फाईल तस्बिरः उत्तरकोरियाद्वारा केहि समय अघि प्रक्षेपण गरेको मिसाईल

टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ । जापानमा कुनै असर परेको छ कि छैन भनेर रक्षा मन्त्रालयले जानकारी सङ्कलन गरिरहेको बताएको छ।

जापानको कोस्ट गार्डले दिउँसो ३:०४ बजे गरेको घोषणा अनुसार, उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो।हाल समुद्रमा चलिरहेको जहाजहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

यो वर्ष अप्रिल २ यता उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल वा सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको यो चौथो पटक हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार