टोकियो,जापान। अन्तर्राष्ट्रिय परिस्थितिहरू झन् जटिल बन्दै गइरहेका बेला, जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले छिट्टै आर्थिक सुरक्षा सुदृढीकरणसम्बन्धी कार्ययोजनालाई संशोधन गर्ने तयारी गरेको छ। यस योजनामा अमेरिका र चीनबीचको द्वन्द्वले विश्व अर्थतन्त्रलाई खण्डित बनाउने खतरा रहेको उल्लेख गर्दै, विश्वका लागि अपरिहार्य हुने स्वदेशी प्रविधिको विकास र प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले पहिल्यैदेखि आर्थिक सुरक्षा सुदृढीकरणका लागि कार्ययोजना सार्वजनिक गर्दै आएको भए पनि हालैको अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै, यो योजना संशोधन गर्न लागिएको हो।
संशोधित योजनामा, अमेरिका र चीनबीचको भन्सार कर तथा निर्यात प्रतिबन्धको प्रतिद्वन्द्विताका कारण विश्वव्यापी आर्थिक प्रणाली खण्डित हुने खतरा बढेको, र त्यसले गर्दा जापानबाट सामान निर्यात गर्न गाह्रो हुने जोखिम रहेको गम्भीर परिस्थितिलाई सम्बोधन गरिनेछ।
यस्ता अवस्थाको सामना गर्न मन्त्रालयले कम्पनीहरूको आपूर्ति श्रृंखला पुनर्संरचना गर्न सहयोग गर्ने, र समुद्री सतहमुनिको केबल जस्ता अत्यावश्यक क्षेत्रमा अनुसन्धान तथा विकासदेखि लिएर विदेशमा विस्तारसम्मका सबै चरणमा स्वदेशी प्रविधिको विकास र प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याउने योजना बनाइएको छ।
त्यस्तै गरी, कृत्रिम बुद्धिमत्ता,भू-उपग्रह, ड्रोन जस्ता क्षेत्रमा सुरक्षा नीतिसँग गहिरो सम्बन्ध भएकोले, सरकारको सहयोग अझ सशक्त बनाउने योजनालाई पनि समावेश गरिनेछ।यो नयाँ कार्ययोजनाका आधारमा मन्त्रालयले थप विस्तृत सहायता कार्यक्रमहरू तय गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




