टोकियो, जापान। जापानको ईतावाशीमा सम्पन्न दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६ को आर्थिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार, दुई दिने उक्त फेस्टिबलबाट कुल ९३ लाख ३१ हजार ५५५ येन आय भएको छ भने कुल खर्च ६७ लाख ६० हजार ४८८ येन रहेको छ। यसबाट फेस्टिबलले खुद आम्दानीको रूपमा २५ लाख ७१ हजार ६७ येन कमाएको देखिएको छ।
फेस्टिबलको आर्थिक प्रतिवेदन मोना कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा तयार पारिएको हो। यस कार्यक्रमलाई नेपाल दूतावास टोकियो, ईतावाशी सिटी कार्यालय, ईतावाशी शिक्षा समिति, ईतावाशी पर्यटन संघ, ताकाशिमादाइरा प्रहरी, दाईतो बुन्का विश्वविद्यालय ईतावाशी क्याम्पस र मोना आईईसी लगायतका संस्थाहरूले सहयोग गरेका थिए। एनआरएनए आईसिसि उपाध्यक्ष ददिवल खड्का मुख्य प्रायोजक र येहे रेमिट कार्यक्रमको साझेदार रहेका थिए।
आम्दानीका स्रोतहरु

फेस्टिवलमा दुई दिनमा करिब १२,००० देखि १५,००० मानिसहरूको उपस्थिति रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ३०% जापानी र ७०% नेपाली थिए। कार्यक्रममा ४० वटा जापानी र नेपाली सांस्कृतिक समूह तथा संस्थाहरूले एकल र सामूहिक रूपमा भाग लिएका थिए। करिब २९७ जना कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए। ५० जनाभन्दा बढी स्वयंसेवकहरूले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए, जसमा डाइटो बुन्का विश्वविद्यालयका २५ जना विद्यार्थीहरू पनि समावेश थिए।
फेस्टिबलमा १५ वटा नेपाली पसल र ११ वटा ईतावाशीका स्थानीय पसल गरी कुल २६ वटा स्टलहरू राखिएका थिए।
प्रतिवेदन अनुसार, १२२ जना व्यक्तिहरूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए, जसमध्ये ८५ जनाले हालसम्म सहयोग प्रदान गरिसकेका छन्। ७ वटा संस्थाहरूले प्रत्यक्ष आर्थिक सहयोग गरेका थिए भने ५ वटा संस्थाहरूले स्वयंसेवक सहयोग प्रदान गरेका थिए।
मोना आईईसी, थकाली सेवा समिति, टच मोरङ, देविस्तान समाज, मोना शिजुओका, बालेवा समाज, कास्की पोखरा समाज, मगर समाज जापान, देउराली पञ्चेबाजा, छन्त्याल एसोसिएसन, पुन क्लब जापान लगायतका संस्थाहरूले आर्थिक तथा स्वयंसेवक सहयोग गरेका थिए। साथै सम्पूर्ण म्याग्देली भेरिया संस्थाहरूको पनि सहभागिता रहेको थियो।
यस फेस्टिबलले जापानमा नेपाली कला, संस्कृति र समुदायलाई प्रवर्द्धन गर्नका साथै स्थानीय जापानी समुदायसँग सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
आईतबार टोकियोको सिनओकुबोस्थित बारकाडे रेस्टुरेन्टमा एक कार्यक्रमका बीच विवरण सार्वजनिक गरिएको हो। सो अवसरमा आयव्यय सार्वजनिक तथा कलाकार रवि कार्कीको विदाई एवं सहयोगी संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो।मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता,एनआरएनए आईसिसि उपाध्यक्ष ददिवल खड्का,एनविए जापानका अध्यक्ष विजेश थकाली,एनआरएनए आईसीसी डिआरसी दिपक कँडेल,व्यवसायी विनोद शेरचन लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




