टोकियो, जापान। जापानमा रहेका नेपालीलाई लक्षित गर्दै क्यूएस रेमिट (QS Remit) ले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई थप सहज, सरल र सुविधाजनक बनाउने उद्देश्यसहित आफ्नो डिजिटल सेवा तथा मोबाइल एपका सुविधाहरू विस्तार गरेको छ।

जापानबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीको संख्या बढ्दै जाँदा छिटो, सहज र पारदर्शी डिजिटल कारोबारको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै क्यूएस रेमिटले मोबाइल एपबाटै रेमिट्यान्ससम्बन्धी विभिन्न सेवा प्रयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अनुसार मोबाइल एपमार्फत ग्राहकले नेपाल पैसा पठाउने, दैनिक विनिमय दर हेर्ने तथा आफ्ना अघिल्ला कारोबारको विवरण जाँच गर्न सक्नेछन्। एपमा वालेट, लोड एन्ड रेमिट, रेमिट एन्ड अर्न पोइन्ट्स तथा रेफर एन्ड अर्न पोइन्ट्स लगायतका सुविधा उपलब्ध छन्।

ग्राहकले आफ्नो वालेटमा रकम जम्मा गरी उपलब्ध प्रक्रियाअनुसार नेपालमा पैसा पठाउन सक्छन्। रेमिट्यान्स कारोबारबाट संकलन भएका पोइन्टलाई समेत रकमका रूपमा प्रयोग गरी पुनः रेमिट्यान्स गर्न सकिने कम्पनीले जनाएको छ।

क्यूएस रेमिटका म्यानेजर बिकाश गुरुङका अनुसार यो व्यवस्थाले नियमित रूपमा सेवा प्रयोग गर्ने ग्राहकलाई थप लाभ पुग्नेछ। उहाँले भन्नुभयो, “ग्राहकले रेमिट्यान्स कारोबार गर्दा जम्मा गरेको पोइन्टलाई पैसाकै रूपमा प्रयोग गरेर पुनः रेमिट गर्न सक्नुहुन्छ। यसले नियमित रूपमा क्यूएस रेमिट प्रयोग गर्ने ग्राहकलाई थप फाइदा पुग्नेछ।”

लसन एटीएमबाट वालेट लोड गर्दा शुल्क नलाग्ने

क्यूएस रेमिटले लसन एटीएम (Lawson ATM) मार्फत वालेटमा रकम लोड गर्दा एटीएम शुल्क नलाग्ने सुविधा पनि उपलब्ध गराएको जनाएको छ। यसबाट जापानमा रहेका ग्राहकलाई रेमिट्यान्सका लागि वालेटमा रकम जम्मा गर्न थप सहज हुने कम्पनीको विश्वास छ।

मोबाइल एपको रिवार्ड तथा पोइन्ट प्रणाली पनि सेवाको अर्को आकर्षण हो। कम्पनीका अनुसार हाल एप डाउनलोड गरी नयाँ ग्राहकका रूपमा दर्ता हुनेलाई ६०० येन बराबरको पोइन्ट बोनस उपलब्ध गराउने योजना सञ्चालन भइरहेको छ। त्यस्तै, एपमार्फत रेमिट्यान्स गर्दा पोइन्ट प्राप्त गर्न तथा साथीभाइलाई रेफर गरेर थप पोइन्ट कमाउन सकिने व्यवस्था पनि छ।

बैंक खाता, मोबाइल वालेट र क्यास पिकअपको विकल्प

क्यूएस रेमिटमार्फत पठाइएको रकम नेपालका विभिन्न बैंक खातामा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। त्यसका अतिरिक्त मोबाइल वालेट तथा क्यास पिकअप मार्फत रकम प्राप्त गर्ने विकल्पसमेत उपलब्ध छ। यसले नेपालमा रहेका परिवार तथा आफन्तलाई आफ्नो आवश्यकता र सुविधाअनुसार रकम प्राप्त गर्ने माध्यम छनोट गर्न सहज बनाउने कम्पनीको भनाइ छ।

कम्पनीले आफ्नो “Send Money Send Happiness.” अवधारणाअनुसार जापानमा रहेका नेपालीलाई आधुनिक र सहज रेमिट्यान्स अनुभव उपलब्ध गराउनु डिजिटल सेवा विस्तारको मुख्य उद्देश्य रहेको जनाएको छ।

आगामी दिनमा जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायसम्म सेवा थप विस्तार गर्दै ग्राहकको आवश्यकता तथा सुझावअनुसार डिजिटल रेमिट्यान्स सेवामा सुधार गर्दै जाने क्यूएस रेमिटको योजना छ।

“जापानबाट नेपाल पैसा पठाउन अब अझै सजिलो — Send Money Send Happiness.”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार