टोकियो । जापानमा एक दशकभन्दा लामो समयदेखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको चौतारो ग्रुपले कानागावा प्रिफेक्चरको योकोसुका सहरमा नयाँ बार ‘चुहाईबल’ सञ्चालनमा ल्याएको छ।

चौतारो ग्रुपका सञ्चालक केशव अधिकारीका अनुसार यो बार योकोसुकास्थित अमेरिकी नौसैनिक बेस (युएस नेभल बेस) नजिकै सञ्चालनमा ल्याइएको हो। उनले यस क्षेत्रका अमेरिकी समुदाय, स्थानीय बासिन्दा तथा विभिन्न पेय पदार्थका पारखी ग्राहकलाई लक्षित गरी ‘चुहाईबल’ सुरु गरिएको जानकारी दिए।

बार कानागावा प्रिफेक्चर, योकोसुका सिटी, ओताकी १–२४–१६, ताकायामा बिल्डिङ, पहिलो तल्ला (〒२३८–०००८) मा अवस्थित छ।

चौतारो ग्रुपले विगत करिब एक दशकदेखि जापानमा नेपाली तथा जापानी रेस्टुरेन्ट, रियल इस्टेट, ट्राभल एन्ड टुरिज्मलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै व्यवसाय विस्तार गर्दै आएको छ।चौतारो ग्रुपले विभिन्न व्यवसायहरुमा जापानी,अमेरिकी,नेपाली लगायतका विभिन्न मुलुकका मानिसहरुलाई रोजगारी दिँदै आएको छ। 

नयाँ बार सञ्चालनसँगै समूहले जापानमा आफ्नो आतिथ्य तथा सेवा क्षेत्रको उपस्थितिलाई थप सुदृढ बनाएको जनाएको छ।

समूहले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार गुणस्तरीय सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार