दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६: आर्थिक प्रतिवेदन सार्वजनिक, ९३ लाख येनभन्दा बढी आय

टोकियो, जापान। जापानको ईतावाशीमा सम्पन्न दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६ को आर्थिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार, दुई दिने उक्त फेस्टिबलबाट कुल ९३ लाख ३१ हजार ५५५ येन आय भएको छ भने कुल खर्च ६७ लाख ६० हजार ४८८ येन रहेको छ। यसबाट फेस्टिबलले खुद आम्दानीको रूपमा २५ लाख ७१ हजार ६७ येन कमाएको देखिएको छ। फेस्टिबलको...

अप्रिलमा जापान आउने विदेशी पर्यटक संख्या ३७ लाख,यस वर्षकै उच्च मासिक आगमन

टोकियो,जापान। जापानमा अप्रिल महिनामा ३७ लाख विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या यस वर्षको अहिलेसम्मकै उच्च मासिक आगमन भए पनि सन् २०२५ को अप्रिल महिनासँग तुलना गर्दा ५.५ प्रतिशतले कम हो। विदेशी पर्यटक आगमन घट्नुको एउटा प्रमुख कारण चिनियाँ पर्यटकको संख्यामा आएको ठूलो गिरावट मानिएको छ। कूटनीतिक सम्बन्धमा देखिएको चिसोपनका कारण चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा आधाभन्दा पनि...

हर्मुज स्ट्रेट बन्द हुँदा जापानको मध्यपूर्वबाट तेल आयात दुई तिहाइले घट्यो

टोकियो/जापान।अमेरिका र इजरायलको आक्रमणपछि फेब्रुअरी २८ देखि इरानसँग युद्ध सुरु भएपछि मध्यपूर्वको तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्दजस्तै भएको छ। यसका कारण जापानतर्फ आउने तेल ढुवानीमा ठूलो असर परेको छ। जापान सिपओनर्स एसोसिएसनका अनुसार मार्चदेखि मेसम्म हर्मुज जलडमरूमध्य हुँदै जापानसँग सम्बन्धित केवल ५ वटा जहाज मात्र पार भएका छन्। मध्यपूर्वबाट जापानसम्म तेल बोकेको ट्यांकर आइपुग्न...

अमेरिकीहरूका लागि जापान बसाइँसराइ सपनाको गन्तव्य

टोकियो,जापान। अमेरिकाबाट विदेश सर्ने चाहना बढिरहेका बेला जापान पनि बसाइँसराइका लागि धेरै खोजिने देशमध्ये परेको एक नयाँ प्रतिवेदनले देखाएको छ। विश्वव्यापी कार्यस्थलसम्बन्धी तालिम दिने प्लेटफर्म कन्ट्री नेभिगेटरको प्रतिवेदनअनुसार, विदेश बसाइँसराइबारे सोचिरहेका अमेरिकीहरूले जापानलाई प्रारम्भिक खोजीमा छैटौँ स्थानमा राखेका छन्। प्रतिवेदनमा सन् २०२५ लाई विदेश सर्न खोज्ने अमेरिकीहरूको रेकर्ड वर्षका रूपमा उल्लेख गरिएको छ। अमेरिकास्थित थिंक ट्यांक ब्रुकिङ्सका अनुसार, सन् २०२५...

ओकिनावाबाट सुरु भएको विद्यार्थी जीवनदेखि जापानमा ५ वटा कन्भिनियन्स स्टोर सञ्चालनसम्म

टोकियो । विद्यार्थीका रूपमा जापान आउने धेरै नेपाली युवाहरूको सपना हुन्छ- पढाइ पूरा गर्ने, राम्रो काम पाउने र भविष्य सुरक्षित बनाउने। तर, त्यही भीडबाट केही युवाहरू यस्ता पनि निस्किन्छन्, जसले कामलाई केवल आम्दानीको माध्यम होइन, सिकाइ, अनुशासन र व्यवसायिक यात्राको आधार बनाउँछन्। चितवन भरतपुर, शुक्रनगरका निरज पाण्डे त्यस्तै उदाहरणमध्ये एक हुन्। सन् २०१२ अक्टोबरमा विद्यार्थीका रूपमा जापान आएका निरजको सुरुवाती...

टोकियोमा येहे रेमिटको कार्यालय उद्घाटन

टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी येहे रेमिटले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ। मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघसहित जापानस्थित विभिन्न नेपाली संघ–संस्था, समुदायका प्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका कार्यकारी प्रमुख नविन निउरेले प्रवासी नेपालीहरूका लागि छिटो, भरपर्दो र सुरक्षित...

यस्ता ठगी गर्ने, अवाञ्छित गतिविधि गर्नेहरूलाई कारबाही गर्नु पहिलो शर्त हो

जापानमा “काम लगाइदिन्छु” भन्दै ठगी गर्नेहरूको बिगबिगी आजको समस्या होइन, धेरै पहिलेदेखि देखिँदै आएको विकृति हो। दुखद कुरा त के छ भने, विदेशी कामदारलाई सहजीकरण गर्न र लक्षित समुदायसम्म सहजै पुग्न भनेर कुनै कम्पनीले जागिरमा राखेका व्यक्तिहरूले(सबैले होईन केहिले)नै विदेशीहरूलाई ठग्ने, गलत बार्गेनिङ गर्ने र अनावश्यक रकम असुल्ने काम गर्ने गरेका छन्। खासगरी मानव संशाधन कम्पनीमा काम गर्नेहरू, अनि कम्पनीसँग...

तेल मूल्यवृद्धिले जापानका कम्पनीहरू दबाबमा, ६ महिनाभित्र ४० प्रतिशतभन्दा बढीले मुख्य व्यवसाय घटाउनुपर्ने चेतावनी

टोकियो/जापान। मध्यपूर्व तनावका कारण कच्चा तेलको मूल्य उच्च रहिरहे जापानका धेरै कम्पनीहरू आफ्नो मुख्य व्यवसाय नै घटाउन बाध्य हुनसक्ने देखिएको छ। तेइकोकु डेटाब्यांकले अप्रिल ३ देखि ७ तारिखसम्म जापानभरका कम्पनीहरूमा गरेको सर्वेक्षणमा १ हजार ६ सय ८६ कम्पनीले जवाफ दिएका थिए। त्यसमा ४३.९ प्रतिशत कम्पनीले तेलको मूल्यवृद्धि यही अवस्थामा रह्यो भने ६ महिनाभित्र आफ्नो मुख्य व्यवसाय घटाउने अवस्था आउनसक्ने...

जापानको नागोया शहरमा हुने चौथो नेपाल फेष्टिबल एन्ड एक्स्पो २०२६ को तयारी तिब्र

नागोया/जापान। जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तिब्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया दोरी पार्कमा सञ्चालन हुन लागेको हो। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिभलको तयारी तिब्र पारिएको बताए। उनले...

जनता दोहोरो मारमा: मूल्यवृद्धिको बहानामा मनपरी महँगी

देशमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर आम जनजीवनमा पर्नु स्वाभाविक हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालजस्तो आयातमा निर्भर देशले त्यसको प्रभाव भोग्नैपर्छ । यो यथार्थ हो र यसलाई हामीले स्वीकार गर्नैपर्छ तर समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ आवश्यकभन्दा धेरै र अनियन्त्रित रूपमा मूल्य वृद्धि गरिन्छ हुन्छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सवारी भाडा बढ्नु स्वाभाविक हो ।...