तेल बजार स्थिर गर्न जापानसहित ३२ देशद्वारा ४० करोड ब्यारेल तेल बजारमा पठाइने

टोकियो । मध्यपूर्वमा युद्धका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित हुने जोखिम बढेपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले आपतकालीन कदमस्वरूप ठूलो मात्रामा तेल बजारमा पठाउने निर्णय गरेका छन्। आईईएले बुधबार दिएको जानकारी अनुसार जापानसहित ३२ देशले संयुक्त रूपमा ४० करोड ब्यारेल तेल भण्डारबाट बजारमा पठाउने घोषणा गरेका हुन्। यो निर्णयलाई विश्व तेल बजार स्थिर बनाउने उद्देश्यले गरिएको इतिहासकै सबैभन्दा...

जापानको निर्वाचन अभियानमा विदेशीप्रतिको कडा नीति मुख्य बहसको बिषय

टोकियो/जापान। जापानमा जुलाई २० तारिख हुन लागेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) को निर्वाचनलाई लक्षित गर्दै अहिलेको चुनावी अभियानमा विदेशीहरूप्रति नीति मुख्य बहसको विषय बनेको छ। सत्तारुढ गठबन्धनको समर्थन घट्दै गइरहेका बेला, केही राष्ट्रवादी दलहरूले यो विषयलाई प्राथमिकतामा ल्याउँदै समर्थन बटुलिरहेका छन्। विशेषगरी “जापानी पहिले” (Japanese First) भन्ने नारा बोकेको सान्सेईतो पार्टीले विदेशीमाथि कडा नियन्त्रण गर्ने प्रस्तावसहित जनमत संकलन गरिरहेको...

जापानको कर राजस्व लगातार पाँचौं वर्ष कीर्तिमानी, पहिलो पटक ७५ खर्ब येन नाघ्ने संकेत

टोकियो/जापान। सन् २०२४ को आर्थिक वर्षमा जापानको कर राजस्व इतिहासमै सबैभन्दा धेरै हुने प्रक्षेपण गरिएको छ । सरकारी स्रोतहरूका अनुसार कर राजस्व पहिलो पटक ७५ खर्ब येन नाघ्ने देखिएको छ । यो लगातार पाँचौं वर्षको कीर्तिमानी वृद्धि हो । स्रोतहरूका अनुसार कम्पनीहरूको बढ्दो मुनाफा, मूल्यवृद्धि र तलब वृद्धिले उपभोग र कर्पोरेट कर राजस्वमा उल्लेख्य वृद्धि ल्याएको छ । सरकारी प्रारम्भिक अनुमान...

जापानी वैज्ञानिकद्वारा नयाँ प्लास्टिक आविस्कार , समुद्री पानीमा केही घण्टामै विलिन हुने

टोकियो/जापान। साईतामाको वाको शहरमा कार्यरत जापानी वैज्ञानिकहरूको एक टोलीले यस्तो प्लास्टिक विकास गरेको छ, जुन समुद्री पानीमा केही घण्टामै पूर्ण रूपमा विलिन हुन्छ। समुद्र प्रदूषण र जलजीवहरूको अस्तित्वमा खतरा बनिरहेको प्लास्टिक समस्याको समाधानतर्फ यो खोज एक महत्वपूर्ण उपलब्धि मानिएको छ। रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बनाएको यो नयाँ प्लास्टिक अन्य बायोडिग्रेडेबल (जैविक रूपमा नष्ट हुने)...

जापानमा साकुरा फूलसँगै पर्यटकहरू उर्लिए, ३ महिनामै १ करोड पर्यटकहरु जापान आए

टोकियो/जापान। यस वर्ष जापानले अहिलेसम्मकै तीव्र गतिमा १ करोड पर्यटकको सङ्ख्या पार गरेको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार मार्चमै यो स्तर पुगेको हो। कमजोर येनका कारण हाल जापानमा अहिलेसम्मकै अभूतपूर्व पर्यटन आगमन देखिएको छ। गत महिना मात्रै व्यवसाय र घुमफिरका लागि जापान आएका विदेशीहरूको सङ्ख्या ३५ लाख पुगेको छ। यससँगै पहिलो त्रैमासिकमा जापान...

जापानको अर्थ मन्त्रालयद्वारा आर्थिक सुरक्षा सुदृढीकरणका लागि कार्ययोजना संशोधन गरिने

टोकियो,जापान। अन्तर्राष्ट्रिय परिस्थितिहरू झन् जटिल बन्दै गइरहेका बेला, जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले छिट्टै आर्थिक सुरक्षा सुदृढीकरणसम्बन्धी कार्ययोजनालाई संशोधन गर्ने तयारी गरेको छ। यस योजनामा अमेरिका र चीनबीचको द्वन्द्वले विश्व अर्थतन्त्रलाई खण्डित बनाउने खतरा रहेको उल्लेख गर्दै, विश्वका लागि अपरिहार्य हुने स्वदेशी प्रविधिको विकास र प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले पहिल्यैदेखि आर्थिक सुरक्षा सुदृढीकरणका...

ओसाका, कान्साई एक्सपो सुरु, २ करोड ८२ लाखभन्दा धेरै अवलोकनकर्ताहरु पुग्ने अपेक्षा

ओसाका/जापान। इनोचीनो खागायाकु मिराइ स्याखाईनो देजाइन् (いのちの輝く未来社会のデザイン)”चम्किलो जिवनका लागि भावी समाजको परिकल्पना”भन्ने नारासहित बहुप्रतिक्षित ओसाक, कान्साई अन्तर्राष्ट्रिय एक्सपो आजबाट ओसाकाको कृत्रिम टापु युमेसुमा सुरु भएको छ। विश्वभरका १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ वटा अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी यस भव्य प्रदर्शनीको उद्घाटन समारोह भने हिजो (१२ अप्रिल) सम्पन्न भएको थियो। उद्घाटन समारोहमा जापानका सम्राट तथा सम्राज्ञी, आकिशिनोमिया दम्पती, प्रधानमन्त्री इसिबा, र...

टोयोटा मोटर स्टार्टअपद्वारा उड्ने कारको सफल परीक्षण

टोकियो/जापान। टोयोटा मोटर कर्पोरेशन स्टार्टअपले आफ्नो ” उड्ने कार” को पहिलो आन्तरिक उडान सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ। टोयोटाले ओसाका-कान्साई एक्सपोमा प्रदर्शन उडानको योजनासहित मध्यपूर्व र अन्य क्षेत्रहरूमा २०२५ सम्ममा कारको व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ। यूएस- बेसभएको स्टार्टअप जोबी एभिएसन, इंक द्वारा संचालित, जापानको पहिलो उडान अक्टोबरको अन्तमा टोयोटा टेक्निकल सेन्टर हिगाशी-फुजी सुसोनो, शिजुओका प्रिफेक्चरमा भएको थियो।...

उत्तरकोरियाद्वारा जापानको समुद्रतर्फ सम्भावित मिसाइल प्रक्षेपण,जापानमा पारेको असरबारे जानकारी संकलन हुँदै

टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ । जापानमा कुनै असर परेको छ कि छैन भनेर रक्षा मन्त्रालयले जानकारी सङ्कलन गरिरहेको बताएको छ। जापानको कोस्ट गार्डले दिउँसो ३:०४ बजे गरेको घोषणा अनुसार, उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो।हाल समुद्रमा चलिरहेको जहाजहरूलाई सतर्क रहन आग्रह गरिएको छ। यो वर्ष अप्रिल २ यता उत्तर...

सन २०२३ मा जापानको अर्थतन्त्रमा संकुचन,विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको सूचीबाट चौथोमा झर्यो

टोकियो । जापान विश्वको चौथो ठूलो अर्थतन्त्रको भएको मुलुक बनेको छ।  यस अघि विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा रहेको थियो । सन २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ४.२१ ट्रिलियन अमेरिकी डलर रहेको छ । जापानलाई उछिनेर जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर...