ओसाका, जापान। जापानमा बसोबास गर्ने विदेशी समुदायलाई लक्षित गर्दै ‘औरा होम्स’ ले ओसाकाबाट औपचारिक रूपमा आफ्नो रियल एस्टेट (फुदोसान) सेवा सुरु गरेको छ।
कम्पनीका प्रमुख विकास अधिकारीका अनुसार औरा होम्सले विदेशी नागरिकलाई जापानमा कोठा तथा घर भाडामा खोजिदिने, घर तथा जग्गा खरिद–बिक्रीमा सहजीकरण गर्ने, होम लोन सम्बन्धी परामर्श तथा आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने सेवा प्रदान गर्नेछ। साथै रेस्टुरेन्ट तथा अन्य व्यवसाय खरिद–बिक्री गर्न चाहनेहरूलाई पनि आवश्यक परामर्श र सहजीकरण उपलब्ध गराइने जनाएको छ।
अधिकारीका अनुसार जापानमा भाषा, कानुनी प्रक्रिया तथा रियल एस्टेट सम्बन्धी जटिलताका कारण विदेशी समुदायले विभिन्न समस्या भोग्ने गरेको अवस्थालाई मध्यनजर गर्दै सहज, सुरक्षित र विश्वासिलो सेवा उपलब्ध गराउने उद्देश्यका साथ औरा होम्सको स्थापना गरिएको हो।
कम्पनीले ग्राहकको आवश्यकता र बजेटअनुसार उपयुक्त आवास तथा व्यावसायिक सम्पत्ति छनोट, आवश्यक कागजी प्रक्रिया, होम लोन परामर्श तथा सम्पूर्ण कारोबार सम्पन्न हुने चरणसम्म व्यावसायिक सहयोग उपलब्ध गराउनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




