नेपाल–जापान सम्बन्धलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट जोड्दै आउनुभएका
जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित राजदूतका रूपमा अघि आउनुभएको विषयले जापानवासी नेपालीहरुलाई उत्साहित बनाएको छ। उहाँको शैक्षिक पृष्ठभूमि, जापानी भाषामा दक्षता र दुई देशबीचको सहकार्यमा लामो अनुभव हेर्दा यो प्रस्तावलाई आशा र सम्भावनाको अवसरका रूपमा लिइएको छ।
कूटनीतिक जिम्मेवारीमा सम्बन्धित देशको भाषा, सामाजिक परिवेश, प्रशासनिक अभ्यास र संस्कृतिको बुझाइ अत्यन्त महत्त्वपूर्ण हुन्छ। थापाको पृष्ठभूमिमा यी पक्षहरूको बलियो संगम देखिन्छ।
योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गर्नुभएका थापा सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामला विज्ञका रूपमा कार्यरत हुनुहुन्छ। यो अनुभव नेपाल–जापान सम्बन्धलाई थप प्रभावकारी बनाउन उपयोगी हुने विश्वास छ।
सन् २००५ देखि दुवै देशका उच्चस्तरीय भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आउनुभएको उहाँको अनुभव पनि महत्त्वपूर्ण छ। सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा नेपाल–जापान व्यापार संवाद आयोजना गर्नुभएको पृष्ठभूमिले आर्थिक कूटनीतिमा समेत उहाँको सक्रियता देखाउँछ।
जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग अन्तर्राष्ट्रिय सहकार्य तथा आप्रवासन सुशासनका पहलहरूमा काम गर्नुभएको अनुभवले उहाँलाई संस्थागत सहकार्यका अवसर र चुनौती बुझ्ने आधार दिएको छ। नेपालस्थित जापानी उद्योग वाणिज्य संघको सल्लाहकारका रूपमा उहाँको संलग्नता पनि व्यापार तथा लगानीका सम्भावनालाई अघि बढाउन उपयोगी बन्न सक्छ।
उहाँको योगदानको अर्को उल्लेखनीय पाटो जापानी सञ्चारमाध्यममार्फत नेपालको परिचय र सम्भावना उजागर गर्नु हो। जापानको राष्ट्रिय सार्वजनिक प्रसारण संस्था एनएचकेको टेलिभिजन तथा रेडियोका साथै अन्य जापानी सञ्चारमाध्यममा उहाँका लेख, विचार र अन्तर्वार्ताहरूले स्थान पाउँदै आएका छन्। जापानी टेलिभिजनमार्फत उहाँले नेपालको सकारात्मक पक्ष र सम्भावनाबारे जानकारी गराउँदै आउनुभएको छ। जापानी दर्शक तथा श्रोतासम्म नेपाललाई बुझाउने यस्तो प्रयास जनस्तरको सम्बन्ध र नेपालको सकारात्मक छवि विस्तारमा उहाँको यो महत्त्वपूर्ण योगदान हो।
उहाँको पृष्ठभूमिमा विशेष महत्त्वपूर्ण लाग्ने अर्को पक्ष नेपाली समुदायसँगको सम्बन्ध हो। गैरआवासीय नेपाली संघ जापानको पूर्वमहासचिव र जापानस्थित नेपाली विद्यार्थी संघको पूर्वअध्यक्षका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाले विद्यार्थी तथा प्रवासी नेपालीका सरोकार बुझ्न सहयोग पुर्याएको हुनुपर्छ। राजदूतको जिम्मेवारीमा पुग्नुभएमा यही अनुभव सहज, प्रभावकारी र जनमुखी दूतावास सेवामा प्रतिबिम्बित होस् भन्ने जापानवासी नेपालीहरुको अपेक्षा छ।
चुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका जापानी विश्वविद्यालयहरूमा सहप्राध्यापकका रूपमा अध्यापन तथा नेपाल–जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनमा उहाँको लेखनले प्राज्ञिक क्षमतालाई पनि उजागर गर्छ। जापानी भाषा दक्षता परीक्षाको लेभल १ उत्तीर्ण उहाँको भाषिक दक्षताले प्रत्यक्ष संवाद र आपसी विश्वास विस्तारमा थप मद्दत पुर्याउन सक्छ। उहाँले सन २०२४ मा “जापान सपना,संघर्ष र सफलता”नामक पुस्तक पनि प्रकाशन गर्नुभएको छ। जुन जापानका बारेमा बुझ्न चाहनेहरुको लागि एउटा महत्वपूर्ण पुस्तककारुपमा अत्याधिक रुचाईएको छ।
उहाँको प्रस्तावित राजदूतको भूमिकाले जगाएको आशाको आधार यही अनुभव, ज्ञान र निरन्तर समर्पण हो। नियुक्ति भएमा यी क्षमतालाई नेपालको हित, जापानमा रहेका नेपालीको समस्या समाधान, लगानी प्रवर्द्धन र शैक्षिक तथा सांस्कृतिक आदानप्रदानमा ठोस उपलब्धिका रूपमा देख्न पाइयोस् भन्ने चाहना छ।
यद्यपि, प्रस्तावित हुनु र औपचारिक रूपमा राजदूत नियुक्त हुनु फरक चरण हुन्। उहाँ राजदूतका रूपमा आउनुअघि संसदीय सुनुवाइ समितिमा सुनुवाइ तथा अनुमोदन, जापान सरकारको सहमति अर्थात् ‘एग्रिमो’ र राष्ट्रपतिबाट औपचारिक नियुक्तिलगायतका आवश्यक प्रक्रिया पूरा हुन बाँकी छन्। ती प्रक्रिया सफलतापूर्वक पूरा भई उहाँको अनुभव र क्षमताले नेपाल–जापान सम्बन्धमा थप योगदान पुर्याउन सकोस् भन्ने कामना गर्दछु।
नेपाल र जापानबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने तथा नेपाली समुदायलाई अपनत्व महसुस गराउने जिम्मेवारी निर्वाह गर्न सक्नुहोस्।
जिज्ञान कुमार थापाज्यूलाई आगामी यात्राका लागि हाम्रो हार्दिक शुभकामना!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




