टोकियो । फरेक्स जापानले नेपालका ७७ जिल्ला समेट्ने उद्देश्यसहित सञ्चालन गरेको “७७ रंग एफजेपे संग” अभियानअन्तर्गत धादिङ समाज जापानलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।
यहि जुन ४ तारिख, बिहीबार टोकियोको सिनओकुबोस्थित एफजेपे कार्यालयमा आयोजित कार्यक्रममा धादिङ समाज जापानलाई १ लाख येन सहयोग रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा एफजेपे/फरेक्स जापानका निर्देशक पशुपति भण्डारी, अर्का निर्देशक तथा बिजनेस हेड बाबुराम पौडेल, धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ, महासचिव सुशान्त बानियाँ, सचिव दीपक विष्ट, सञ्चारकर्मी राजन गौतम तथा लेखक दीपेन्द्र पोखरेललगायतको उपस्थिति रहेको थियो।

कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्लिकेसन एफजेपे प्रयोग गर्ने ग्राहकहरूले रकम कारोबार गर्दा प्राप्त हुने नाफाबाट केही हिस्सा जापानमा रहेका नेपालीहरूलाई अप्ठ्यारो पर्दा सहयोग पुग्ने उद्देश्यले खर्च गर्ने घोषणा गरेको छ। सोही उद्देश्यअनुसार फरेक्स जापानले “७७ रंग एफजेपे संग” अभियान सञ्चालनमा ल्याएको हो।
यस अभियानअन्तर्गत फरेक्स जापानले नेपालका विभिन्न जिल्लालाई प्रतिनिधित्व गर्दै जापानमा सक्रिय जिल्लागत नेपाली संघ–संस्थाहरूलाई १ लाख येनका दरले आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ। उक्त रकम सम्बन्धित संघ–संस्थाहरूले आपतकालीन राहत कोष तथा अक्षय कोषमा जम्मा गरी आवश्यकता परेका बेला सहयोगका लागि प्रयोग गर्न सक्नेछन्।

यसका साथै फरेक्स जापानले “मेरो ठाउँ मै चिनाउँछु” अभियान पनि सञ्चालन गरिरहेको छ। यसअन्तर्गत हरेक महिना फरक–फरक जिल्ला छनोट गरी उक्त जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले पोस्टर, भिडियो सामग्रीलगायतका प्रचार सामग्री तयार पारेर फरेक्स जापानको आधिकारिक पेजमार्फत सार्वजनिक गरिनेछ।
अभियानको अर्को विशेष पक्षका रूपमा छनोटमा परेका जिल्लाका लागि हरेक महिना एउटा प्रमोशनल कुपन कोड जारी गरिनेछ। उक्त कुपन प्रयोग गरी आफ्नै जिल्लाको नाम राखेर रेमिट्यान्स गर्दा सो जिल्लाका बासिन्दाहरूले उक्त महिनाभरि जतिपटक रकम पठाए पनि सेवा शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ। यस जुन महिनाभरी धादिङ बिशेष रहनेछ। यदि एफजे पे मार्फत रकम पठाउँदा कोड- DHADING प्रयोग गरि पठाएमा यस महिनाभरी सेवाशुल्क लाग्नेछैन।

फरेक्स जापानले यसअघि पनि यस अभियानअन्तर्गत दोलखा समाज जापान र मोना जापानलाई सहयोग रकम हस्तान्तरण गरिसकेको छ।
फरेक्स जापानले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन, नेपाली संस्कृतिको संरक्षणमा योगदान पुर्याउन र प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्ने सेतुका रूपमा काम गर्न यो अभियान सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीका निर्देशक पशुपति भण्डारीका अनुसार यो अभियानले जापानमा रहेका नेपालीहरूबीच आपसी एकता र सहयोगको भावना बलियो बनाउने विश्वास गरिएको छ। साथै स्थानीय संघ–संस्थाहरूसँग सहकार्य गर्दै नेपालका सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




