जापानमा “काम लगाइदिन्छु” भन्दै ठगी गर्नेहरूको बिगबिगी आजको समस्या होइन, धेरै पहिलेदेखि देखिँदै आएको विकृति हो। दुखद कुरा त के छ भने, विदेशी कामदारलाई सहजीकरण गर्न र लक्षित समुदायसम्म सहजै पुग्न भनेर कुनै कम्पनीले जागिरमा राखेका व्यक्तिहरूले(सबैले होईन केहिले)नै विदेशीहरूलाई ठग्ने, गलत बार्गेनिङ गर्ने र अनावश्यक रकम असुल्ने काम गर्ने गरेका छन्।
खासगरी मानव संशाधन कम्पनीमा काम गर्नेहरू, अनि कम्पनीसँग औपचारिक सम्बन्ध नभए पनि अनौपचारिक रूपमा दलाली गर्दै आएका व्यक्तिहरूले सजिलै हुने कामलाई पनि जटिल देखाएर मोटो रकम लिने गरेका घटनाहरू पटक–पटक सार्वजनिक हुँदै आएका छन्। यस्ता विषयमा समाचार नलेखिएको पनि होइन, सम्बन्धित निकायसम्म पुग्न सहजीकरण नगरिएको पनि होइन। तर, समस्या सधैँजसो ठोस प्रमाण र उपलब्ध गराइएका कागजातकै वरिपरि अड्किने गरेको छ।
यस्ता ठगी गर्ने, अवाञ्छित गतिविधि गर्नेहरूलाई कारबाही गर्नु पहिलो शर्त हो। तर, त्यत्तिमै समस्या समाधान हुँदैन। हामीले बिर्सन नहुने अर्को महत्वपूर्ण कुरा के हो भने पीडितहरू किन यस्तो समस्यामा परिरहेका छन्, त्यसको जड बुझेर समाधान खोज्न जरुरी छ।
लाजमर्दो पक्ष कहाँनेर देखिन्छ भने, जापान आएर ४/५ वर्ष पढिसकेका विद्यार्थीहरू पनि जागिर खोज्दा दलालको भर पर्नुपर्ने अवस्थामा छन्। जापानी भाषा, सामाजिक व्यवहार, काम गर्ने संस्कृति र सामान्य कानुनी प्रक्रियाबारे न्यूनतम ज्ञान नहुँदा उनीहरू “काम लगाइदिन्छु” भन्नेहरूको सजिलो सिकार बनिरहेका छन्।
चोरलाई जेलमा थुनेर मात्र समाजबाट अपराध समाप्त हुँदैन। तर, चोरलाई चोर्ने वातावरण नै नबन्ने अवस्था सिर्जना गर्न सकियो भने यस्ता अपराध विस्तारै घट्दै जान्छन्। त्यसका लागि जापानमा बस्ने हामी सबैले सबैभन्दा पहिले आफैँ सक्षम बन्न जरुरी छ।
जापानमा हुनुहुन्छ भने यहाँको समाज, भाषा, नियम र काम गर्ने संस्कृतिका लागि आफैँ योग्य बन्नुहोस्। त्यसका लागि कुनै ठूलो मूल्य चुकाउनुपर्दैन। जापानी भाषा स्कुल, सेनमोन गाक्को वा दाइगाकु पढ्दै हुनुहुन्छ भने साँच्चै पढ्नुहोस्। अरू कसैले भनेको भरमा निर्णय नगर्नुहोस्। आफैँ खोज्नुहोस्, अध्ययन गर्नुहोस्, अनुसन्धान गर्नुहोस् र के सही हो, के गलत हो छुट्याउन सक्ने बन्नुहोस्।
दलालको भर पर्नुपर्ने अवस्था नै अन्त्य गर्न सकियो भने ठगी गर्नेहरूको बजार आफैँ सुक्दै जानेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




