जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन

टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ। देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार...

रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै

ह्योगो, जापान। रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ जापानको ह्योगो प्रिफेक्चरस्थित अमागासाकी सहरमा दुईदिने ‘नेफिन कल्चरल फेस्टिबल कन्साई २०२६’ आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार महोत्सव हुन लागेको हो। आयोजकका अनुसार महोत्सवबाट प्राप्त मुनाफा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको सहयोगमा प्रदान गरिनेछ। ओसाका नजिकै रहेको हान्शिन...

बाढीपीडितका लागि दिपवे जापानद्वारा ३६ लाख येन सहयोग

टोकियो । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डिपवे जापान कम्पनी प्रालिले ३६ लाख येन सहयोग प्रदान गरेको छ। कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार दिपवे जापान कम्पनीका तर्फबाट ३० लाख येन र कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सहयोगको घोषणा गर्दै...

जापानमा न्यूनतम पारिश्रमिक थप बढ्ने, साना तथा मझौला व्यवसायलाई सरकारी सहयोग

टोकियो /जापान। जापान सरकारले न्यूनतम पारिश्रमिक वृद्धिबाट प्रभावित हुने साना तथा मझौला व्यवसायलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। सन् २०२६ का लागि जापानको औसत न्यूनतम पारिश्रमिक प्रतिघण्टा ५५ येनले बढाएर १ हजार १७६ येन पुर्‍याउने मापदण्ड तय गरिएको छ। नयाँ दर अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशत बढी हो। क्षेत्रअनुसार प्रतिघण्टा ५४ देखि ५६ येनसम्म वृद्धि गर्ने प्रस्ताव छ।...

जापानबाट नेपाल पैसा पठाउन क्यूएस रेमिटको डिजिटल सेवा विस्तार, रेमिट्यान्ससँगै ग्राहकलाई पोइन्ट बोनस

टोकियो, जापान। जापानमा रहेका नेपालीलाई लक्षित गर्दै क्यूएस रेमिट (QS Remit) ले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई थप सहज, सरल र सुविधाजनक बनाउने उद्देश्यसहित आफ्नो डिजिटल सेवा तथा मोबाइल एपका सुविधाहरू विस्तार गरेको छ। जापानबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीको संख्या बढ्दै जाँदा छिटो, सहज र पारदर्शी डिजिटल कारोबारको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै क्यूएस रेमिटले मोबाइल...

जापानमा ५ वर्षदेखि सेवा दिँदै आएको रेड बड ट्राभल्सको नेपालमा पनि शाखा विस्तार

काठमाडौं। जापानमा विगत पाँच वर्षदेखि ट्राभल तथा हवाई टिकटसम्बन्धी सेवा दिँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपाल शाखाको सेवा सुरु गरेको हो। रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नारायण रिमालका अनुसार नेपाल शाखाबाट संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङसँगै विभिन्न देशका टुर प्याकेज उपलब्ध गराइनेछ। जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्यान्ड...

एनआरएनए एसिया प्यासिफिक सम्मेलनद्वारा २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र’ जारी,के के छन् त मूख्य बुँदाहरु

टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले गैरआवासीय नेपाली नागरिकता, विदेशबाट मतदान, सुरक्षित वैदेशिक रोजगार, डायस्पोरा लगानी तथा दोस्रो पुस्ताको पहिचानलगायतका विषय समेटिएको २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र–२०२६’ जारी गरेको छ। “आरोहण २०२६—राइजिङ टुगेदर, लिडिङ फरवार्ड” नारासहित चीनको ग्वाङझाउमा अगस्ट १४ देखि १६ सम्म आयोजित सम्मेलनले गैरआवासीय नेपालीका अधिकार र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक...

नेपाली ब्रान्ड ‘हाइलाइफ’का उत्पादन जापानी बजारमा, आधिकारिक विक्रेता पूर्ण ट्रेडिङ

टोकियो/जापान। नेपालमै उत्पादित ‘हाइलाइफ’ ब्रान्डका खाद्यवस्तुले जापानी बजारमा आधिकारिक रूपमा प्रवेश पाएका छन्। जापानमा हाइलाइफका उत्पादनको आधिकारिक बिक्री तथा वितरणको जिम्मेवारी पूर्ण ट्रेडिङ कम्पनीले लिएको छ। यसबारे सोमबार साँझ टोकियोमा आयोजित विशेष कार्यक्रममा औपचारिक जानकारी गराइएको हो। पूर्ण ट्रेडिङका सञ्चालक टिका श्रेष्ठका अनुसार नेपाली उत्पादनलाई जापानी बजारमा प्रवर्द्धन गर्नुका साथै जापानमा बसोबास गर्ने नेपालीलाई आफ्नै मौलिक स्वाद उपलब्ध गराउने उद्देश्यले...

जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक

टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...

जापानमा अगस्टदेखि २,३०० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने, शरद ऋतुमा महँगी थप चुलिने संकेत

टोकियो/जापान। जापानमा आगामी अगस्ट महिनादेखि २,३११ खाद्यवस्तुको मूल्य बढ्ने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटाबैंकले १९५ प्रमुख खाद्य उत्पादक कम्पनीमाथि गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो। २,००० भन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने क्रम लगातार दोस्रो महिनासम्म पुगेको छ। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै प्रशोधित खाद्य पदार्थ महँगिने छन्। यसअन्तर्गत ह्याम, ससेज, कप नुडल्स लगायतका १,४१९ वस्तुको मूल्य बढ्नेछ।...