टोकियो /जापान। जापान सरकारले न्यूनतम पारिश्रमिक वृद्धिबाट प्रभावित हुने साना तथा मझौला व्यवसायलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ।
सन् २०२६ का लागि जापानको औसत न्यूनतम पारिश्रमिक प्रतिघण्टा ५५ येनले बढाएर १ हजार १७६ येन पुर्याउने मापदण्ड तय गरिएको छ। नयाँ दर अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशत बढी हो।
क्षेत्रअनुसार प्रतिघण्टा ५४ देखि ५६ येनसम्म वृद्धि गर्ने प्रस्ताव छ। प्रत्येक प्रिफेक्चरले स्थानीय अवस्था हेरेर अन्तिम दर निर्धारण गरेपछि नयाँ पारिश्रमिक अक्टोबर आसपासबाट क्रमशः लागू हुने अपेक्षा गरिएको छ।
न्यूनतम पारिश्रमिक बढ्दा श्रमिकको आम्दानीमा सुधार हुने भए पनि साना व्यवसायमाथि जनशक्ति खर्चको भार बढ्ने देखिएको छ। त्यसैले सरकारले उत्पादकत्व सुधार, उपकरण खरिद, अनुदान, कर सहुलियत तथा परामर्शलगायतका सहयोग अघि बढाउने जनाएको छ।
यो नियम जापानीसँगै पार्टटाइम तथा विदेशी कामदारमा पनि समान रूपमा लागू हुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




