टोकियो । जापान विश्वको चौथो ठूलो अर्थतन्त्रको भएको मुलुक बनेको छ।  यस अघि विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा रहेको थियो । सन २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ४.२१ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

जापानलाई उछिनेर जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ ।जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याङ्कमा उल्लेख छ । जापानमा उत्पादित वस्तु तथा सेवाको कूल मूल्य वास्तविक कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

दोस्रो त्रैमासिकको तुलनामा जापानको अर्थतन्त्र सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको थियो। जापानको कूल गार्हस्थ उत्पादनको आधाभन्दा बढी क्षेत्र ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार