ओसाका/जापान। जापानको ओसाकामा नेपाली तथा एसियाली खाद्य सामग्रीको व्यवसाय गर्दै आएको सुलभ मार्टले जापानभर डेलिभरी सुविधासहित अनलाइन बिक्री सेवा सुरु गरेको जनाएको छ।

जापानमा बसोबास गर्ने नेपाली समुदायलाई सहज रूपमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याइएको मार्टले जानकारी दिएको छ। ग्राहकहरूले www.sulavmart.com⁠ मार्फत सामान छनोट गरी अर्डर गर्न सक्नेछन्।

मार्टका अनुसार वेबसाइटबाट चामल, दाल, मसला, तेल, चाउचाउ, स्न्याक्स, फ्रोजन फुड तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सकिनेछ। अर्डर गरिएका सामान जापानका विभिन्न सहर तथा क्षेत्रमा रहेका ग्राहकको घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

विशेषगरी नेपाली तथा एसियाली खाद्य सामग्रीका पसलबाट टाढा बस्ने ग्राहकलाई यस सेवाले सहज हुने मार्टको अपेक्षा छ। नेपाली सामान किन्न टाढासम्म जानुपर्ने बाध्यता कम गर्दै घरमै बसेर किनमेल गर्न सकिने सुविधा उपलब्ध गराइएको मार्टले जनाएको छ।

अनलाइन खरिदको भुक्तानीका लागि क्रेडिट कार्ड, कम्बिनी स्टोर र बैंक ट्रान्सफरलगायत विकल्प उपलब्ध रहेको जानकारी दिइएको छ। आगामी दिनमा थप डिजिटल भुक्तानी सुविधा समावेश गर्ने योजना पनि मार्टले सार्वजनिक गरेको छ।

सुलभ मार्टले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै गुणस्तरीय सामान, उचित मूल्य र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार