्नु पहिलो शर्त हो
जापानमा “काम लगाइदिन्छु” भन्दै ठगी गर्नेहरूको बिगबिगी आजको समस्या होइन, धेरै पहिलेदेखि देखिँदै आएको विकृति हो। दुखद कुरा त के छ भने, विदेशी कामदारलाई सहजीकरण गर्न र लक्षित समुदायसम्म सहजै पुग्न भनेर कुनै कम्पनीले जागिरमा राखेका व्यक्तिहरूले(सबैले होईन केहिले)नै विदेशीहरूलाई ठग्ने, गलत बार्गेनिङ गर्ने र अनावश्यक रकम असुल्ने काम गर्ने गरेका छन्। खासगरी मानव संशाधन कम्पनीमा काम गर्नेहरू, अनि कम्पनीसँग...
जापानमा बस्दा के गर्ने ? के नगर्ने ?
जापानमा बसोबास गर्ने हामी विदेशीहरूको हरेक व्यवहारले हाम्रो व्यक्तिगत छवि मात्रै होइन, सिंगो समुदायप्रतिको दृष्टिकोणमा पनि प्रभाव पार्छ। जापान आफैंमा नियम, अनुशासन, सरसफाइ र अरूलाई असुविधा नदिने संस्कारलाई निकै महत्व दिने देश हो। त्यसैले यहाँ बस्दा हाम्रो सानो असावधानीले पनि “विदेशीहरू यस्तै हुन्” भन्ने नकारात्मक सोच फैलिन सक्छ। विदेशको जीवन बाहिरबाट हेर्दा जति सहज देखिन्छ, वास्तविकता त्यति सजिलो हुँदैन। विशेषगरी...
जनता दोहोरो मारमा: मूल्यवृद्धिको बहानामा मनपरी महँगी
देशमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर आम जनजीवनमा पर्नु स्वाभाविक हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालजस्तो आयातमा निर्भर देशले त्यसको प्रभाव भोग्नैपर्छ । यो यथार्थ हो र यसलाई हामीले स्वीकार गर्नैपर्छ तर समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ आवश्यकभन्दा धेरै र अनियन्त्रित रूपमा मूल्य वृद्धि गरिन्छ हुन्छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सवारी भाडा बढ्नु स्वाभाविक हो ।...
उमेरसँगै मौन बनेका मेरा सपना
मसँग गर्वले देखाउन सकिने कुनै ठूलो उपलब्धि छैन। न त पदकहरू छन्, न त “सफलता” भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ—थाकेको, अलमलिएको, तर इमानदार जीवन। बाल्यकालमा भविष्य खुला आकाश जस्तै लाग्थ्यो। जता मन लाग्यो उतै उड्न सकिन्छ भन्ने विश्वास थियो। रोल्पाको त्यो गाउँ, ढुङ्गाको पुरानो घर, बिहान–साँझ घरधन्दा र स्कुलसम्मको डेढ–दुई घण्टाको पैदल यात्रा—जीवन...

