ह्योगो, जापान। रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ जापानको ह्योगो प्रिफेक्चरस्थित अमागासाकी सहरमा दुईदिने ‘नेफिन कल्चरल फेस्टिबल कन्साई २०२६’ आयोजना हुने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार महोत्सव हुन लागेको हो। आयोजकका अनुसार महोत्सवबाट प्राप्त मुनाफा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको सहयोगमा प्रदान गरिनेछ।
ओसाका नजिकै रहेको हान्शिन अमागासाकी स्टेसननजिकको सेन्ट्रल पार्कमा आयोजना हुने महोत्सव दुवै दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आमन्त्रित चर्चित कलाकार रामजी खाँड, देवी घर्ती, टीका सानु र सम्झना लामिछानेको सांगीतिक प्रस्तुति रहनेछ। उनीहरूसँगै जापानमा क्रियाशील नेपाली तथा जापानी कलाकारले समेत प्रस्तुति दिनेछन्।
महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, संगीत र परम्परागत भेषभूषा प्रदर्शन गरिनेछ। नेपाली खाना, हस्तकला तथा सांस्कृतिक स्टलसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएका छन्।
नेपालका हिमाल, पहाड र तराई–मधेशका विभिन्न समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचान एउटै स्थानमा अनुभव गर्न सकिने गरी तयारी गरिएको आयोजकले जनाएको छ। महोत्सवले नेपाली समुदायसँगै जापानी तथा अन्य देशका नागरिकलाई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानसँग परिचित गराउने अपेक्षा गरिएको छ।
महोत्सवको मुख्य प्रायोजक रिया/क्योदाइ रेमिट्यान्स रहेको छ। आयोजकका अनुसार अमागासाकी सिटीलगायत सरकारी निकाय तथा व्यावसायिक एवं सेवामूलक संघसंस्थाको सहयोग रहेको कार्यक्रममा सेवा इन्टरनेसनल स्कुल कार्यक्रम साझेदारका रूपमा जोडिएको छ। साकुरा एसियन एचडी र सफल मोसन पिक्चर्सले डिजिटल सहकार्य गरेका छन्।
जापान तथा कन्साई क्षेत्रका विभिन्न संघसंस्था पनि सहआयोजक र सहयोगीका रूपमा सहभागी छन्। आयोजकले परिवार तथा साथीभाइसहित महोत्सवमा उपस्थित भएर नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्धनसँगै बाढीपीडितको सहयोग अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




