टोकियो/जापान। जापानमा जुलाई २० तारिख हुन लागेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) को निर्वाचनलाई लक्षित गर्दै अहिलेको चुनावी अभियानमा विदेशीहरूप्रति नीति मुख्य बहसको विषय बनेको छ। सत्तारुढ गठबन्धनको समर्थन घट्दै गइरहेका बेला, केही राष्ट्रवादी दलहरूले यो विषयलाई प्राथमिकतामा ल्याउँदै समर्थन बटुलिरहेका छन्।
विशेषगरी “जापानी पहिले” (Japanese First) भन्ने नारा बोकेको सान्सेईतो पार्टीले विदेशीमाथि कडा नियन्त्रण गर्ने प्रस्तावसहित जनमत संकलन गरिरहेको छ। केही मिडिया सर्वेक्षणहरूमा यो पार्टी दोस्रो स्थानमा देखिएको छ।
डर र पूर्वाग्रहपूर्ण अभिव्यक्तिप्रति चेतावनी
विश्लेषकहरूका अनुसार यो विषय केवल चुनाव जित्ने रणनीति मात्रै नभएर दीर्घकालीन सामाजिक विभाजन सिर्जना गर्न सक्ने खतरा रहेको बताइएको छ। सामाजिक सञ्जालहरूमा पहिले देखिएको विदेशीविरोधी धारणा अहिले मुख्यधारको बहसमा प्रवेश गरेको छ।
प्रधानमन्त्री शिगेरु इसिबा नेतृत्वको लिबरल डेमोक्र्याटिक पार्टी (LDP) ले विदेशी श्रमिकहरू भित्र्याउने नीति विस्तार गरिरहेको भनी केही आलोचना भइरहेको छ।केही विदेशी नागरिकहरूद्वारा गरिएको भनिएको सवारी नियम उल्लंघन र सार्वजनिक सेवाको दुरुपयोग जस्ता केही घटनाहरूले आम जापानी जनतामा असन्तुष्टि बढाएको देखिन्छ।
सबै दलको ध्यान आप्रवासनतर्फ
एलडिपीले यस पटकको चुनावी घोषणापत्रमा “शून्य अवैध विदेशी”को नारा दिएको छ भने गठबन्धन साझेदार कोमेइतो पार्टीले आवास व्यवस्थापन सुधार गर्ने बताएको छ।विपक्षी डेमोक्र्याटिक पार्टी फर द पिपलले विदेशीहरूले जापानमा जग्गा खरिद गर्न पाउने नियम कडाइ गर्नुपर्ने माग गरेको छ। अर्कातर्फ, कन्स्टिट्युसनल डेमोक्र्याटिक पार्टीले बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवर्द्धन गर्ने कानुनको माग गर्दै आएको छ।
सान्सेईतो र कन्जरभेटिभ पार्टीको कडा धारणा
सान्सेईतोले विदेशीहरूलाई सार्वजनिक सेवा, समाजिक कल्याण सुविधा र सरकारी जागिरबाट हटाउनुपर्ने, आप्रवासनको लागि अलग संस्था बनाइनुपर्ने र जापानी संस्कृतिमा घुलमिल हुनुपर्ने माग राखेको छ। पार्टीका नेता सोहेई कामियाले अन्तर्राष्ट्रीयकरणलाई जापानको गरिबीको कारण मानेका छन्।कन्जरभेटिभ पार्टी अफ जापानका नेता नाओकि ह्याकुताले पनि विदेशीसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका छन्।
यद्यपि, प्रहरी तथ्यांकअनुसार विदेशी नागरिकहरूसँग सम्बन्धित अपराधका घटनाहरू २०२२ सम्म घट्दै गएका थिए, र २०२३ मा हल्का वृद्धि मात्र देखिएको हो। विगत १० वर्षको अवधिमा सबै उजुरीमा विदेशीको संलग्नता झन्डै २ प्रतिशत वरपरकै रहेको छ।
जनसंख्या घट्दा विदेशीको भूमिका
सरकारी अनुमान अनुसार, २०२४ को अक्टोबरसम्म जापानी नागरिकको जनसंख्या ८ लाख ९८ हजारले घटेर १२ करोड ३० लाखमा झरेको छ। यस्तो अवस्थामा देशको अर्थतन्त्र बचाउन विदेशीहरूसँग सहअस्तित्व आवश्यक हुनसक्ने अर्थशास्त्रीहरूको भनाइ छ।
हालसम्म ३७ लाख ७० हजार भन्दा बढी विदेशी जापानमा बसोबास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




