ओसाकामा ‘औरा होम्स’को औपचारिक सुरुवात, विदेशी समुदायलाई लक्षित गर्दै रियल एस्टेट सेवा
ओसाका, जापान। जापानमा बसोबास गर्ने विदेशी समुदायलाई लक्षित गर्दै ‘औरा होम्स’ ले ओसाकाबाट औपचारिक रूपमा आफ्नो रियल एस्टेट (फुदोसान) सेवा सुरु गरेको छ। कम्पनीका प्रमुख विकास अधिकारीका अनुसार औरा होम्सले विदेशी नागरिकलाई जापानमा कोठा तथा घर भाडामा खोजिदिने, घर तथा जग्गा खरिद–बिक्रीमा सहजीकरण गर्ने, होम लोन सम्बन्धी परामर्श तथा आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने सेवा प्रदान गर्नेछ। साथै रेस्टुरेन्ट...
जापानमा चौतारो ग्रुपद्वारा ‘चुहाईबल’ सञ्चालनमा
टोकियो । जापानमा एक दशकभन्दा लामो समयदेखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको चौतारो ग्रुपले कानागावा प्रिफेक्चरको योकोसुका सहरमा नयाँ बार ‘चुहाईबल’ सञ्चालनमा ल्याएको छ। चौतारो ग्रुपका सञ्चालक केशव अधिकारीका अनुसार यो बार योकोसुकास्थित अमेरिकी नौसैनिक बेस (युएस नेभल बेस) नजिकै सञ्चालनमा ल्याइएको हो। उनले यस क्षेत्रका अमेरिकी समुदाय, स्थानीय बासिन्दा तथा विभिन्न पेय पदार्थका पारखी ग्राहकलाई लक्षित गरी ‘चुहाईबल’ सुरु...
टोकियोको ओदाइबामा हुँदैछ १५औँ नेपाल फेस्टिभल, यसपटक ऐतिहासिक बन्ने आयोजकको दाबी
टोकियो। जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते १५औँ नेपाल फेस्टिभल आयोजना हुने भएको छ। नेपाल राजदूतावास जापान, गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभल यसअघिका संस्करणभन्दा फरक र ऐतिहासिक बन्ने आयोजकले दाबी गरेका छन्। जापानको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने ओदाइबामा हुने फेस्टिभलमार्फत जापानी...
जापानको चिबास्थित मिनामी ग्योतोकुमा ‘ढुङ्गेधारा नेपाली डाइनिङ तथा पार्टी प्यालेस’ सञ्चालनमा,डेढ करोड येन लगानी
टोकियो/जापान। करिब डेढ करोड जापानी येनको लगानीमा टोकियो र चिबा क्षेत्रको केन्द्र मानिने मिनामी ग्योतोकुमा जमुना कम्पनी लिमिटेडको दशौँ शाखा तथा ढुङ्गेधारा ब्रान्डको चौथो शाखा ‘ढुङ्गेधारा नेपाली डाइनिङ तथा पार्टी प्यालेस’ सञ्चालनमा आएको छ। तोजाइ लाइनको मिनामी ग्योतोकु स्टेशनबाट करिब एक मिनेटको पैदल दूरीमा अवस्थित पार्टी प्यालेसमा अत्याधुनिक साउण्ड सिस्टम, फराकिलो तथा सुविधासम्पन्न हल, आधुनिक सजावट र करिब दुई सय...
जापानमा लगातार तेस्रो वर्ष ५ प्रतिशतभन्दा बढी तलब वृद्धि
टोकियो,जापान। जापानका कम्पनीहरूले यस वर्षको वसन्तकालीन तलब वार्ता (शुन्तो) अन्तर्गत कर्मचारीहरूको तलब औसत ५.०१ प्रतिशतले बढाउने सहमति गरेका छन्। जापानको सबैभन्दा ठूलो श्रमिक संगठन रेन्गो (जापान ट्रेड युनियन कन्फेडेरेसन) ले शुक्रबार सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार यो लगातार तेस्रो वर्ष हो, जहाँ औसत तलब वृद्धि ५ प्रतिशतभन्दा माथि पुगेको छ। रेन्गोका अनुसार ५ हजार ३ सय ६८ सदस्य युनियनबाट प्राप्त अन्तिम...
जापानमा बैंकको नाममा ‘भ्वाइस फिसिङ’ ठगीः ३० भन्दा बढी कम्पनीबाट करिब १३ अर्ब येन चोरी
टोकियो,जापान। जापानमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्पनीहरूलाई लक्षित गर्दै ‘भ्वाइस फिसिङ’ (Voice Phishing) मार्फत ठूलो परिमाणमा रकम चोरी भएको घटना सार्वजनिक भएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार गत महिनादेखि सुरु भएको यस ठगीमा देशभरका ३० भन्दा बढी कम्पनीबाट करिब १३ अर्ब येन अवैध रूपमा अन्य खातामा पठाइएको छ। अनुसन्धानका अनुसार ठगी गर्ने समूहले सुरुमा बैंकको प्रतिनिधि भएको भन्दै स्वचालित आवाज (अटोमेटेड...
जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलोपटक घट्यो
टोकियो । जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलोपटक घटेको छ। पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको चामलको मूल्यका कारण सरकारमाथि ठूलो दबाब परेको थियो। आन्तरिक मामिला मन्त्रालयका मुद्रास्फीति तथ्यांक हेर्ने एक अधिकारीका अनुसार, लक्जरी जातको कोशीहिकारी बाहेकका चामलको मूल्य मे महिनामा अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले घटेको छ। यो सन् २०२२ नोभेम्बरपछि पहिलो गिरावट हो। जापानमा सन् २०२४ र २०२५ मा...
जापानमा नीतिगत ब्याजदर १ प्रतिशत: महँगी नियन्त्रणको प्रयास, येनलाई टेवा तर अर्थतन्त्रमा नयाँ दबाब
टोकियो/जापान। जापानको केन्द्रीय बैंक बैंक अफ जापानले नीतिगत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएपछि जापानी अर्थतन्त्र नयाँ चरणमा प्रवेश गरेको संकेत देखिएको छ। लामो समयसम्म अत्यन्त न्यून ब्याजदरमा चलेको जापानका लागि यो निर्णय सामान्य मौद्रिक नीति परिवर्तन मात्र होइन, महँगी, कमजोर येन, आयात खर्च र लगानी वातावरणसँग जोडिएको महत्वपूर्ण आर्थिक सन्देश पनि हो। १६ तारिखसम्म जारी सरोकारवालाहरुको नीतिगत बैठकमा सहभागीहरुको...
जी–७ शिखर सम्मेलनमा तेल बजार स्थिरताका लागि जापानले ३ प्रस्ताव लैजाने
टोकियो,जापान। मध्यपूर्वको पछिल्लो तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको असरबीच जापानकी प्रधानमन्त्री साने ताकाइचीले आगामी जी–७ शिखर सम्मेलनमा कच्चा तेल बजार स्थिर बनाउन ३ बुँदे प्रस्ताव राख्ने तयारी गरेकी छन्। जी–७ शिखर सम्मेलन अर्को साता फ्रान्सको पूर्वी शहर एभियानमा हुँदैछ। सम्मेलनमा मध्यपूर्वको अवस्था, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा त्यसको प्रभावबारे छलफल हुने अपेक्षा गरिएको छ। जापानले अघि सार्न लागेको पहिलो प्रस्तावमा...
फरेक्स जापानको ‘७७ रंग एफजेपे संग’ अभियानअन्तर्गत धादिङ समाज जापानलाई सहयोग रकम हस्तान्तरण
टोकियो । फरेक्स जापानले नेपालका ७७ जिल्ला समेट्ने उद्देश्यसहित सञ्चालन गरेको “७७ रंग एफजेपे संग” अभियानअन्तर्गत धादिङ समाज जापानलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। यहि जुन ४ तारिख, बिहीबार टोकियोको सिनओकुबोस्थित एफजेपे कार्यालयमा आयोजित कार्यक्रममा धादिङ समाज जापानलाई १ लाख येन सहयोग रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा एफजेपे/फरेक्स जापानका निर्देशक पशुपति भण्डारी, अर्का निर्देशक तथा बिजनेस हेड बाबुराम...

